सशस्त्र प्रहरीले कर्मचारीको हितका लागि खरिद गर्याे हिमाली ज्याकेट
नेपालबहस संवाददाता
असोज १६, २०८० मंगलबार १७:२९:४९
३१ साउन, काठमाडौं । सशस्त्र प्रहरीले पहिलो पटक आफ्ना कर्मचारीको हितका लागि खरिद गरेको हिमाली ज्याकेट गुणस्तरहीन परेको छ । नेपाल गुणस्तर विभागमा गरिएको गुणस्तर परीक्षणमा सशस्त्र प्रहरीको प्रतिनिधि विना गुणस्तर परीक्षण गराइएको र ठेकेदार कम्पनीले पठाएको सामानमात्र चेकजाँच हुने भएकाले जस्तोसुकै सामान लगेपनि सेटिङमा गुणस्तर ठीक भएको प्रमाण पठाइएपछि सामान गुणस्तरहीन परेको हो ।
‘पहिलो कुरा त नेपाल गुणस्तर विभागसँग कपडाको गुणस्तर चेक जाँच गर्ने मेसिन कमजोर छ, नेपाल प्रहरीले त्यहाँ चेकजाँच नै गर्दैन, अर्को कुरा सशस्त्र प्रहरीको हिमाली ज्याकेट परीक्षण गर्न पठाउँदा त्यहाँको प्रबन्ध शाखाको कुनै पनि प्रतिनिधि सहभागी थिएनन्, यस्तो बेलोमा ठेकेदार कम्पनीले जे पठायो त्यही पास भएर आयो’, सशस्त्र मुख्यालय स्रोतले भन्यो ।
स्रोतका अनुसार गुणस्तर तथा नापतौल विभागसँग कपडाको गुणस्तर परीक्षण गर्ने प्रयोगशाला छैन । सोही कारण नेपाल प्रहरीले भारतका निजी कम्पनीमा नमुना पठाउने गरेको छ । सकेसम्म प्रहरीसँगै मिलेर कमसल सामान आपूर्ति गर्ने र गुणस्तरीय सामान नमुना परीक्षणमा पठाउने नत्र परीक्षण रिपोर्टमै चलखेल हुने प्रवृत्ति नेपाल प्रहरीमा कायम रहेका बेला सशस्त्र प्रहरीले यहीको गुणस्तर विभागका कर्मचारीसँगको मिलेमतोमा कम गुणस्तरको सामान आपूर्ति गर्दै आएका छन् । ‘हिमाली ज्याकेटको गुणस्तर मापदण्ड निर्धारण गर्ने कुनै उपकरण छैन, ठेकेदार कम्पनीले यति सामग्री प्रयोग गरिएको छ भनेर पठाएपछि त्यसैमा परीक्षण गरेर पठाइदिन्छ’, स्रोतले भन्यो ।
सशस्त्र प्रहरी बलका लागि ३५ करोड रूपैयाँ बराबरका स्नो पार्का ज्याकेट र स्नो स्लीपीङ ब्यागसहितका हिमाली आइटमका सामान खरिदमा कम गुणस्तरको सामान दिएर करोडौं भ्रष्टाचार गरेको पाइएको हो । जसमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीका विष्णु श्रेष्ठको कम्पनीलाई १५ करोड एकचालीस लाख नौ हजार बराबरको ठेक्का परेको थियो । उनले दिएको सामान नै गुणस्तरहीन परेका र हिमाली क्षेत्रमा प्रयोग गरिरहेका जवानहरूले समेत गुनासो गरिरहेका छन् । नेपाल प्रहरीले पनि त्यही सामानको खरिद गर्ने तयारी गरेको छ । तर उसले नमुना माग गर्दा नेपालको गुणस्तर विभागमा परीक्षण गरेको नभई भारतीय निजी गुणस्तर जाँचपास कम्पनीमा गर्नुपर्ने अडान राखेको छ । सशस्त्र प्रहरीले भने नेपालकै गुणस्तर विभागलाई मान्यता दिएको छ ।
सुरक्षा निकायका लागि बन्दोबस्तीका सामान खरिद गर्दा सरकारी निकाय गुणस्तर तथा नापतौल विभागका टेक्सटाइल इन्जीनियरको नेतृत्वमा समिति बनाएर त्यसबाट पास गर्नुपर्छ । सशस्त्रले यस्तो मापदण्ड पूरा गरेको भएपनि नेपालमा कपडाको गुणस्तर चेकजाँच गर्ने प्रविधि नभएकाले नेपाल प्रहरीले बर्षौदेखि भारतमा चेकजाँच गराउँदै आएका छन् । नेपाल र भारत दुवै ठाउँमा चेकजाँच गराउँदा पनि प्रहरीलाई कपडा उपलब्ध गराउँदै आएका पिताम्बर मुन्का लगायतका केही ठेकेदार तीन वर्ष अघि जेल गएका थिए । ‘सशस्त्र प्रहरीको प्रबन्ध शाखामा बस्नेहरूले प्रहरीको तथ्यलाई विर्सैर गुणस्तर चेकजाँचमा ठेकेदारकै लहैलहैमा लागेर कमसल सामग्री लिएका छन्, जहाँ सशस्त्र प्रहरीका प्रतिनिधि विना नै गुणस्तर चेकजाँच गरिएको छ’, स्रोतले भन्यो । विगतमा ठेकेदारहरू ज्ञानेन्द्र बस्नेत (नेपाल प्रहरीका भूपू सई), पिताम्बर मुन्का, शरण अग्रवाल, राजु थापा लगायतले सशस्त्र प्रहरीका लागि आवश्यक सामान खरिदको ठेक्का पाउँदै आएका छन् ।
जसमा बस्नेतले टप बुट, बुट, कन्सन्टिना, उलन र कटनका लत्ता मुन्का, हिमाली ज्याकेट र बुट अग्रवालले ठेक्का पाएका थिए । यस्तै, स्लिपिङ ब्याग, रुक्स्याक ब्याग थापाले ठेक्का गर्दै आएकोमा मुन्कालाई पन्छाएर राजमान मिश्रहरुको टोलीले विष्णु श्रेष्ठलाई छिराएका हुन् । उनै श्रेष्ठले यसपटक करिब १६ करोडमा ठेक्कामा त्यहाँका कर्मचारीसँगको मिलेमतोमा सशस्त्र प्रहरीका जवानले लगाउने हिमाली ज्याकेट कम गुणस्तरको पठाएका हुन् । सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले भने यो विषयमा आफूलाई जानकारी नभएको र ज्याकेटको गुणस्तर परीक्षण गरी खरिद गरिएकाले कुनै पनि प्रकारको मोलाहिजा नराखिएको बताएका छन् । ‘सशस्त्र प्रहरीले खरिद गरिएको सामान कम गुणस्तरको छ भन्ने कुरा सत्य होइन’, उनले भने ।
स्नो स्लीपीङ ब्याग ४ हजार ७ सय ५० पिस मागिएको थियो । स्लीपीङ ब्याग उच्च गुणस्तरकै बजारमा प्रति थान ७ हजारमा पाइन्छ । तर प्रति थान १६ हजार रूपैयाँमा खरिद गरिएको स्रोतको दावी छ । स्नो स्लीपीङ ब्याग खरिदको बजेट पनि ७ करोड ६० लाख रहेकाले त्यसलाई पुग्ने समान खरिद गरिएको र हिमाली क्षेत्रमा पठाइ सकिएको छ ।
सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याललाई समेत गुमराहमा राखेर सेटिङ गरिएको र यसमा एआईजी नारायण दत्त पौडेलको संलग्नता रहेको आशंका गरिएको छ । ‘हिमाली पार्का ज्याकेट खरिदमा सशस्त्र प्रहरीकै कर्मचारीले ठूलो आर्थिक अनियमितता गरेको आशंका छ, जसले गर्दा आईजीपीसम्म तनावमा परेका छन’, सशस्त्र मूख्यालय स्रोतले भन्यो । आईजीपी अर्यालले पार्का ज्याकेटमा आर्थिक अनियमितता देखिएकाले सो प्रकरणमा मूल्याङ्कन गर्ने, पैसा निकासा गर्ने र सामान बुझ्ने सबैलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।
नेपालबहसमा यस प्रकारको समाचार प्रकाशित भएपछि सशस्त्र प्रहरीका आइजीपी राजु अर्यालले प्रशासन प्रमुख नारायण दत्त पौडेल र प्रबन्धका एसएसपी दीपेन्द्र कुँवरलाई बोलाएर जानकारी लिएका छन् । उनले कमजोर सामग्रीको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरेमा र प्रमाणित भएमा त्यसको भागिदार र जिम्मेवारी पनि तिमीहरु नै हुने हो भन्दै यदि त्यस्तो देखिएका कारबाही गर्ने चेतावनी दिइसकेका छन् ।
सशस्त्र प्रहरी बलको खरिद हेर्ने प्रबन्धका एसएसपी दीपेन्द्र कुँवरले ठेकेदारहरू वीरेन्द्र जोशी, टोपेन्द्र बीसी र श्रवण अग्रवाल, रास्वपासँग नजिक रहेका विष्णुकुमार श्रेष्ठसँग सेटिङ गरी उनीहरूले पेश गरेको नमुना अनुसार नै बोलपत्र निकालिएको हिमाली आइटम स्नो पार्का ज्याकेट र स्नो स्लीपीङ ब्यागको ठेक्का लगाइएर गुणस्तरको परीक्षण पनि सोही अनुरुप सेटिङमा गरिएको स्रोतको दावी छ । हिमाली आइटमको ठेक्का लिएका श्रेष्ठले भने आफ्नो कम्पनीले आपूर्ति गरेको सामानमा कुनै पनि कमजोरी नभएको विज्ञप्ति मार्फत बताएका छन् ।
प्रहरीमा के भएको थियो ?
न्यूनतम् मूल्य कबोलेर नेपाल प्रहरीको उलन पाइन्टको ठेक्का लिएका बीरगञ्जका पिताम्बर मुन्काले प्रहरी प्रधान कार्यालयको आँखा छलेर गुणस्तर चेकजाँच गराएका थिए । प्रहरी हेडक्वार्टरको आँखा छलेर कमजोर गुणस्तरको कपडा बेच्ने र महँगो मूल्य असुल्ने चाल रचेपछि क्राउन टेक्सटाईल्स ईण्डष्ट्रिज प्रालि वीरगञ्जका सञ्चालक मुन्कालाई तीन वर्ष अघि प्रहरीले पक्राउ गरेर थुनेको थियो ।
क्राउन टेक्सटाईल्स इण्डष्ट्रिज प्रालिले २० हजार मिटर उलन पाइन्टको कपडा खरिदको ठेक्का पाएको थियो । २ करोड १६ लाख ४० हजारमा प्रहरी हेडक्वार्टर र सो कम्पनीको बीचमा आपूर्ति सम्झौता भयो । सम्झौताअनुसार आपूर्ति भएको सामानको गुणस्तर परीक्षण गर्न प्रहरी हेडक्वार्टरले ०७७ साउन ३० मा भारतको चेन्नईमा पठाएको थियो । तर, मुन्काका प्रतिनिधि नरेन्द्र नाथ पौडेलले दुई दिनपछि फेरि प्रहरी हेडक्वार्टरको कागजात स्क्यान गरेर सोही ल्याव (एसजीएस चेन्नई, भारत) मा कपडाको अर्को नमुना पठाएका थिए । प्रहरी प्रधान कार्यालयमा आफ्नो कम्पनीले बुझाएको स्याम्पल फेल हुने डरले मुन्काले कुरियरमार्फत अर्को नमुना परीक्षण गर्न पठाएपछि त्यसबारे प्रहरी प्रधान कार्यालयले अनुसन्धान थालेको थियो ।
प्रहरी प्रधान कार्यालयमा उनले पेश गरेको कपडाको नमुना र दोस्रो पटक चेन्नाई पठाएको नमुनाको गुणस्तर फरक रहेको पाइएको छ । प्रहरी प्रधान कार्यालयबाट पठाएको नमुना परीक्षण रिपोर्ट ढिला आएको तर, मुन्काका प्रतिनिधिले पछि पठाएको नमुना परीक्षण रिपोर्ट चाँडो आएपछि क्राउन टेक्सटाईल्स इण्डष्ट्रिज माथि शंका उब्जियो । ल्याबसँग उनको मिलेमतो रहेको प्रहरीको दावी छ । सशस्त्र प्रहरीको पनि अहिलेको हिमाली ज्याकेटको परीक्षण नेपाल गुणस्तर तथा नाप तौल विभाग बाहेक भारतको चेन्नाई वा दिल्लीमा गर्ने हो भने कमजोर देखिने सशस्त्र प्रहरीकै एक कर्मचारीले बताए । ‘सशस्त्र प्रहरीले महंगोमा सामान खरिद गर्ने तर सामान कमजोर आएको छ यसको पुन परीक्षण गर्ने हो भने सबै कुरा पत्ता लागिहाल्छ’, स्रोतले भन्यो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसशस्त्र मातहतका बीओपीहरुले बदमासी गर्न थालेपछि छड्के जाँच शुरु
मंसिर १८, २०८१ मंगलबार
सिरहामा मदिरा तस्करी गर्ने गाडीको ठक्करबाट डिउटीमा रहेका सशस्त्रका सईको मृत्यु
मंसिर १६, २०८१ आइतबार
नेपाल–भारत सीमा सुरक्षा बैठक : सीमापार अपराध नियन्त्रण थप प्रभावकारी बनाउने निष्कर्ष
मंसिर ३, २०८१ सोमबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
सुख्खायाममा पनि रोकिएन तिङ्लामा पहिरो, सयभन्दा बढी घर जोखिममा
मंसिर २०, २०८१ बिहिबार
पूर्वाधार निर्माणमा सघाउन मुख्यमन्त्रीको अनुरोध
मंसिर २०, २०८१ बिहिबार
एक करोड बढीको लगानीमा बाख्रापालन
मंसिर २०, २०८१ बिहिबार
आजको मौसमः तराईमा हुस्सु, हवाई उडानमा सतर्कता अपनाउन आग्रह
मंसिर २०, २०८१ बिहिबार
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
मंसिर २०, २०८१ बिहिबार
चारदिने चीन भ्रमण पूरा गरी प्रधानमन्त्री ओली आज स्वदेश फर्किदै
मंसिर २०, २०८१ बिहिबार