सुन काण्डबारे सरकारका प्रवक्ताले के भनिन् ?
नेपालबहस संवाददाता
साउन १८, २०८० बिहिबार १५:४४:५५
१८ साउन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा साउन ५ मा तस्कारले ब्रेकसु बनाएर भित्र्याएका क्वीन्टलभन्दा बढी परिणामको सुनकाण्डबारे सरकारका प्रवक्ता रेखा शर्माले मुख खोलेकी छन् ।
प्रमुख विपक्षी दल एमालेले सोही काण्ड छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै संसदको दुवै सदन अवरुद्ध पार्दै आइरहेको बेला संचार तथा सूचना प्रविधिमन्त्री समेत रहेकी प्रवक्ता शर्माले सरकारले चाहेकै कारण तस्करले लुकाईछिपाई भित्र्याएको सुन समातिएको खुलाइन् ।
तस्करी सामान नियन्त्रण लिन र संलग्न व्यक्तिलाई पक्राउ गर्न सरकार दृढ रहेको समेत स्पष्ट पारिन् । मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले सरकारले चाहेकै कारण तस्करीका सुन समातेर अनुसन्धान गरिरहेको बताइन् । उनले तस्करीमा संलग्न कोही पनि कारवाहीमा पर्नबाट नछुट्ने विश्वास व्यक्त गरिन् ।
उनले एमालेको मागप्रति लक्षित गर्नै सरकारका विभिन्न जिम्मेवार निकायबाट अनुसन्धान भइरहेका बेला जुनसुकै प्रकारका थप छानबिन समिति आवश्यक नरहेको स्पष्ट पारिन् । अर्को समिति बनाउन अनुसन्धान नै विषायन्तर (डाईभर्ट) हुने सक्ने उनको भनाइ थियो । अनुसन्धान निष्कर्ष पुर्याएर दोषीलाई कारवाहीको दायरामा ल्याएरै छाडने उनको भनाइ थियो ।
यही साउन ५ गते तस्कारले मोटरसाइकलको ब्रेकको रुपमा तस्करले विमानस्थलबाट १०० केजी भन्दा बढी भित्र्याएको सुन भन्सार विभागले काठमाडौंका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको थियो । त्यसपछि राजनीतिक रुपमै सत्ता र प्रतिपक्ष आरोप र प्रत्यारोपमा उत्रिएका छन् । प्रतिपक्षी एमालेले सरकार तस्कार जाेगाउन लागेकाे आराेप लगाउँदै आएकाे छ भने सरकारले यसकाे चर्काे रूपमा खण्डन गर्दै आइरहेकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार
राष्ट्रपतिसमक्ष मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन पेश
मंसिर १८, २०८१ मंगलबार
चीनले नेपाललाई ९ अर्ब अनुदान सहयोग गर्ने
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्न आग्रह
मंसिर १८, २०८१ मंगलबार
टिकटकले हटायो छ हजार ७८ भिडियो
मंसिर १८, २०८१ मंगलबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कीर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेडमास्टर पक्राउ
मंसिर १८, २०८१ मंगलबार
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार