तस्करी राेक्न र सुशासनकाे माग गर्दै थापाथली क्याम्पसका विद्यार्थीहरुले प्रदर्शन
नेपालबहस संवाददाता
साउन १९, २०८० शुक्रबार १३:४६:५७
१९ साउन, काठमाडौं । सरकार सुशासन कायम गर्न भ्रष्टाचारी तथा तस्कर रोक्न असफल भएको भन्दै थापाथली क्याम्पस स्ववियुको नेतृत्वमा क्याम्पसका विद्यार्थीहरुले सरकारविरुद्ध प्रदर्शन गरेका छन् ।
उनीहरुले सरकारविरोधी नारा लेखिएको प्लेकार्ड र ब्यानरसहित केहीबेर अघि मात्र सडकमा निस्केर प्रदर्शन गरेका छन् ।
त्रिभुवन विश्वविद्यालयकाे आंगिक क्याम्पस थापाथली इन्जिनियरिङ क्यापम्स गेटबाहिर प्रदर्शन गरेका विद्यार्थीहरुले प्रहरीकाे घेरा ताेडेर माइतीघर मण्डलामा पुगेर सरकारविरुद्ध चर्का नाराबाजी गरेका छन् । उनीहरु सरकार गैर जिम्मेवार बनेको, सुशासन दिन नसकेको आरोप लगाए । प्रदर्शनमा सयभन्दा बढी छात्रछात्रा सहभागी भएका छन् ।
तस्करी र भ्रष्टाचार बढेको भन्दै रोक्न माग गरे । उनीहरुले तस्कारी रोक्न नसकेको भन्दै विद्यार्थीले त्रिभुवन विद्यालय रोज्ने कि त्रिभुवन विमानस्थल रोज्ने भन्ने सरकारलाई प्रश्न गरेका छन् ।
सरकारले झुटा आश्वसन देखाउने र जनतालाई निराश बनाउने बाहेक देश र जनताको पक्षमा काम गर्न नसकेको उनीहरुको भनाइ छ ।
यही साउन २ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सय केजीभन्दा बढी अवैध सुन भित्रिएको घटनाले मुलुक नै तरंगित बनेको छ । भन्सार विभागले १६ जनालाई पक्राउ गरी अनुसन्धान जारी राखेपनि मुख्य दोषी पत्ता लगाउन सकेको छैन । यसबाट सरकारको चर्को आलोचना भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार
राष्ट्रपतिसमक्ष मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन पेश
मंसिर १८, २०८१ मंगलबार
चीनले नेपाललाई ९ अर्ब अनुदान सहयोग गर्ने
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्न आग्रह
मंसिर १८, २०८१ मंगलबार
टिकटकले हटायो छ हजार ७८ भिडियो
मंसिर १८, २०८१ मंगलबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कीर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेडमास्टर पक्राउ
मंसिर १८, २०८१ मंगलबार
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार