जुम्लामा जीप दुर्घटना : चालक र सहचालकको घटनास्थलमै मृत्यु
नेपालबहस संवाददाता
भदौ १७, २०८० आइतबार ११:२२:७
७ भदौ, काठमाडौं । जुम्लामा भएको जीप दुर्घटनामा चालक र सहचालकको मृत्यु भएको छ। जुम्लाबाट बिहान करिब सवा ७ बजे मुगुका लागि छुटेको भे १ ज १०९९ नम्बरको जीप जुम्लाको कनकासुन्दरी गाउँपालिका–४ स्थित छलपुनेरानजिक आज बिहान दुर्घटना भएको थियो ।
मृतक दुवै जनाको पहिचान खुल्न नसकेको डीएसपी प्रल्हाद कार्कीले जानकारी दिएका छन् । जीप सडकबाट अन्दाजी ३ सय ५० मिटर तल खसेको थियो । जीपमा दुई जना मात्र सवार रहेको पाइएको प्रहरीको भनाइ छ । मृतक दुवै जनाकाे परिचय खुल्न बाँकी रहेकाे जनाइएकाे छ ।
यस्तै, आजै बिहान ७ बजेतिर काठमाडौंको पेप्सीकोलामा बस र जीप ठोक्किएर बस पल्टिएर मोटरसाइकल र स्कुटर कुल्चिँदा मोटरसाइकलमा सवार राज भट्टराईको उपचारका क्रममा मृत्यु भएको छ । स्कुटरमा सवार २ महिला र मोटरसाइकलमा चालकसहित जीपका गरी १३ जना घाइतेको अस्पतालमा उपचार भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवीरगञ्जबाट काठमाडौं हिँडेको कन्टेनर चुरियामाई उकालोमा पल्टियो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध
मंसिर १३, २०८१ बिहिबार
गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कु्टरमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते
मंसिर १३, २०८१ बिहिबार
झापामा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
पेरुको मरुभूमिमा भेटियो एक करोड २० लाख वर्ष पुरानो गोहीको अवशेष
मंसिर १३, २०८१ बिहिबार
स्वर्णलक्ष्मी सहकारीको १ अर्ब ११ करोड ठगी, बयान लिन रविलाई आज साँझ काठमाडौं ल्याइँदै
मंसिर १३, २०८१ बिहिबार
कलिला बालबालिका चिसोमा छानोमुनि पढ्न बाध्य
मंसिर १३, २०८१ बिहिबार
संघीय सरकारले वित्तीय समानीकरण अनुदान बजेट नपठाएको भन्दै लुम्बिनीले उठायो प्रश्न ?
मंसिर १३, २०८१ बिहिबार
नेपाली विद्यार्थीका लागि असहज बन्दै बेलायत, कोठा र काम पाउनै सकस !
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार