नेपालगञ्जमा अनिश्चितकालिन कर्फ्यु आदेश
नेपालबहस संवाददाता
असोज १६, २०८० मंगलबार १४:११:०
दीपककुमार शर्मा
१६ असाेज, बाँके । बाँकेमा सामाजिक सद्भाव बिथोलिन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय बाँकेले मंगलबार दिउसो १ बजेदेखि लागु हुने गरी नेपालगञ्ज बजारमा अनिश्चितकालिन कर्फ्युको जारी गरेको छ ।
स्थानिय प्रशासन ऐन, २०२८ को दफा ६ क १ ३ बमोजिम कफर्यु आदेश जारी गरिएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी एंव सूचना अधिकारी टोपेन्द्रबहादुर केसीले नेपाल बहसलाई जानकारी दिए ।
उनका अनुसार आदेशलाई उल्लघंन गर्नेलाई सुरक्षामा खटिएका सुरक्षाकर्मीले आवश्यकता अनुसार बल प्रयोग गरी कानून बमोजिम कारबाही समेत गर्न सक्नेछन । मंगलवार दिउसो १ बजेखेखि अनिश्चितकाल सम्मको लागी कर्फ्यु आदेश जारी गरिएको हो ।
कर्फ्यु पुर्वमा राप्ती नदिको पुल, पश्चिममा खजुरा रोडको इन्द्रपुर जाने बाटो , उत्तरमा राँझा चोक सम्म र दक्षिणमा जमुनाह नाका सम्म कफर्यु आदेश जारी गरिएको हो । कर्फ्यु अवधिभर ति नाका भित्र भेला हुने, सभा समारोह गर्न, जुलुस रयाली गर्न, हुल हुज्जत गर्न र हिडडुल गर्न समेत नपाइने बताइएको छ ।
नेपालगञ्जमा केहि दिन देखि धार्मिक सदभाव खलबलिने गरी भैरहेका क्रियाकलाप लाई स्थानिय प्रशासनले नजिकबाट नियालिरहेको थियो । आज बिहान ओमकार परिवार हिन्दु समाजले निकालेको रयालीको क्रममा विवाद उत्पन्न हुँदा नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा भएको सार्वजनिक सम्पत्ती तोडफोड, ढुगामुडा प्रहार, उच्र्छुखल गतिविधि लगायताका विरोध प्रदर्शनका कारण सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एंव शान्ति भंग हुन जाने सक्ने स्थिति देखिएकोले कर्फ्यु आदेश जारी गरिएको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
बहुविवाहका आरोपी दाङका पौडेल पुर्पक्षका लागि कारागार चलान
जेठ २, २०८१ बुधबार
कपिलवस्तुमा राष्ट्रिय एकता अभियानको सम्मेलन सम्पन्न
बैशाख ३१, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार