जुटखेती हुन छाडेपछि प्लास्टिक डोरीकै भरमा किसान
नेपालबहस संवाददाता
भदौ २७, २०८० बुधबार १५:१३:१२
२७ भदौ, कञ्चनपुर । कञ्चनपुरमा जुटखेती गर्ने किसान बर्सेनि घटदै जान थालेका छन् । जुटको विकल्पका रुपमा प्लास्टिका डोरीको प्रयोग हुन थालेपछि जुट खेती गर्न किसानले छाड्दै जान थालेका हुन ।“विगतमा प्रत्येक किसानले घरमा पालिएका चौपायका आधारमा एकदेखि तीनकठ्ठा खेतमा जुटखेती अनिवार्य जस्तै गर्दै आएका थिए” कृष्णपुर नगरपालिका–५ का किसान रामकृष्ण चौधरीले भने, “हाल बजारमा प्लास्टिका डोरी सहज रुपमा पाउन थालेपछि जुट खेती गर्न किसानले छाडेका छन् ।”
खेतमा रोपेको जुट काटेर पानीमा कुहाने, कुहिएर गन्हाएको जुटका धर्सा निकाल्ने, पानीमा सफा गरेर सुकाउने र डोरी बनाउनुपर्ने झन्झट युवाले गर्न नमान्ने भएकाले पनि यसको खेती हुन छाडको उनको भनाइ रहेको छ । जुट कुहाउन प्रयोग हुने तालतलैया, खोला, सार्वजनिक पोखरी मासिँदै गएकाले पनि किसानलाई समस्या भएको छ ।
घरमा रहेका चौपायालाई रोडमा लगेर छाडा छाड्ने कार्यले पनि विगतको जस्तो डोरीको अभाव नखड्किँदा जुट खेती हुन छाडेको शुक्लाफाँटा नगरपालिका– ३ का किसान भीमबहादुर डगौराले बताए ।“विगतमा बजारबाट आज जस्तो डोरी खरिद गरेर ल्याउनुपर्ने झन्झट थिएन” उनले भने, “सबैका खेतमा जुटखेती हुन्थ्यो, खेती लगाएर फुर्सदिला भएकाले डोरी बनाउने गर्दथे, वर्षभरिका लागि चौपाया बाध्न, घाँस बोक्न र अन्य घरायसी प्रयोजनका लागि डोरी बनाइथ्यो, आत्मर्निभर थियौँ, हाल डोरीका लागि पनि परनिर्भर भएका छौँ ।”
जुट खेतीलाई प्रोत्साहित नगरिँदा किसानले लगाउन छाड्दै गएको उहाँको बुझाइ रहेको छ । यहाँका किसानले परम्परागत रुपमा गर्दै आएको जुटखेतीलाई व्यवसायीकरण नगरिँदा किसानको आकर्षण घटदै गएको किसान बताउछन् । बुढापाकाले डोरी बाट्ने कार्य गर्दै आए पनि त्यो सीप युवाहरुले ग्रहण नगर्दा जुट खेतीनै ओझेलमा परेको असैनाका किसान सुग्रिव राना बताउछन् ।
कृषि ज्ञान केन्द्र कञ्चनपुरका निमित्त कार्यालय प्रमुख हरिदत्त जोशी कैलाली कञ्चनपुरमा हाल किसानले जुट खेती गर्न छाडेकाले प्रोत्साहनका कुनै पनि कार्यक्रम नरहेको बताउछन् ।“जुट खेतीका लागि किसानबाट प्रोत्साहन गर्ने अनुदानका कार्यक्रमका लागि माग आएको छैन” उनले भने, “किसानबाट माग आए त्यसका लागि पनि कार्यक्रम बनाउछौँ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमौरीपालनतर्फ किसानको आकर्षण बढ्दो
बैशाख २६, २०८१ बुधबार
शिक्षण छाडेर पशुपालनमा रमाइरहेका गोपाल
बैशाख २६, २०८१ बुधबार
भैँसी पाल्ने किसानलाई पचास हजार दिने
बैशाख २६, २०८१ बुधबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
एकसाता अघि कलंकीबाट हराएकी स्नेह पशुपतिमा भेटिइन्
बैशाख २६, २०८१ बुधबार
३ अर्बको ऋणपत्र निष्कासन गर्दै नबिल बैंक, बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेण्ट बैंकिङ
बैशाख २६, २०८१ बुधबार
आगलागीमा जलेको नगद
बैशाख २७, २०८१ बिहिबार
कोशीमा हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाउने दाबी पेश हुँदै
बैशाख २७, २०८१ बिहिबार
खेल पर्यटन प्रवर्धन गर्न अन्तर्राष्ट्रिय ‘रक क्लाइमिङ’ प्रतियोगिता
बैशाख २७, २०८१ बिहिबार
अमेरिकाले रोक्यो इजरायलमा पठाउने शक्तिशाली बमको खेप
बैशाख २७, २०८१ बिहिबार
नयाँ सरकार गठन प्रक्रिया रोक्न माग गर्दै मुख्यमन्त्री कार्की आज सर्वोच्च जाने
बैशाख २७, २०८१ बिहिबार
समपूरक र विशेष अनुदानका लागि मधेस प्रदेशबाट प्रस्ताव परेन, क्रमागत आयोजनाले बजेट नपाउने
बैशाख २७, २०८१ बिहिबार