नेपाल वेयर हाउजिङ कम्पनीले कात्तिक १० गतेदेखि आईपीओ निष्कासन गर्ने
नेपालबहस संवाददाता
असोज २३, २०८० मंगलबार ११:२२:५९
२३ असोज, काठमाडौं । नेपाल वेयर हाउजिङ कम्पनी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि कात्तिक १० गतेदेखि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले सर्वसाधारणलाई छुट्याइएको कुल १३ लाख ७५ हजार कित्ता शेयरमध्ये १० प्रतिशतले हुने १ लाख ३७ हजार ५०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेकालाई बिक्री गर्न लागेको हो ।
यता, २७ हजार ५०० कित्ता सेयर कर्मचारीहरूका लागि र ६८ हजार ७५० कित्ता शेयर म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । बाँकी रहेको ११ लाख ४१ हजार २५० कित्ता शेयर भने सर्वसाधारणलाई बिक्री हुनेछ । पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आईपीओ बिक्री गरिसकेपछि मात्र सर्वसाधारणलाई खुला गरिने कम्पनीले जानकारी गराएको छ ।
वैदेशिक रोजगारीमा रहेकाले कात्तिक २४ गतेसम्म आवेदन दिन सक्नेछन् । प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । यसमा हिमालयन क्यापिटल बिक्री प्रबन्धक रहेको छ । गानीकर्ताले मेरो शेयरमार्फत अनलाइन आवेदन दिन सक्नेछन् । यस कम्पनीलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ लिमिटेडले वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको ‘आइआरएन डबल बी माइनस 'आइएस०’ रेटिङ दिएको छ ।
नेपाल वेयर हाउजिङ कम्पनीले व्यापारिक र औद्योगिक उद्देश्यका लागि अन्नको व्यापार गर्ने किसान, व्यापारी, मिलर र व्यापारीहरूको अन्न भण्डारण आवश्यकताहरु पुरा गर्दै आएको छ । कम्पनीले प्रदेश नम्बर १, मधेश प्रदेश र लुम्बिनी प्रदेशमा ५५ हजार मेट्रिक टन क्षमताका भण्डारण गृहहरु सञ्चालन गर्दै आएको जानकारी गराएको छ ।
कम्पनीको आन्तरिक प्रतिफल दर १५।१९५ रहेको छ । साधारण लगानी फिर्ता हुने अवधि ९।२९ वर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १३।६५ वर्ष रहेको छ । गत असार मसान्तसम्म यो कम्पनी प्रतिशेयर ८।८७ रुपैयाँ नोक्सानमा रहेको थियो भने चालु आर्थिक वर्षमा प्रतिशेयर ५।५२ रुपैयाँ आम्दानी गर्ने प्रक्षेपण रहेको छ । आगामी आर्थिक वर्षमा प्रतिशेयर आम्दानी १६।११ रुपैयाँ हुने प्रक्षेपण छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरिभर फल्स पावरको सभा आज बस्दै, के-के छन् एजेण्डा ?
बैशाख २०, २०८१ बिहिबार
क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले आईपीओ निष्काशन गर्ने
बैशाख १९, २०८१ बुधबार
पिपुल्स पावरको साधारणसभा आज, मुख्य एजेण्डा के हो ?
बैशाख १७, २०८१ सोमबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
नेपालबहस संवाददाता
बैशाख २७, २०८१ बिहिबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
नेपालबहस संवाददाता
बैशाख २६, २०८१ बुधबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
विनोद त्रिपाठी
बैशाख २७, २०८१ बिहिबार
पोखरा महानगरको छानबिनमा सूर्यदर्शन सहकारीबाट गृहमन्त्री लामिछानेले एक करोड लिएको पुष्टि
बैशाख २८, २०८१ शुक्रबार
संसदीय छानबिन समिति बनाइयो भने गृहमन्त्रीले राजीनामा दिनुपर्छ, सरकार ढल्न सक्छः ओली
बैशाख २८, २०८१ शुक्रबार
मोरङ प्रहरीले पक्राउ गर्यो ठूलो परिणाममा लागूऔषध गाँजा
बैशाख २७, २०८१ बिहिबार
प्रतिनिधि सभाको बैठक स्थगित, अब जेठ १ गते बस्ने
बैशाख २८, २०८१ शुक्रबार
प्राधिकरणलाई २१ करोड तिरेर टेलिकमले लियो लाइसेन्स
बैशाख २८, २०८१ शुक्रबार
कोशीमा अन्तरिम आदेश भएन, रिट पूर्ण इजलासमा जाने
बैशाख २८, २०८१ शुक्रबार
सरकारी संयन्त्रलाई वासिङ मेसिन जस्तो बनाएर प्रधानमन्त्रीले रविलाई कति दिन बोक्ने ?: कांग्रेस
बैशाख २८, २०८१ शुक्रबार
मकै पोलेर जीविका चलाउँदै सुकुम्बासी शिविरका महिला
बैशाख २८, २०८१ शुक्रबार
कांग्रेसको नाराबाजीपछि १५ मिनेटका संसद बैठक स्थगित
बैशाख २८, २०८१ शुक्रबार