सुरू भयो ६ दिने नाडा अटो शो
नेपालबहस संवाददाता
भदौ २६, २०८० मंगलबार १५:५१:४७
२६ भदौ, काठमाडौं । मोटर डिलर्स एवं व्यवसायीहरुको छाता संगठन नाडाकाे ‘नाडा अटो शो–२०२३’ भृकुटीमण्डपमा सुरू भएको छ । शोको उद्घाटन मंगलबार अर्थमन्त्री डा. प्रकाशशरण महतले गरेका छन् ।
उद्घाटनपछि अर्थमन्त्री डा. महतले मुलुककाे अर्थतन्त्रमा देखिएकाे समस्या समाधान हुँदै गएको र हरेक उद्यमी र व्यवसायीको हितमा सरकार काम गरिरहेको बताए । नीतिगत सुधार गरेर उत्पादन र व्यवसायलाई विस्तार गर्ने योजना बनाइरहेको बताए ।
नाडा शो तीन वर्षपछि यो वर्ष आयोजना गरिएको अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष धुब्र थापाले बताए । गत वर्ष सरकारले आयातमा प्रतिबन्ध लगाउँदा नाडा इभी एक्स्पो मात्रै गरिएको उनले बताए । थापाले हायर पर्चेज कर्जा सहज तुल्याउन सरकारसँग आग्रह गरे । शो अर्थात प्रदर्शनमा दुई पांग्रेसँगै चार पांग्रे, इन्जिन आयल, ब्याट्री र पार्टस राखिएको छ ।
समारोहमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले सरकारले निजी क्षेत्रका सुझाव कहिल्यै नसुनेको र सधैं माग राखेको मात्र सोच देखाएको आरोप लगाए ।
नेपाल चेम्बर्स अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले अर्थतन्त्र चलायमान बनाउन शोले सहयोग पुग्ने धारणा राखे । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेन्द्र अग्रवालले अटो व्यवसायमा लगानी निजी क्षेत्रको मनोबल घटेको बताउँदै मनोबल उकास्ने गरी नीति बनाउन सुझाव दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभृकुटीमण्डपमा भोलीदेखि १७ औं नेपाल र चीन तिव्वत व्यापार मेला
बैशाख १६, २०८१ आइतबार
हेमजामा सञ्चालन भएको आलु महोत्सव सकियो
बैशाख ६, २०८१ बिहिबार
नयाँ वर्षको पूर्वसन्ध्यामा ठमेलमा ‘सडक महोत्सव’ हुने
चैत २८, २०८० बुधबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
नबिल बैंकबाट चोरिएको रकमसहित भारतको मोतीहारीबाट ३ जना पक्राउ
नेपालबहस संवाददाता
बैशाख २०, २०८१ बिहिबार
प्रधानमन्त्रीका कुरा सुन्दा ‘कि सत्ता समीकरण फेरिन्छ, कि अध्यादेशबाट बजेट आउँछ’
बैशाख २२, २०८१ शनिबार
गृहमन्त्रीको राजीनामा हाम्रो माग होइन, संसद चल्न संसदीय छानबिन समिति बन्नुपर्छः कोइराला
बैशाख २२, २०८१ शनिबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
बैशाख २२, २०८१ शनिबार
डीभीको नतिजा सार्वजनिक, कसरी हेर्ने नतिजा ?
बैशाख २२, २०८१ शनिबार
मकवानपुरमा कम्प्याक्टर दुर्घटना हुँदा एक जनाको निधन
बैशाख २२, २०८१ शनिबार
ओली–नेपालबीच दूरी बढ्यो, सुदुरपश्चिम प्रदेश सरकारको भविष्य अन्यौलमा
बैशाख २२, २०८१ शनिबार
वैशाख २४ गते बागमती प्रदेशमा सार्वजनिक विदा
बैशाख २२, २०८१ शनिबार
एक ढिक्का भएर पार्टीलाई बलियो बनाऔँ: नेता कोइराला
बैशाख २२, २०८१ शनिबार
कांग्रेस उपसभापति गुरुङद्वारा अग्नि प्रभावित क्षेत्र निरीक्षण
बैशाख २२, २०८१ शनिबार