प्रस्तावित प्रन्या श्रेष्ठलाई न्यायालयका विचौलिया हटाउनेदेखि रेशम चौधरीको आममाफीसम्मका प्रश्न
‘विचौलियालाई न्यायाधीशको ढोकाबाट हटाउन सक्नुहुन्छ ?’
नेपालबहस संवाददाता
भदौ ४, २०८० सोमबार १३:३६:२०
४ भदौ, काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश (प्रन्या) विश्वम्भर श्रेष्ठलाई संसदीय सुनुवाइ समितिमा सांसदहरूले प्रश्न सोध्ने क्रम जारी रहेको छ ।
श्रेष्ठले आफ्नो भावी कार्ययोजना प्रस्तुत गरेपछि कार्ययोजनामाथि समितिका सदस्य (सांसद)हरूले प्रश्न गरिरहेका छन् । सोध्ने क्रममा केही सांसदहरुले टिकापुर घटनामा दोषी ठहर भएका रेशमलाल चौधरीले राष्ट्रपतिबाट आममाफी पाएका विषयलाई समेत उठाएका छन् ।
सांसद रमेशजंग रायमाझीले न्यायालयभित्रका विचौलिया न्यायाधीशको ढाकामै किन पुग्छन् ? भनेर प्रश्न गरे । उनले अदालतको विचौलिया पहिचान भएको बताइए पनि पक्राउ किन नगरिएको भनेर श्रेष्ठलाई प्रश्न गरे । साथे उनले सर्वोच्च अदालतमा थन्किएर बसेका हजारौं मुद्दा वर्ष दिनभित्र फछ्र्यौट सक्नु हुन्छ कि हुँदैन ? भनेर सोधे ।
उनले रेशम चौधरीको आममाफी बदर हुन्छ कि हुँदैन भनेर सोधे । न्यायालयमा मुद्दको पेशी तोकिने तर सर्दे वर्षौं बित्ने अवस्थाको अन्त्यसम्बन्धी योजनाबारे पनि प्रश्न गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपन्याय परिषदद्वारा उच्च अदालतका १४ जना न्यायाधीशको सरुवा
असोज ११, २०८१ शुक्रबार
बाहिर नेपाल बारको धर्ना, भित्रबाट पाण्डे र निरौलालाई सर्वोच्चको न्यायाधीशमा सिफारिस
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार
खराब मौसमका कारण भोलि बिहानसम्म आन्तरिक सबै उडान स्थगित
असोज ११, २०८१ शुक्रबार
लेबनानमा रहेका नेपालीहरुलाई आफ्नो विवरण उपलब्ध गराउन सरकारको आग्रह
असोज ११, २०८१ शुक्रबार
कठिन समयमा जनसेवामा जुट्न कार्यकर्तालाई प्रचण्डको निर्देशन
असोज ११, २०८१ शुक्रबार
प्रधानसेनापतिले लिए लेबनान र सिरियामा रहेका नेपाली शान्ति सेनाको अवस्थाबारे जानकारी
असोज ११, २०८१ शुक्रबार