कैलालीमा तीजमा पनि बिकेन सुन, व्यवसायी चिन्तामा
नेपालबहस संवाददाता
भदौ २७, २०८० बुधबार १३:२४:५८
२७ भदौ, टीकापुर 'कैलाली' । हिन्दू महिलाको पर्व तीज आउन अब केही दिन मात्र बाँकी रहँदा गाउँघरमा तीजको रौनकता छाइसकेको छ । गाउँघरमा दिदी बहिनी जम्मा हुने र दर खाएर नाचगान गर्ने क्रम जारी छ । तीज नजिकिएपछि महिला आवश्यक लुगा कपडा र गरगहनाको जोहो गर्न थालेका छन् । विगतमा गहनामा धेरै रुचि राख्ने महिला पछिल्ला केही वर्ष यता गहनामा कम रुचि राख्न थालेका छन् ।
आर्थिक अभाव र सुनको मूल्य उच्च भएपछि नयाँ गहना खरिद गर्न नसकेको कतिपय महिलाको भनाइ छ । हरेक वर्ष तीजमा नयाँ गहना किन्ने कैलालीकी रिता शर्माले यस वर्ष पुराना गहना नै लगाउने तयारी गरेको सुनाइन् । “विगतमा तीजमा एउटा नयाँ गहना किन्ने गर्थे”, उनले भनिन, “सुनको मूल्य धेरै बढेकाले किन्न सकिएन । पछिल्ला वर्ष व्यापार खासै नचलेकाले आर्थिक समस्या पनि छ ।”
विगतका वर्षमा तीजका लागि भनेर महिनौँदिनअघिदेखि सुनचाँदी पसलमा गरगहना खरिद गर्नेको निकै भीड लाग्ने गरेकामा यस वर्ष कारोबार न्यून मात्र भएको कैलालीका सुनचाँदी आभूषण सङ्घका अध्यक्ष देवबहादुर सुनारले बताए । उनका अनुसार तीजको रौनकता भित्रिसक्दा पनि सुनको कारोबार भएको छैन ।
“पहिला तीज भनेपछि महिला पसलमा पालो कुरेर गहना बनाउँथ्ये, नयाँ गहना खरिद गर्नेको पनि भीड हुने गथ्र्यो”, सुनारले भने, “गत वर्षबाट कारोबार खासै भएको छैन । अहिले सुनचाँदी व्यवसायी विस्थापित हुने चिन्ता बढेको छ ।” बजारमा महिलाहरूको चहलपहल बाक्लिए पनि सुनचाँदी व्यवसायीलाई हर्षित बनाउन नसकेको उनको भनाइ थियो ।
यतिबेला सुनचाँदी पसलमा गहना किन्नेभन्दा आफूसँग भएका पुराना गहना मर्मत गरी लगाउनेको सङ्ख्या बढी रहेको सालुन सुनचाँदी पसलका सञ्चालक नारायण साहुले बताए । आर्थिक अभाव, कोरोनाका समयमा काम नहुँदा भोगेका समस्या, सुनको मूल्यमा वृद्धिलगायत कारणले सेवाग्राहीले नयाँ भन्दा पुराना गहना मर्मत गरी लगाउन थालेका उनको भनाइ थियो । “हामी व्यवसायीले पनि महँगो भएका कारण धेरै सुन किन्नसक्ने अवस्था छैन”, साहुले भने, “उपभोक्तासँग रकम भए पो कारोबार चल्छ । सायद नभएर नै होला व्यापार छैन ।”
विगतका वर्षमा तीजलाई लक्षित गरी सुनचाँदीको राम्रो कारोबार गरेकामा यस वर्ष करोबार ठप्प भएको देउती सुनचाँदी पसलका सञ्चालक केशवकुमार खातीले बताए। “नेपालमा देखिएको कोराना महामारी पश्चात आर्थिक अभाव भएको छ । त्यसको असर सुनचाँदी व्यवसायमा पनि परेको छ”, उनले भने, “कारोबार भए पो व्यापारमा उत्साह हुन्छ । यही अवस्था आए सुनचाँदी व्यवसायी विस्थापित हुनुपर्ने अवस्था आउँछ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदार्चुला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन जटिल
पुष २४, २०८१ बुधबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
टीकापुर क्षेत्रमा चिसो बढेपछि दाउरा वितरण
पुष १९, २०८१ शुक्रबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
माघे संक्रान्तिका दिन सुनचाँदी दुवैको मूल्य घट्यो
माघ १, २०८१ मंगलबार
नेपाल टेलिकमको बिलिङमा हुवावेलाई सर्वोच्चको आदेशबाटै प्रतिबन्ध
माघ १, २०८१ मंगलबार
सरकारविरुद्ध रणनीति बनाउन सिंहदरबारमा विपक्षी दलको संयुक्त बैठक
माघ २, २०८१ बुधबार
भारतको केरलामा दलित किशोरीमाथि ५ वर्षदेखि ६२ जनाले गरे बलात्कार, ४४ पक्राउ
माघ २, २०८१ बुधबार
वारागुङ र देवघाट गाउँपालिकाबीच भगिनी सम्बन्ध
माघ २, २०८१ बुधबार
दिक्तेल रुपाकोट मझुवागढीमा ‘कृषकसँग उपप्रमुख कार्यक्रम’
माघ २, २०८१ बुधबार
कर्णालीमा उत्पादित महको बजारीकरण गर्न प्रदर्शनी मेला
माघ २, २०८१ बुधबार