तेस्रो सातामा पनि बगानका अधिकांस सो हाउसफुल
नेपालबहस संवाददाता
साउन १४, २०८० आइतबार ११:५५:१२
१४ साउन, काठमाडौं । नेपाली चलचित्र ‘बगान’ प्रदर्शनको तेस्रो सातामा प्रदर्शनरत् छ । यद्यपि यसको दर्शक बढिरहेका छन् । दर्शककै ’वर्ड अफ माउथ’को कारण तेस्रो सातामा प्रवेश गरेको ‘बगान’ हेर्न हलमा परिवार नै देखिने गरेका छन् ।
तेस्रो सातामा प्राप्त चलचित्रको अधिकांस सो हाउसफुल भएको छ । शनिवार निर्माण टिमले काठमाडौँस्थित एफक्युब र क्युएफएक्स सिभिल मलमा पुगेर दर्शकसँग साक्षात्कार गरे ।
सिभिल मलमा रहेको हलमा एक दर्शक अभिनेत्री करिश्मा मानन्धरलाई देख्नेवितिकै भक्कानिइन् । उनले चलचित्रमा आफ्नै कथा भेटेको प्रतिक्रिया दिईन् । उनले भनिन्, ‘यो हाम्रो कथामा बनेको चलचित्र हो । यसले हाम्रो बारेमा समाजलाई जानकारी गराएको छ । हामीले परिवार र समाजबाट चाहने साथलाई चलचित्रले व्यक्त गरेको छ ।’
यस्तै, एफएक्युबमा भेटिएकी एक दर्शकले आफ्नो छोरीले चलचित्रमा झैँ दोस्रो विवाह गर्ने भए आफू तयार रहेको प्रतिक्रिया दिएको बताएकी थिइन् । दर्शकले चलचित्रमा आमा बनेकी करिश्मासँगै छोरीको भूमिकामा रहेकी नव अभिनेत्री प्रमिला कार्कीको तारिफ गरेका छन् ।
प्रायः दर्शक यी दुवैलाई आफ्नो कथा व्यक्त गरेको भन्दै धन्यवाद दिइरहेका छन् । हलमा दर्शकसँग प्रतिक्रिया लिएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अभिनेत्री करिश्माले चलचित्रले दर्शक तान्न सफल भएको बताइन् । उनले भनिन्, ‘वर्ड अफ माउथकै कारण दर्शकको भिडभाड हलमा घटेको छैन । हामीले देखाउन खोजेको कथाले समाजलाई दिईरहेको संदेशले हामी सफल भएका छौं ।’
वितरक करण श्रेष्ठले तेस्रो सातामा प्राप्त सो हाउसफुल हुनुका साथै उच्च अकुपेन्सीका साथ प्रदर्शन भईरहेको जानकारी दिए । ‘बगानले दर्शक तान्दा हामी मात्र नभइ सम्पूर्ण उद्योग नै खुसी छ । नेपाली चलचित्र चल्दा सबैलाई फाईदा छ’, वितरक श्रेष्ठले भने, ‘यो चलचित्र पश्चात विदेशी ठूला चलचित्र पनि आए । यद्यपि दर्शकको साथ दिनुभएकै कारण अहिलेसम्म हाउसफुलका साथ प्रदर्शनरत् छ ।’
नव अभिनेत्री कार्कीले दर्शकको साथले भिड बढ्नेमा विश्वस्त रहेको बताइन् । उनले भनिन्, ‘दर्शककै प्रतिक्रियाले भिड वढेको छ । यसबारेमा हामी प्रदर्शनकै समयमा क्लियर थियौँ । यस्ता चलचित्रलाई दर्शकले नै राम्रो भन्नु पर्ने थियो र भन्नुभयो ।’ उनले चलचित्रको संदेश एकल आमा र सन्तासम्म पुगेकोमा खुसी व्यक्त गरिन् ।
यस्तै, चलचित्रका निर्माता तथा गीतकार सुरेश वाग्लेले ग्रस व्यापार एक करोड नाघेको जानकारी दिए । उनले भने, ‘हामीले एकल आमालाई चलचित्र निःशुल्क देखाइरहेका छौं । हाम्रो यो प्रयासमा सरकारले ट्याक्स फ्री गरेर सहयोग गर्न सक्छ । यस्ता विषयमा चलचित्र बनाउन राज्यको पनि साथ आवश्यक छ ।’
अभिनेता सरोज खनालले प्रथम पटक निर्देशन गर्नुभएको चलचित्र ‘बगान’मा करिश्मा मानन्धर, आकाश श्रेष्ठ, प्रमिला कार्की, नीर शाह, बसुन्धरा भुषाल र मिथिला शर्मा लगायतको अभिनय रहेको छ । अभिनेत्री कार्कीले यहि चलचित्रबाट अभिनयमा डेब्यु गरेकी हुन् ।
स्वप्निल नीरवको कथामा आधारित रहि बनेको यो चलचित्र नेपाली वेबसाइट डटकमको प्रस्तुतिमा बनेको हो । ‘बगान’का निर्माता तथा गीतकार सुरेश वाग्ले हुन् भने कार्यकारी निर्माता विनोद मानन्धर हुन् । यसमा गौरीशंकर धुजुको डिओपी, उत्सव दाहाल र नारायण जिसीको छायांकन, सन्देश शाहको सम्पादन, समिर मियाँको भि.एफ.एक्स. तथा रेनिश फागोको कलर करेक्शन रहेको छ ।
ब्याकराउन्ड स्कोर सुजिल कर्माचार्य र साउन्ड मिक्सिङ मुकेश शाहको रहेको छ । हरि लम्साल र सुवास भुषालको संगीत रहेको चलचित्रका गीतमा अञ्जु पन्त, सुगम पोखरेल र अस्मिता अधिकारीको स्वर रहेको छ । यसको वितरण रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौँ उपत्यका र मोफसलमा एफडी कम्पनीले गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘पुजार सार्की’मा आर्यन : विगतभन्दा 'टफ' भूमिका, लुक्समा आफ्नै पिताको नक्कल
जेठ ४, २०८१ शुक्रबार
सिनेमाघर एपमा रिलिज भयो ‘चपली हाइट ३’, विश्वभरबाट हेर्न सकिने
जेठ २, २०८१ बुधबार
चलचित्र ‘मोदीबेनी’ श्रावण १८ गते रिलिज हुने
जेठ १, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द
जेठ ६, २०८१ आइतबार
संघीय संसदका दुवै सदनको बैठक बस्दै
जेठ ६, २०८१ आइतबार
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले आजदेखि आन्दोलन गर्दै
जेठ ६, २०८१ आइतबार
देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार