कांग्रेस उपसभापति एवं कानुनमन्त्री धनराज गुरुङ अस्पताल भर्ना
नेपालबहस संवाददाता
साउन २५, २०८० बिहिबार १४:२०:२५
२५ साउन, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति एवं कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ अस्पताल भर्ना भएका छन् । उनलाई महाराजगञ्ज मनमोहन कार्डियोथोरासिक भास्कुलर सेन्टरमा भर्ना गरिएको छ । प्रेसर लो भएको भन्दै असहज महसुस गरेपछि मन्त्री गुरुङलाई महाराजगन्ज स्थित मनमोहन अस्पतालमा भर्ना गरिएको उनको सचिवालयले जनाएको छ ।
मन्त्री गुरुङले अमेरिकाबाट फर्किएदेखि नै शरीर अस्वस्थ भएको र आफू शारीरिक रुपमा कमजोर बन्दै गएको बताउँदै आएका थिए । धेरै दौडधुप भएको र आराम नपुगेको भन्दै उनले असहज रुपमा पनि मन्त्रालयका नियमित काम गर्दै आएका थिए । तर, बिहीबार बिहान धेरै गाह्रो भएको र छातीसमेत दुखेको भनेपछि उनलाई अस्पताल भनाए गरिएको हो ।
अहिले उनको स्वास्थ्य परीक्षण भइरहेकाले गुरुङलाई के भएको भन्ने विषयमा चिकित्सकहरूले केही बताएका छैनन् । उनलाई ब्लड प्रेसर र मुटुको धडकन कम भएकाले अस्पताल भर्ना गरिएको उनका सहयोगी प्रेम केसीले जानकारी दिए । मन्त्री गुरुङलाई आज डाक्टरको निगरानीमा अस्पतालमै राखिने केसीले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधौलागिरि अस्पतालमा चिकित्सक अभावले उपचार प्रभावित
पुष २५, २०८१ बिहिबार
नेपाल मेडिकल कलेजमा ल्याप्रोस्कोपी प्रविधिबाट निकालियो बिग्रिएको मिर्गौला
पुष २४, २०८१ बुधबार
गेटा अस्पतालको स्तरोन्नति गर्ने सरकारको सोच छ : स्वास्थ्य मन्त्री पौडेल
पुष २३, २०८१ मंगलबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार