सम्बन्ध विस्तारका लागि कांग्रेसले सञ्चार माध्यम र सञ्चारकर्मीको लगत विवरण संकलन गर्ने
नेपालबहस संवाददाता
साउन १६, २०८० मंगलबार १७:५८:१४
१६ साउन, काठमाडौं । नेपाली कांग्रेसले लोकतन्त्रमा आस्था राख्ने देशभरका सञ्चार गृह र यस क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूको लगत विवरण संकलन गर्ने भएको छ । कांग्रेसको सञ्चार क्षेत्रसँग सम्बन्ध विस्तारका लागि उनीहरूको लगत विवरण संकलन गर्न लागिएको हो । आज बसेको सूचना, संचार तथा प्रचार विभागको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकमा प्रचार विभागका सदस्य एवं वरिष्ठ पत्रकार इन्द्र रिजालले लोकतन्त्र पक्षधर सञ्चारकर्मीहरूको विवरण संकलन गरी लगत राख्नुपर्ने प्रस्ताव गरेका थिए । उनको प्रस्तावपछि नेपाल प्रेस युनियनसँग समन्वय गरी लगत राख्ने निर्णय भएको हो ।
विभागका प्रमुख मीनबहादुर विश्वकर्माको अध्यक्षतामा मंगलबार बसेको बैठकले नेपाली कांग्रेस सूचना, संचार तथा संचार विभागको निर्देशिका, २०८० सामान्य परिमार्जनसहित सर्वसम्मतले पारित गरेको छ । यस्तै विभागले पुस्तकालय व्यवस्थापन तथा संचालनका लागि नेपाली कांग्रेस केन्द्रीय कार्यालयसित समन्वय गर्ने र विभागका प्रमुख एवं सदस्यहरू बीच सूचना प्रविधि सम्बन्धी पुर्नताजगीकरण कार्यक्रम गर्ने र सो को मिति, समय र स्थान प्रमुखले तोक्ने निर्णय पनि गरिएको छ ।
बैठकले सबैकाे कार्य प्रगति नियमन तथा व्यवस्थापन गर्ने उद्देश्यले नेपाली कांग्रेसका सबै तहका समितिलाई केन्द्रीय कार्यालयको जस्तै आधिकारिक फेसवुक एकाउण्ट खोल्न आग्रह गर्ने निर्णय पनि गरेको छ । कांग्रेसले सुधारका विभिन्न कार्यहरुलाई जनतासम्म पुर्याउन लोकतन्त्रमा आस्था राख्ने संचार गृह र संचारकर्मीको विवरण प्रेस युनियनलगायत सम्बन्धित निकायसँग समन्वय गरी संकलन गर्ने निर्णय भएको जारी विज्ञप्तिमा उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
धनकुटाको पाख्रिबासमा पिकअप दुर्घटना, चालक र सहचालकको मृत्यु
पुष २६, २०८१ शुक्रबार
५० शैय्याको अस्पताल भवन: थपिएको म्याद सकियो, निर्माण सकिएन
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
सहकारी ठगी प्रकरणः रवि लामिछाने आज काठमाडौं अदालतमा उपस्थित हुने
पुष २६, २०८१ शुक्रबार
अमेरिकाको भर्जिनियामा कार हिउँमा चिप्लिदा २ नेपालीको मृत्यु
पुष २६, २०८१ शुक्रबार