१० महिनाको आयात धान्ने गरी सरकारी खाता १५ खर्ब ३९ अर्बले बचतमा, १२ खर्ब २० अर्ब आयो रेमिट्यान्स
नेपालबहस संवाददाता
भदौ १, २०८० शुक्रबार १४:२:३८
१ भदौ, काठमाडौं । देशमा कुल विदेशी विनिमय सञ्चिति २६.६ प्रतिशतले वृद्धि भएर १५ खर्ब ३९ अर्ब ३६ करोड रूपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गरेको विवरण अनुसार २०७९ असार मसान्तमा कुल विदेशी विनियम सञ्चिति १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ रहेको थियो ।
२०८० असार मसान्तसम्म आइपुग्दा उक्त सञ्चिति बढेर १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ पुगेको हो । गत आर्थिक वर्षको अन्तिममा आउँदा १० महिनाको वस्तु तथा सेवा आयात धान्ने पुग्ने विदेशी मुद्रा सञ्चित भएको छ । मौद्रिक नीतिले ७ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने विदेशी मुद्रा सञ्चित राख्ने लक्ष्य लिएको थियो ।
नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले आर्थिक वर्ष २०७९-८० को वार्षिक आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन अनुसार मौद्रिक नीतिको लक्ष्य भन्दा बढी विदेशी मुद्रा सञ्चित भएको हो । आर्थिक वर्ष २०७९÷८० को आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी मुद्राले ११.७ महिनाको वस्तु आयात र १० महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने नेपाल राष्ट्र बैंकले जनाएको छ ।
गत आर्थिक वर्षको पुससम्म सरकारले आयात नियन्त्रणका लागि एलसीमा नगद मार्जिन लगायतका कडाइ गरेको थियो । आर्थिक वर्षको सुरुमा आयातमा कडाइ र त्यसपछि आर्थिक गतिविधि कमजोर हुँदा आयातमा संकुचित हुँदा गत आर्थिक वर्षमा आयातमा भएको संकुचनले मौद्रिक नीतिको लक्ष्यभन्दा धेरै विदेशी मुद्रा सञ्चित भएको हो ।
विप्रेषण आप्रवाह (रेमिट्यान्स) आयातमा आकर्षक वृद्धि भएको छ । राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष २०७९÷८० मा २१.२ प्रतिशतले वृद्धि हुँदै १२ खर्ब २० अर्ब ५६ लाख रूपैयाँ रेमिट्यान्स आयात भएको हो । अघिल्लो वर्ष विप्रेषण आप्रवाह ४.८ प्रतिशतले बढेको थियो ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२.१ प्रतिशतले वृद्धि भई ९ अर्ब ३३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २.२ प्रतिशतले बढेको थियो । समीक्षा वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४०.३ प्रतिशतलेवृद्धि भई ४९७,७०४ पुगेको छ । अघिल्लो वर्ष यस्तो संख्या ३९२.० प्रतिशतले बढेको थियो। त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा वर्षमा १.८ प्रतिशतले कमी आई २७७,२७२ पुगेको छ ।
अघिल्लो वर्ष यस्तो संख्या १९८.५ प्रतिशतले बढेको थियो । समीक्षा वर्षमा खुद ट्रान्सफर २०.६ प्रतिशतले वृद्धि भई १३ खर्ब ४८ अर्ब ४८ करोड रूपैयाँ पुगेको केन्द्रीय बैंकले जनाएको छ । अघिल्लो वर्ष यस्तो ट्रान्सफर ४.३ प्रतिशतले बढेको थियो । यस्तै नेपाल सरकारले तिर्न बाँकी कुल ऋण २२ खर्ब १८ अर्ब ५४ करोड रूपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले २०८० असार मसान्तसम्म नेपालले तिर्न बाँकी ऋण २२ खर्ब १८ अर्ब ५४ करोड रुपैयाँ पुगेको जनाएको हो । अर्थात् प्रत्येक नेपालीको भागमा ७६ हजार ६९ रुपैयाँभन्दा बढी ऋण परेको छ ।
तिर्न बाँकी ऋणमध्ये बाह्य ऋण १० खर्ब ९३ अर्ब ३५ करोड रूपैयाँ र आन्तरिक ऋण ११ खर्ब २५ अर्ब १९ करोड रूपैयाँ रहेको छ । आर्थिक वर्ष २०७९-०८० मा कुल सार्वजनिक ऋणको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ४१.२ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यस्तो अनुपात ४०.७ प्रतिशत रहेको थियो । राष्ट्र बैंकका अनुसार नेपालले तिर्न बाँकी कुल ऋण आर्थिक वर्ष २०७७-७८ मा १७ खर्ब ३५ अर्ब दुई करोड रुपैयाँ र २०७८÷७९ मा २० खर्ब १० अर्ब १३ करोड रुपैयाँ रहेको थियो ।
आर्थिक वर्ष २०७९-८० मा नेपाल सरकारले दुई खर्ब ५६ अर्ब रूपैयाँ आन्तरिक ऋण परिचालन गरेको छ भने एक खर्ब १५ अर्ब ९ करोड रूपैयाँ साँवा भुक्तानी गरेको छ । यसर्थ, यस अवधिमा एक खर्ब ४० अर्ब ९० करोड रूपैयाँ खुद आन्तरिक ऋण परिचालन भएको छ । यो रकम कुल गार्हस्थ्य उत्पादनको २.६ प्रतिशत हुन आउँछ । यस अवधिमा सरकारले एक खर्ब दुई अर्ब १२ करोड रूपैयाँ बाह्य ऋण परिचालन गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
मंसिर १९, २०८१ बुधबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १८, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १७, २०८१ सोमबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा ‘छापामार’ शैलीको हस्ताक्षर
मंसिर १९, २०८१ बुधबार
विवाहपञ्चमी महामहोत्सवको चौथो दिन तिलकोत्सव विधि सम्पन्न
मंसिर १९, २०८१ बुधबार
‘विद्यालय शिक्षा ऐन ल्याउन जरूरी छ’
मंसिर १९, २०८१ बुधबार
कीर्तिपुरको परिणामले कांग्रेस सुदृढ हुँदैछ भन्ने सन्देश दिएको छ: प्रकाशमान सिंह
मंसिर १९, २०८१ बुधबार
प्रधानमन्त्रीबाट सङ्ग्रहालयको अवलोकन
मंसिर १९, २०८१ बुधबार
नुवाकोटबाट लागूऔषधसहित दुई जना पक्राउ
मंसिर १९, २०८१ बुधबार