नेपाली वेब सिरिज 'ब्रह्माण्ड'को टिजर सार्वजनिक
नेपालबहस संवाददाता
भदौ ६, २०८० बुधबार १२:१८:११
६ भदौ, काठमाडौं । कान्तिपुर फिल्म एकेडेमी र टोपी स्टुडियोजको संयुक्त निर्माण रहेको नेपाली वेब सिरिज 'ब्रह्माण्ड'को टिजर सार्वजनिक भएको छ ।
टिजर नेपाली, अंग्रेजी र हिन्दी गरि तीन भाषामा सार्वजनिक गरिएको छ । ओटीटी प्लेटफर्मको लागि आवस्यक अन्तर्राष्ट्रिय मापदण्ड पुरा गर्दै यो सिरिज बनाइएको निर्माण पक्षले जनाएको छ ।
एकेडेमीले सिरिज निर्माणको थालनी गरेसँगै नेपालको अहिले सम्म कै ह्याभी वेट सिरिज भनेर चर्चा समेत हुन थालेको छ ।
आठ भागमा निर्माण भएको यो ब्रह्माण्ड सिरिजको प्रत्येक भाग एकएक घण्टाको हुने छ । रियाज नाटक्कार यसका निर्देशक हुन् भने सागरराज आचार्य कार्यकारी निर्माता हुन् । एकेडेमीका सिईओ प्रकाश पुरी सिरिजका क्रिएटिव प्रोड्यूसर हुन् ।
पुरुषोत्तम प्रधानको सिनेम्याटोग्राफी रहेको सिरिजमा अर्पण थापा, सुनिल थापा, भोलाराज सापकोटा, निशा अधिकारीसँगै राजन खतिवडा, सरिता गिरी, माओत्से गुरुङ, सुरज विष्ट, सुप्रज्ञा शर्मा र सञ्जय ढुङ्गानाको पनि अभिनय रहेको छ । सिरिजबाट सुप्रज्ञा र सञ्जयले डेब्यु गर्दैछन् ।
सार्वजनिक टिजर हेर्दा विश्व बजारमा दर्शकहरूको फिल्मको टेस्ट र नेपाली फिल्मको नयाँ दर्शक खोज्ने बहस चलिरहेको बेलामा कान्तिपुर फिल्म एकेडेमीले सुरुवात गरेको यो पहल यदि सफल भएमा नेपाली फिल्म र फिल्म मेकरको लागि यो नयाँ बजार र दर्शक बनाउने अवसर हुने सम्भावना रहेको छ ।
यस्तै, केही समय अघि एकेडेमीले ‘मिस स्कार्लेट’ नामक साइको थ्रीलरे सिरिजको टिजर सार्वजनिक गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदेशभर सञ्चालित चलचित्र भवनको सूची सार्वजनिक
मंसिर १९, २०८१ बुधबार
पुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
पाल्पामा सुन्तला महोत्सव हुँदै
मंसिर २०, २०८१ बिहिबार
जनकपुर बोल्ट्सविरुद्ध पहिले ब्याटिङ गर्दै पोखरा एभेन्जर्स
मंसिर २०, २०८१ बिहिबार
चीन भ्रमण पुरा गरी प्रधानमन्त्री ओली बेइजिङबाट काठमाडौंका लागि प्रस्थान
मंसिर २०, २०८१ बिहिबार
रामेछापको सुन्तलाले बजार पाएन
मंसिर २०, २०८१ बिहिबार
बागेश्वरी मोटरमार्ग दश दिन बन्द रहने
मंसिर २०, २०८१ बिहिबार
झापामा धानको समर्थन मूल्य तोकियो, खाद्य कम्पनी ५० हजार क्विन्टल धान खरिद गर्दै
मंसिर २०, २०८१ बिहिबार