प्रधानमन्त्री प्रचण्डसँग अमेरिकी राजदूत थम्पसनले राखे एमसीसी कार्यान्वयनबारे चासो
नेपालबहस संवाददाता
साउन १८, २०८० बिहिबार १४:४३:१७
१८ साउन, काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डीन थम्पसनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट गरेर मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यान्वयनबारे चासो राखेका छन् ।
थम्पसनले बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर भेटवार्ता गरेका थिए । संसदबाट पारित गरिएको एमसीसी सम्झौता कार्यान्वयनको चरणमा छ ।
थम्पसनले एमसीसी परियोजना सम्झौता कार्यान्वयनले नेपालको आर्थिक विकासमा महत्वपूर्ण सहयोग पुग्ने धारणा राखेका थिए । एमसीसी सम्झौताअनुसार अमेरिकाले नेपाललाई प्रसारण लाइन र ग्रामीण भेगका सडक निर्माणमा पाँच वर्षभित्र ५० करोड अमेरिकी डलर अनुदान दिने घोषणा गरेको छ । त्यसमा नेपालले २५ प्रतिशत लगानी गर्नुपर्ने प्रावधान छ ।
जवाफमा प्रधानमन्त्री प्रचण्डले सम्झौता कार्यान्वयनका गइसकेको र अमेरिकाबाट निरन्तर सहयोग रहने अपेक्षा गरेको बताएका थिए । थम्पसनले संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जाने नजानेबारे पनि प्रधानमन्त्रीसँग चासो देखाएका थिए ।
एमसीसी राष्ट्र हितविरुद्ध रहेको भन्दै विभिन्न राजनीतिक दलहरूले भने खारेजीका लागि संघर्ष चलाइरहेका छन् । प्रसारण लाइन बनाउन आवश्यक जग्गा उपलब्ध गराउने काममा अवरोध पुर्याउँदै आइरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार
राष्ट्रपतिसमक्ष मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन पेश
मंसिर १८, २०८१ मंगलबार
चीनले नेपाललाई ९ अर्ब अनुदान सहयोग गर्ने
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्न आग्रह
मंसिर १८, २०८१ मंगलबार
टिकटकले हटायो छ हजार ७८ भिडियो
मंसिर १८, २०८१ मंगलबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कीर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेडमास्टर पक्राउ
मंसिर १८, २०८१ मंगलबार
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार