आममाफी पाएका ढकालविरुद्धको रिटमा सुनुवाइ जारी
नेपालबहस संवाददाता
असोज २५, २०८० बिहिबार १२:५४:५९
२५ असोज, काठमाडौं । कर्तव्य ज्यान मुद्दाका अभियुक्त ‘रिगल’ भनिने योगराज ढकालको कैद माफीविरुद्धको रिट निवेदनमा सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ तथा न्यायाधीशहरु आनन्दमोहन भट्टराई र कुमार रेग्मीको पूर्ण इजलासमा सुरू भएकाे सुनुवाइ अहिले जारी छ ।
बाँके नेपालगन्ज उपमहानगरपालिका-८ का २९ वर्षीय चेतन मानन्धरको हत्यामा जिल्ला अदालतबाट सर्वस्वसहित जन्मकैद पाएर जेलमा रहेका रिगलले सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट यही असोज ३ मा बाँकी सजाय मिनाह पाएपछि त्यसविरुद्ध मानन्धर पत्नी भारती शेर्पा (मानन्धर)ले सर्वोच्चमा रिट निवेदन दायर गराएकी थिइन् ।
नेका तरुण दलका नेता समेत रहेका रिगल समेतको समूहले २०७२ असार २८ गते नेपालगन्जको सुर्खेत रोडस्थित धम्बोझी चोकनजिक नेपालगन्ज उपमहानगरपालिका–८ का २९ वर्षीय चेतन मानन्धरको खुँडाखुँडा प्रहार गरी ढकालको हत्या गरेको ठहर जिल्ला अदालतले गरेको थियो । मानन्धर हत्यापछि फरार भएका रिगलले घटनाको १ महिनापछि २०७२ भदौ ७ गते अदालतमा आत्मसमर्पण गरेका थिए ।
सर्वश्वसहित जन्मकैदको फैसलाअनुसार ढकाल २० वर्ष सजाय बस्नुपर्नेमा ५० प्रतिशत पनि कैद भुक्तान नगरी उनको कैद सजाय मिनाह गरिएको थियो । राम्रो चालचलन, आचरण देखाएका र तोकिएको कैद सजायमा पचास प्रतिशत भुक्तान गरिसकेका कैदीबन्दीलाई संविधान तथा गणतन्त्र दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिबाट कैद माफी दिने व्यवस्था संविधानमा रहेको छ ।
तर रिगललाई दिइएको आममाफी संविधानविपरीत रहेको भन्दै बदरका लागि शेर्पाले रिट दिएकी हुन् । सरकारले रिगलजस्तै व्यक्ति हत्यामा जेल सजाय काटिरहेका सय भन्दा बढीलाई आममाफी दिएको पाइएको छ । यसबाट सरकारको चर्को आलोचना भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसन्दीप लामिछाने निर्दोष ठहर, जिल्ला अदालतको फैसला उच्चले उल्टायो
जेठ २, २०८१ बुधबार
सन्दीपको मुद्दाको सुनुवाइ सकियो, फैसला आउँदै
जेठ २, २०८१ बुधबार
सन्दीपको मुद्दामा फैसला सुनाउन उच्च अदालत पाटनमा कडा सुरक्षा
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार