बगानको दश दिनमा ७० लाख ग्रस कलेक्शन
नेपालबहस संवाददाता
साउन ८, २०८० सोमबार १८:१४:७
८ साउन, काठमाडौं । असार २९ गते रिलिज भएको नेपाली चलचित्र 'बगान'ले दश दिनमा करिब ७० लाख ग्रस कलेक्शन गरेको छ । निर्माताले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यो चलचित्रले ६९,७८,१९१ (उन्सत्तरी लाख अठहत्तर हजार एक सय एकानब्बे रुपैयाँ) ग्रस कलेक्शन गरेको छ ।
चलचित्रका निर्माता सुरेश वाग्लेले वितरक कम्पनीहरू रिच इन्टरटेनमेन्ट, डिसिएन र एफडीले प्रत्येक दिन उपलब्ध गराएको व्यापारिक आँकडा अनुसार कलेक्शन रिपोर्ट सार्वजनिक गरिएको बताएका छन् । निर्माता वाग्लेले आफुले वितरकले दिएको हरेक दिनको हिसाबअनुसार नै कारोबार गर्ने हुँदा करिब ७० लाखको रिपोर्ट सार्वजनिक गरिएको बताए ।
चलचित्र विकास बोर्ड अन्तर्गतको बक्स अफिसमा भने केहि कम कलेक्शन रिपोर्ट देखिन्छ । यसो हुनुमा केहि चलचित्र हलमा बक्स अफिस सिस्टम लागु भईनसकेको, कतिपय हलबाट समयमा नै तथ्याङ्क उपलब्ध हुन नसक्नु र दुरदराजका कतिपय हलमा प्राविधिक समस्या आई सिस्टमबाट टिकट बिक्री गर्न नसकिने समस्या देखिने हुँदा कलेक्शन रिपोर्ट केहि कम देखिने बक्स अफिस अधिकृत प्रविण पाण्डेले बताए ।
काठमाडौंको लोत्सेमलस्थित आईएनआई सिनेमा, काठमाडौँको ईन्फिनिटी सिनेमा, बिराटनगरको सेन्ट्रल मल्टिप्लेक्स, मोरङको बिराट सिनेमा, लालबन्दीको बिणा सिनेमा, बुटवलको आईएनआई क्यूबक्स, भक्तपुरको कमविनायक सिनेमा, बनेपाको शुभकामना हल, बर्दघाटको मोहिनी सिनेमा हल र गाईघाटको शुभलक्ष्मी सिनेमा हलबाट सिस्टममा ुबगानुको कलेक्शन रिपोर्ट नआएको पाण्डेले बताए । त्यस्तै, विगत केहि दिनदेखि काठमाडौँको कमलपोखरीस्थित बिग सिनेमाले पनि समयमा रिपोर्ट उपलब्ध नगराएको उनले बताए ।
'बगान'ले प्रदर्शनको एघारौँ दिन सोमवार पनि राम्रो व्यापार गरेको निर्माता वाग्लेले बताए । उनले भने, 'आज पनि हामी धेरै हलमा पुग्यौँ । केहि हलमा त हाउसफुल नै दर्शक हुनुहुन्छ । हाउसफुल नभएका हलमा पनि नसोचेको अकुपेन्सी देखियो ।' उनले नेपाली चलचित्रले दर्शकको अभाव झेलिरहेको बिषम् परिस्थितीमा 'बगान'को व्यापारले उमंग ल्याएको बताए ।
एकल आमाहरूले देशको जुनसुकै हलमा पनि यो चलचित्र हेर्न पैसा तिर्नु नपर्ने व्यवस्था गरिएको छ । जसअन्तर्गत एक हजार भन्दा धेरै एकल आमाहरूले आफ्नो परिचयपत्र देखाएर निशूल्क चलचित्र हेरेको निर्माता वाग्लेले बताए । हाल काठमाडौंका विभिन्न हलहरूमा दर्शकसँग साक्षात्कार गरिरहेको चलचित्रको टिमले पुन: काठमाडौं उपत्यका बाहिरका हलहरूमा दर्शक भेट्न जाने योजना रहेको वाग्लेले बताए ।
अभिनयका सुपरिचित सरोज खनालले निर्देशन गरेको चलचित्र ‘बगान’मा करिश्मा मानन्धर, आकाश श्रेष्ठ, प्रमिला कार्की, नीर शाह, बसुन्धरा भुषाल र मिथिला शर्मा लगायतको अभिनय रहेको छ । निर्देशक खनालको पनि यसमा प्रमुख भूमिका छ । अभिनेत्री कार्कीले यहि चलचित्रबाट अभिनयमा डेब्यु गरेकी हुन् ।
स्वप्निल नीरवको कथामा आधारित रहि बनेको यो चलचित्र नेपाली वेबसाइट डटकमको प्रस्तुतीमा बनेको हो । ‘बगान’का निर्माता सुरेश वाग्ले हुन् भने कार्यकारी निर्माता विनोद मानन्धर हुन् । यसमा गौरीशंकर धुजुको डिओपी, उत्सव दाहाल र नारायण जिसीको छायांकन, सन्देश शाहको सम्पादन, समिर मियाँको भि.एफ.एक्स. तथा रेनिश फागोको कलर करेक्शन रहेको छ ।
ब्याकराउन्ड स्कोर सुजिल कर्माचार्य र साउन्ड मिक्सिंग मुकेश शाहको रहेको छ । हरि लम्साल र सुवास भुषालको संगीत रहेको चलचित्रका गीतमा अञ्जु पन्त, सुगम पोखरेल र अस्मिता अधिकारीको स्वर रहेको छ । यो चलचित्र नेपाल रिलिजपछि अमेरिकासहित नेपालीको बसोबास रहने विभिन्न देशहरुमा प्रदर्शन हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदेशभर सञ्चालित चलचित्र भवनको सूची सार्वजनिक
मंसिर १९, २०८१ बुधबार
पुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
वीरगञ्ज भन्सारबाट निर्यात वृद्धि
मंसिर २०, २०८१ बिहिबार
उदयपुरमा आगलागी, पाँच लाखको क्षति
मंसिर २०, २०८१ बिहिबार
पाल्पामा सुन्तला महोत्सव हुँदै
मंसिर २०, २०८१ बिहिबार
जनकपुर बोल्ट्सविरुद्ध पहिले ब्याटिङ गर्दै पोखरा एभेन्जर्स
मंसिर २०, २०८१ बिहिबार
चीन भ्रमण पुरा गरी प्रधानमन्त्री ओली बेइजिङबाट काठमाडौंका लागि प्रस्थान
मंसिर २०, २०८१ बिहिबार
रामेछापको सुन्तलाले बजार पाएन
मंसिर २०, २०८१ बिहिबार