कांग्रेस भ्रष्टाचार विरुद्ध चुईक्क पनि बोल्न सक्दैन : ओली
नेपालबहस संवाददाता
साउन १२, २०८० शुक्रबार १७:५२:२६
१२ साउन, भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस भ्रष्टाचारको विरुद्ध चुईक्क बोल्न नसक्ने पार्टी भएको आरोप लगाएका छन् । शुक्रबार भक्तपुरमा आयोजित नेकपा एमाले जन संगठन समन्वय संयन्त्रको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मुसाले समेत मौका मिलाएर चुईक्क गर्ने गरेको तर कांग्रेसले त त्यति पनि गर्न नसकेको दावी गरे ।
उनले भने ‘ लोकतन्त्रको पक्षमा पनि छैन्, भ्रष्टाचारको विरुद्धमा पनि उभिदैन, चुईक्क बोल्दैन मुसाले त मौका मिलाएर चुईक्क गर्छ तर कांग्रेसले त मौका मिलाएर नि भ्रष्टाचारको बारेमा चुईक्क बोल्दैन । ’ कांग्रेसप्रति थप कठोर हुँदै अध्यक्ष ओलीले भने काँग्रेसको अहिले दुर्गति नै भएको बताए । कांग्रेसले अहिले ढाडमा माओवादीको ढाकर बोकेर लुरुलुरु हिडिरहँदा उसको भाग्यमा केही पनि छैन झै भएको व्यङ्ग पनि ओलीले कसे ।
उनले भने ‘ भाग्यमा छ भन्दैमा डोकोमा दूध दोएर अडिदैन्, जितिन्छ भनेर आराम गरेर बस्ने उपर खुट्टी लाएर बस्ने, जितिहालिन्छ नि हामीले बाहेक कसले जित्ने भनेर अरूको नसिवमा नै छैन भन्ने हो भने अहिलेको नेपाली कांग्रेसलाई हेरे हुन्छ । नेपाली कांग्रेसको पनि नसिवमा यति चाँडै यो दुर्गति माओवादीको ढाकर बोकेको हेर त ? अहिले कांग्रसको दुईपट्टी खुट्टा टिलिक्क परेका जुत्ता लगाएको खुट्टा एकापट्टी झारेर प्रचण्ड कानमा कांग्रेस समातेर हिडेका छन् कांग्रेस लुरुलुरु अब कठै बरा भन्न सकिन्छ । कांग्रेसका नराम्रा पक्ष सारै डर लाग्ने छन् । ’
अहिले लखन थाापाको पालाको जस्तो एमाले कमजोर नरहेको उल्लेख गर्दै अध्यक्ष ओलीले एमालेले बलियो र सशक्त बनाएको राष्ट्रिय धारलाई कमजोर बनाउने खेल भइरहेको बताए । देशको लागि पनि एमालेले हार्न नमिल्ने बताउँदै उनले राष्ट्रिय स्वाभिमानको रक्षाको लागि पनि एमालेले जित्नै पर्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार
राष्ट्रपतिसमक्ष मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन पेश
मंसिर १८, २०८१ मंगलबार
चीनले नेपाललाई ९ अर्ब अनुदान सहयोग गर्ने
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्न आग्रह
मंसिर १८, २०८१ मंगलबार
टिकटकले हटायो छ हजार ७८ भिडियो
मंसिर १८, २०८१ मंगलबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कीर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेडमास्टर पक्राउ
मंसिर १८, २०८१ मंगलबार
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार