लक्की फिल्मी अवार्डमा कलाकारसहित उत्कृष्ट काम गरेकाहरू पनि सम्मानित हुने
नेपालबहस संवाददाता
भदौ ७, २०८० बिहिबार १४:१३:२७
७ भदौ, चितवन । लक्की फिल्मी अवार्डको तयारी तीव्र बनेको छ । लक्की मिडिया हाउसले असोज पहिलो साता हुने अवार्ड कार्यक्रमका लागि कलाकारसँग अन्तर्क्रिया, भेटघाटका गतिविधि हुँदै आएका छन् ।
दुई दर्जन कलाकारलाई विभिन्न विधामा अवार्ड दिने तयारी भइरहेको छ । अवार्ड वितरण कार्यक्रममा समाजमा उत्कृष्ट प्रशंसनीय काम गरेका व्यक्तिलाई समेत सम्मान गरिने लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की लक्कीले बताए । मोफसलमा रहेर पनि सक्रिय पत्रकारिता गरेका पत्रकार, स्वास्थ क्षेत्रमा योगदान पुर्याएका चिकित्सक, शिक्षा क्षेत्रमा योगदान गरेका शिक्षकलाई पनि सम्मान गरिने बताए ।
यस्तै चितवनको खेल जगतमा योगदान गरेका खेलाडी, उद्यमशिलता-रोजगारी प्रवर्द्धन गर्न योगदान गरेका व्यवसायीलाई सम्मान गरिनेछ । कार्कीले सिने क्षेत्रलाई स्वस्थ प्रतिस्पर्धाको वातावरण बनाउन गुणस्तरीय सिनेमा निर्माणका लागि अवार्ड कार्यक्रमले सघाउने बताए । कलाकारको योगदानको कदर गर्नुपर्नेमा जोड दिए ।
अवार्ड वितरणका लागि नोमिनेसनको काम हुन थालेको छ। अवार्ड छनौटका लागि जूरी टिमले कार्यविधि बनाएर काम गर्न थालेको बताए । हल सञ्चालक सम्मान , चलचित्र बितरक सम्मान, समाजसेवी सम्मान जस्ता कार्यक्रमहरु पनि हुने बताए ।२०७१ सालमा स्थापना भएको लक्की मिडिया हाउसले चितवनबाट सिनेमा बजारको प्रचार, प्रवर्द्धनका काम तथा इभेन्टसहरु गर्दै आइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदेशभर सञ्चालित चलचित्र भवनको सूची सार्वजनिक
मंसिर १९, २०८१ बुधबार
पुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
वीरगञ्ज भन्सारबाट निर्यात वृद्धि
मंसिर २०, २०८१ बिहिबार
उदयपुरमा आगलागी, पाँच लाखको क्षति
मंसिर २०, २०८१ बिहिबार
पाल्पामा सुन्तला महोत्सव हुँदै
मंसिर २०, २०८१ बिहिबार
जनकपुर बोल्ट्सविरुद्ध पहिले ब्याटिङ गर्दै पोखरा एभेन्जर्स
मंसिर २०, २०८१ बिहिबार
चीन भ्रमण पुरा गरी प्रधानमन्त्री ओली बेइजिङबाट काठमाडौंका लागि प्रस्थान
मंसिर २०, २०८१ बिहिबार
रामेछापको सुन्तलाले बजार पाएन
मंसिर २०, २०८१ बिहिबार