नेपाली कांग्रेसले महाधिवेशन आउनुभन्दा ६ महिना अगाडि क्रियाशील सदस्यता वितरण कार्य बन्द गर्ने
नेपालबहस संवाददाता
साउन २५, २०८० बिहिबार १३:१९:५३
२५ साउन, काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण कार्य १५ औ महाधिवेशनभन्दा ६ महिना अगाडि नै बन्द गर्ने भएको छ । अहिले क्रियाशील सदस्यता वितरण सुरु गरिएको छ । नयाँलाई क्रियाशील सदस्यता दिने र पुरानाको नवीकरण गर्ने काम भइरहेकोले हालै सम्पन्न पार्टी केन्द्रीय समिति बैठकले पनि नयाँ सदस्यता थप्ने र क्रियाशील सदस्यता दिनेदेखि नवीकरण गर्नेसम्मका काम तदारुकताका साथ सम्पन्न गर्न मातहतका निकायहरूलाई निर्देशन दिएको थियो ।
क्रियाशील सदस्यता वितरणलाई विवादरहित बनाउन पनि कांग्रेसले निर्देशन दिएको छ । नयाँ सदस्यता वितरणमा अनलाइन प्रणाली लागु गरिएको छ । अनलाइन मार्फत नेपाली कांग्रेसको सदस्य बन्न चाहनेले फारम अपलोड गरी सदस्यता फारम भर्न सक्छन् । सदस्यता वितरणलाई कांग्रेसले तीब्रताका साथ अगाडि बढाउन निर्देशन दिएपछि अहिले राष्ट्रव्यापी रुपमा ७७ वटै जिल्ला भइरहेको पार्टी सुदृढीकरण तथा संगठनलाई व्यवस्थित र चलायमान बनाउने अभियानमा पनि सदस्यता वितरणलाई प्राथमिकता दिइएको छ ।
यसै बीच नेपाली कांग्रेसका सहमहामन्त्री भिष्मराज आङदेम्बेले पनि क्रियाशील सदस्यता वितरणमा राजनीतिक र आर्थिक प्रभावमा नभई योगदानको आधारमा वितरण गरिएको दाबी गरेका छन् । उनले अब उप्रान्त सदस्यता वितरणमा अधिवेशनको छ महिना अगाडि नै अन्त्य गर्ने पनि बताए । बिहीबार काठमाडौंमा भएको प्रदेश एकको निर्वाचन क्षेत्र नम्बर (ख) र काठमाडौं वडा नम्बर ३१ को संयुक्त सम्मेलनलाई सम्बोधन गर्दै सहमहामन्त्री आङदेम्बेले विवादित बन्दै आएको क्रियाशील सदस्यता वितरणलाई व्यवस्थित पार्न सबैमा सहमति भएको बताए ।
उनले भने, ‘हिजोको क्रियाशील सदस्यता अधिवेशन आउनुभन्दा ६ महिना अगाडि आ–आफ्नो प्रभावमा परेका नेतासँग भेटेर पहुँचमा पुगेको नेतालाई प्रभावमा पारेर क्रियाशीलता खल्तीमा बोकेर आफ्नो मान्छेलाई बाँडेर अधिवेशनमा कांग्रेससँग सम्बन्धै नभएको मान्छे पनि आएको हामीले देखेका छौं । त्यो प्रवृतिबाट अब क्रियाशील सदस्यता फारमलाई मुक्त राख्ने केन्द्रीय कार्यसमितिको ऐक्यबद्धता छ । हिजो अधिवेशनको मुखैमा सक्रिय सदस्यताको फारम वितरण गर्ने चलन थियो अब आउने दिनमा हामी करिब करिब प्रतिवद्ध छौं, अधिवेशनको ६ महिना अगाडि वितरण गरिने क्रियाशीललाई अब अधिवेशन आउने ६ महिना अगाडि नै बन्द ठाउँतिर हामी पुग्दैछौं ।’
त्यस्तै उनले कांग्रेसमा देखिएको विचारको अस्तव्यस्तता र बढेको भावनात्मक दूरी घटाउन आवश्यक रहेको भन्दै पुरानो प्रवृतिसँग रमाएर बस्न नहुने बताएका छन् । कांग्रेसको नेतृत्वमाथि देखिएको असन्तुष्टिलाई लक्षित गर्दै सहमहामन्त्री आङदेम्बेले भने, ‘तपाईंहरु जति चिन्तित हुनुहुन्छ यो कुराबाट केन्द्रीय कार्यसमिति र हाम्रा नेताहरू पनि साह्रै चिन्तित रहेको निवेदन गर्छु । अब नेपाली काग्रेससँग फेरि त्यही पुरानो प्रवृतिभित्र रमाएर बस्ने छुट छैन् ।’
उनले निर्वाचनबाट तीनै तहमा ठूलो दल भएर आउँदा पनि त्यसको गौरव बाँड्न नसकेको अवस्था आएको भन्दै पार्टीभित्र देखिएको विचारको अस्तव्यस्तताले अहिले पनि कांग्रेस व्यवस्थित हुन नसकेको धारणा राखे । ‘हामीले ठूलो दलको गौरव बाँड्न सकिरहेका छौनौ । किन भने जसरी यो बीचमा सार्वजनिक भयो, यसले अहिले पनि हामीलाई व्यवस्थित गर्न सकिरहेको छैन् । हाम्रा विचारहरूले अझै पनि हामीलाई अस्तव्यस्त बनाइरहेको हो कि लागिराखेको छ । मानसिक रुपमा प्रदेश र स्थानीय तहमा ठूलो दल त छौ तरपनि हामी सबैले भावनात्मक एकताको कांग्रेस एक छौं भन्ने सन्देश दिन जरुरी छ,’ आङदेम्बेले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
धनकुटाको पाख्रिबासमा पिकअप दुर्घटना, चालक र सहचालकको मृत्यु
पुष २६, २०८१ शुक्रबार
५० शैय्याको अस्पताल भवन: थपिएको म्याद सकियो, निर्माण सकिएन
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
सहकारी ठगी प्रकरणः रवि लामिछाने आज काठमाडौं अदालतमा उपस्थित हुने
पुष २६, २०८१ शुक्रबार
अमेरिकाको भर्जिनियामा कार हिउँमा चिप्लिदा २ नेपालीको मृत्यु
पुष २६, २०८१ शुक्रबार