संघीय निजामती सेवा विधेयक चाँडै संसदबाट पास हुन्छ ः सामान्य प्रशासन मन्त्री
नेपालबहस संवाददाता
भदौ २२, २०८० शुक्रबार १२:९:१७
२२ भदौ, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीले संघीय निजामती कर्मचारीसम्बन्धी विधेयक चाँडै संसदबाट पारित हुने विश्वास व्यक्ति गरेकी छन् ।
निजामती सेवा दिवासको अवसरमा शुक्रबार सिंहदरबारमा आयोजित कार्यक्रममा मन्त्री देवीले संघीय निजामती सेवा ऐनको भूमिका महत्त्वपूर्ण हुने बताइन् । उनले विधेयक छिट्टै नै दफावार छलफलका लागि संघीय संसद पेस हुने बताइन् ।
कार्यक्रममा प्राविधिक कारणले संघीय निजामती सेवा ऐन आउन ढिलाइ भएको बताउँदै ऐनसम्बन्धी विधेयक चाँडै संसदमा पेस भएर पारित हुने उनले बताइन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्तसम्बन्धी विधेयक, २०८०’लाई संसदमा पेस गर्ने निर्णय गरिसकेको छ ।
उनले संघीय निजामती सेवा ऐन लागू भइसकेपछि संघीय निजामती सेवा मात्र नभई प्रदेश र स्थानीय तहसम्मको धेरै अन्यौलता पनि अन्त्य हुने दाबी गरिन् । ऐन आएपछि राज्यका प्रशासन प्रणाली थप मजबुत बनाउन महत्वपूर्ण सहयोग पुग्ने जिकिर गरिन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप१२ उपसचिवको सरुवा (सूचीसहित)
मंसिर १३, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार