उपसभामुखले बिरामी परेको कलाविहीन नाटक गर्नुभो : नेता आङबो
नेपालबहस संवाददाता
भदौ ४, २०८० सोमबार १६:३४:१८
४ भदौ, काठमाडौं । कोशी प्रदेशसभाका सदस्य एवं नेकपा (माओवादी केन्द्र)को संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बो उपसभामुख सिर्जना दनुवारले बिरामी परेको कलाविहीन नाटक रचेको आरोप लगाएका छन् ।
सोमबार जारी कोशी प्रदेशसभाको बैठकमा मुख्यमन्त्री उद्वव थापाले पेस गरेका विश्वासको मत लिनेसम्बन्धी प्रस्तावमाथि दलको तर्फबाट धारणा राख्दै नेता आङबोले उपसभामुख दनुवार आफैंले बैठक बोलाएर बिरामीको नाटक गरेर अनुपस्थित रहेको आरोप लगाए ।
मुख्यमन्त्री थापालाइ विश्वासकाे मत पुग्नबाट राेक्न दनुवारले ९ जना सदस्यकाे बिदा स्वीकृत गरेर गलत परम्पराकाे सुरूवात गरेकाे उनले बताए ।
मुख्यमन्त्री थापाले विश्वासको मत पाउन ४७ सांसदको समर्थन चाहिन्छ । थापाको पक्षमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका गरी ४७ सांसद उभिएका छन् । सभामुख पद रिक्त र उपसभामुख अनुपस्थित रहेपछि सभाका अध्यक्ष मण्डलका सदस्य कांग्रेसका स्माइल मन्सुरीले बैठक संचालन गरिरहेका छन् ।
एमालेले भने बैठकमा उपसभामुख दनुवार स्वास्थ्योपचारका लागि काठमाडौं गएको र त्यसमा असहष्णु टिप्पणी गर्नु राजनीतिक संस्कार नभएको बताए ।
९३ सदस्यीय रहेकाे प्रदेशसभामा एमालेसँग ४० (उपसभामुखसहित) र राप्रपासँग ६ गरी ४६ मत छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
घरेलु हिंसासम्बन्धी अधिकांश उजुरी अदातलसम्म नपुगी समाधान
मंसिर १२, २०८१ बुधबार
‘विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार