सुन तस्करकै कोठाबाट राजश्व अनुसन्धान विभागले बरामद गर्यो राष्ट्र बैंकको भन्दा ठूलो सुन गाल्ने मेसिन
नेपालबहस संवाददाता
साउन १०, २०८० बुधबार २२:४०:१२
१० साउन, काठमाडौं । राजश्व अनुसन्धान विभागले बुधबार साँझ चिनियाँ नागरिकको कोठाबाट सुन गाल्ने मेसिन बरामद गरेको छ । सुन तस्करी प्रकरणमा विमानस्थलबाट पक्राउ परेका चिनियाँ नागरिक जिक्वाङ लिङको काठमाडौंको बालुवाटार स्थित उनको कोठामा छापा मार्दा सुन पगाल्ने मेसिन फेला परेको हो ।
‘विभागले उनको गोदामबाट सुन गाल्ने मेसिन बरामद गरेको छ’, विभाग स्रोतले भन्यो । सो मेसिन राष्ट्र बैंकसँग रहेको सुन गाल्ने मेसिनभन्दा निकै ठूलो भएको पनि दावी गरेको छ । विभागले गत बुधबार एक सय किलो भन्दा बढी सुन बरामद गरेपछि अनुसन्धान जारी रहेको छ ।
विभागले उपसचिवको नेतृत्वमा अनुसन्धान समिति बनाएर छानविन थालेको छ । साउन ३ गते राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा अवैध सुनसहित तीन जनालाई नियन्त्रणमा लिएको थियो । हालसम्म यो प्रकरणमा १७ जना पक्राउ परिसकेका छन्, जसमा एक जना भारतीय र एक जना चिनियाँ नागरिक समेत छन् ।
यो अपराधमा अन्तरदेशीय संगठित जालो देखिए पनि सुन बरामद भएको पाँचौं दिन मात्र विभागले प्रहरीको सहयोग मागेको थियो । साउन ७ गते विभागले अनुसन्धानमा सहयोग माग्दै पत्र लेखेपछि एसपी कृष्ण पंगेनीलाई खटाइएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट विभागले २ साउनमा करिब एक क्विन्टल सुन बरामद गरेको थियो । चिनियाँ नागरिक जिक्वाङ लिङ ३ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । उनी यो बरामद भएको सुनका एक जना मालिक रहेको बताइएको छ ।
हङकङबाट कार्गो गरेर नेपालको रेडी ट्रेड कम्पनीको नाममा ब्रेक शु भित्र लुकाएर ठूलो परिमाणमा सुन ल्याएको भेटिएको थियो । त्यसपछि विभागले यो प्रकरणमा व्यापाक अनुसन्धान गरिरहेको छ । बुधबार नै विभागले शेयर कारोबारी राकेश अडुकियाको घरमा छापा मारेको छ । त्यसै गरी रेडी ट्रेड कम्पनीको सोह्रखुट्टेस्थित गोदाममा र चिनियाँ नागरिकको गोदाममा छापा मारेको छ । अडुकियाको हङकङस्थित कार्यालयबाट चाँदीको कारोबार हुने गरेपनि स्रोतले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
एकैदिन ३३ फरार प्रतिवादी पक्राउ, लाखौं मुख्य बराबरको अवैध भारतीय सामान बरामद
पुष १७, २०८१ बुधबार
धनगढीबाट लागूऔषधसहित दुई जना पक्राउ
पुष १७, २०८१ बुधबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
सुनको मूल्य दुई हजारले बढ्यो, तोलाको कति ?
पुष १९, २०८१ शुक्रबार
शाइन रेसुंगा डेभलपमेन्ट बैंकको एजीएम आज
पुष १९, २०८१ शुक्रबार
गुप्तेश्वर महादेव मन्दिर संरक्षणमा स्थानीय सरकार
पुष १९, २०८१ शुक्रबार
किम जोङकी बहिनी देखिइन् सन्तानसँग पहिलो पटक
पुष १९, २०८१ शुक्रबार
नेपाल धानमा पनि परनिर्भर बन्दै, वीरगञ्जबाट ५ महिनामा ३ अर्ब बढीको धान आयात
पुष १९, २०८१ शुक्रबार