पोर्चुगल पठाउँछु भन्दै लाखौं ठगेर अलपत्र पारेको भन्दै पीडितद्वारा न्यायका लागि आग्रह
नेपालबहस संवाददाता
साउन १३, २०८० शनिबार २१:४३:१८
१३ साउन,काठमाडौं।पोर्चुगल पठाउँछु भन्दै १७ जनासँग लाखौँ उठाएर एक जना वेपत्ता भएका छन् । पीडितहरुले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी कन्चनपुर बेलौरी नगरपालिका–४ का दिपेश शाहीले पोर्चुगल लैजाने भन्दै लाखौं ठगेर अलपत्र पारेको आरोप लगाएका हुन् ।
शाहीले गत चैत्र २८ गते पोर्चुगल लैजानै भन्दै आफूसहित १८ जनालाई नेपालको एयरपोर्ट हुँदै मस्को पुर्याएको पीडित राम रोकायले बताए । मस्को पुगेपछि एजेन्ट शाही अर्कै देशतर्फ 'बोस्निया' लागेको र अन्य १७ जनालाई प्रवाश नाम गरेका भारतीय एजेन्टले रिसिभ गरेको उनको भनाई छ ।
‘हामी चैत्र २८ गते दिपेश शाहीको माध्यमबाट पोर्चुगल लान्छु भनेर हामी नेपालको एयरपोर्ट हुँदै मस्को गयौं । मस्को गएपछि प्रवाश भन्ने इन्डेन मान्छेले हामीलाई एयरपोर्टमा रिसिभ गरेर होटलमा लैजानुभयो,’पीडित रोकायले भने ।
आफुहरुलाई मस्कोबाट प्लेन टु प्लेन पोर्चुगल लैजान्छौं भनेपनि त्यहाँबाट ट्याक्सीमा हालेर बेलारुस पु¥याइएको उनको आरोप छ । बेलारुसमा पनि ८÷१० दिन राखेर त्यहाँबाट पाकिस्तानी एजेण्टको साथ लगाएर पोर्चुगलका लागि पानी नै पानी भएको बाटोबाट लाट्भिया पु¥याएको र त्यहाँको प्रहरीले बेलारुसमै फिर्ता पठाएको उनले बताए ।
त्यसपछि फेरि १५÷२० बेलारुसको होटलमै बसेर पोल्याण्ड छिर्ने योजना पनि सफल नभएर बेलारुस नै फर्किँदा त्यहाँको प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएर १५ दिन जेलमा राखेपछि आफ्नै खर्चमा नेपाल फर्काइदिएको पीडित रोकायले बताए ।
पोर्चुगल पठाउँछौं भनेर विभिन्न देशमा पुर्याएर विचल्ली बनाउने शाहीलाई कानुनी कारबाहीसहित आफूहरुको पैसा फिर्ता होस् भन्ने चाहेको पीडितको भनाई छ । ‘हामीजस्ता अरु नफसुन् । हाम्रो लगेको पैसा फिर्ता आओस् । उसलाई कानुनी कारबाही होस् भन्ने हामी चाहन्छौं,’–उनले भने ।
त्यस्तै, अर्का पीडित कञ्चनपुर बेलौरीका वियज रानाले पोर्चुगल पठाउँछु भनेर गठी गर्ने शाहीलाई उचित कारबाही गर्न सरोकारवाला निकायहरुको ध्यानाकार्षण गराए । पोर्चुगल पु¥याएर भनेअनुसारको काममा लगाउन नसके लागेको पूरै पैसा फिर्ता गरिदिने शर्तमा शाहीलाई आफूहरुले पैसा बुझाएको पीडितहरुको भनाई छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयुके पठाइ दिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ
पुष २६, २०८१ शुक्रबार
पाँच महिनामा देशभरबाट पाँच हजार आठ सय बढी फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार
लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार