चर्चित गीत ‘नरोउ माया सम्झेर मलाई’ राधाकृष्ण भर्सनमा रिलिज
नेपालबहस संवाददाता
भदौ २०, २०८० बुधबार ११:५:२९
२० भदौ, काठमाडौं । वि.सं. २०४० सालमा रिलिज भई बहुचर्चित बनेको लोक गीत ‘नरोउ माया सम्झेर मलाई’ कृष्ण भजन गीतको रुपमा भिडियोसहित ‘नरोउ राधा सम्झेर मलाई’ शीर्षकमा रिलिज भएको छ । श्रीकृष्ण जन्माष्टमीको पूर्वसन्ध्यामा मंगलबार इन्टरनेटमार्फत यो गीत सार्वजनिक गरिएको हो ।
ओरिजिनल गीतका गायक हरिबहादुर राउतले नै भजन भर्सनमा स्वर दिएका छन् । पुरानो गीतमा युगल स्वर थिएन भने नयाँ गीतमा राउत र गायिका कोपिला तामांग वाईवाले युगल स्वर दिएका छन् । यस गीतका शब्द संकलक तथा संगीतकार माधव केसी हुन् । नयाँ गीतमा प्रकाश सापकोटा र विदुर तिमल्सिनाले शब्द रचना गरेका छन् ।
भिडियोमा अभिषेक श्रेष्ठ र संगम विष्टले अभिनय गरेका छन् । श्रेष्ठ कृष्ण बनेका छन् भने विष्ट राधा बनेकी छन् । संगम वि.सं. २०७१ सालमा सौगात विष्टले सबैभन्दा कान्छो निर्देशकको रुपमा ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ राख्न सफल चलचित्र ‘लभ यू बाबा’बाट उत्कृष्ट अभिनेत्रीको राष्ट्रिय अवार्ड प्राप्त गरेकी थिइन् । उनले सो चलचित्रमा बालकलाकारको रूपमा काम गरेकी थिइन् । उनले बालकलाकारको रुपमा अपहरण, जय शिव शंकर, श्रीमान, वरदान लगायतका चलचित्रहरूमा काम गरेकी छन् । संगमले ‘नरोउ राधा सम्झेर मलाई’बाट नै कमर्सियल अभिनयमा प्रवेश गरेकी हुन् ।
हरिबहादुर राउत र गोल्डेल हार्ट पिक्चर्सको संयुक्त प्रस्तुतिमा निर्माण भएको यस गीतको भिडियोलाई गम्भीर विष्टले निर्देशन गरेका छन् । छायाँकार दिनेश पराजुलीको रहेको छ भने प्रविन भट्टले सम्पादन गरेका छन् ।
पहिले नै चर्चित बनेको लोकगीतलाई भजन भर्सनमा ल्याएर भक्तिभावमा दर्शकश्रोताबीचमा गीतको फरक स्वाद दिने प्रयास गरेको गायक राउतले बताए । “पुराना पुस्ताले अत्यधिक रुचाएको लयलाई नयाँ र आध्यात्मिक शब्दमा पुनस्स्वरांकन गर्दा श्रोताले गीत संगीतको नयाँ अनुभूति लिनेछ भन्ने विश्वास लिएको छु”, राउतले भने । पछिल्लो समय उत्कृष्ट भिडियोबीना गीत अपूरो हुने भएको कारण यसको भिडियोलाई पनि निकै मेहनतले बनाएको उनले बताए ।
गीतकार प्रकाश सापकोटाले यो भजन पनि माया प्रेममा नै आधारित रहेको बताए । उनले भने, “हामीले सदिऔँदेखि कृष्ण र राधाको प्रेमचर्चा सुन्दै आएका छौँ । त्यही प्रसंगलाई चर्चित गीतको लयमार्फत आम मानिसमा पुऱ्याउने उद्देश्यले बिदुरजी र मैले मिलेर रचना गरेका हौँ ।” सापकोटाले यो भजन भर्सन सबैले सुन्दा आनन्द आउने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफिल्म ‘दान्भी’को पहिलो गीत ‘मायामा पूजा र कुन्साङको रोमान्स
जेठ ६, २०८१ आइतबार
'पुजार सार्की'को तेस्रो गीत 'जाऊँ माया' सार्वजनिक
जेठ १, २०८१ मंगलबार
नयाँ पुस्ता लक्षित शास्त्रीय संगीत उत्सव
बैशाख ३१, २०८१ सोमबार
अवैध नदीजन्य पदार्थ ओसारपसार गरिरहेका टिपर स्थानीयको नियन्त्रणमा
जेठ १०, २०८१ बिहिबार
यस्तो छ सहकारीको शिर, दलीय वर्चश्वमा एमाले !
जेठ १०, २०८१ बिहिबार
सीता एयरको जहाजमा ठोक्किएर घाइते भएका भामलाई नेपालगञ्ज लगियो
जेठ १०, २०८१ बिहिबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ ११, २०८१ शुक्रबार
प्रतिनिधिसभाको बैठकबाट आज नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची
जेठ ११, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ११, २०८१ शुक्रबार
पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु , तीनजनाको उद्धार
जेठ १०, २०८१ बिहिबार
‘आलुचिप्स’ का लागि उपयोगी हुने आलु खेती गरिँदै
जेठ १०, २०८१ बिहिबार
सार्वभौमिक समानताका आधारमा द्विपक्षीय सम्बन्ध : उपप्रधानमन्त्री श्रेष्ठ
जेठ १०, २०८१ बिहिबार