कोशीमा कांग्रेस किचलो : मुख्यमन्त्रीको अन्योल कायमै, कार्यसमिति बैठक निष्कर्षविहीन
नेपालबहस संवाददाता
असोज २६, २०८० शुक्रबार १८:२२:४३
२६ असोज, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला अनुपस्थित भएपछि नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक निष्कर्षविहीन भएको छ।
सभापति शेरबहादुर देउवाले शुक्रबार अपरान्ह ३ बजेका लागि धुम्बाराहीमा बैठक राखे पनि ढिलो गरी बैठक सुरू भएको थियो। बैठकमा कार्यसम्पादन समिति सदस्य कोइराला अनुपस्थित रहेपछि बैठक निष्कर्षविहीन भएको हो।
प्रचार विभाग प्रमुख मीन विश्वकर्माले कार्यसम्पादन समिति बैठक शनिबार पनि बस्ने जानकारी दिएका छन्। ‘बैठकमा आउँछु, आउँछु भन्दै शेखर कोइराला अनुपस्थित भएपछि भोलिका लागि बैठक सारिएको उनले बताए।
कोशी प्रदेशमा सत्ता गठबन्धनबाट माओवादीका इन्द्र आङ्बो र नेपाली कांग्रेसका ८ सांसदसहित एमालेका सांसदको समर्थनमा कांग्रेसका केदार कार्कीले मुख्यमन्त्री दाबी गरेका छन्। कांग्रेसका कार्की नेता शेखर कोइरालानिकट हुन्।
कोशी प्रदेशमा नयाँ सरकार गठनबारे ठोस निर्णय गर्न बसेको नेपाली कांग्रेस केन्द्रिय कार्यसमिति बैठक निष्कर्षविहीन भएको छ ।सभापति शेर बहादुर देउवाको निवास धुम्बाराहीमा बसेको बैठकले कुनै ठोस निर्णय नगरी भोली निरन्तरता दिने गरी सकिएको प्रवक्ता मीन विश्वकर्माले जानकारी दिए ।
उनले भने, ‘कोशीमा कांग्रेस फुटिहालेको अवस्था होइन । उहाँले अहिले असन्तुष्टि जाहेर गरिराख्नुभएको छ । सबै असन्तुष्टि विभाजनमा जान्छन् भन्ने छैन । यसलाई व्यवस्थापन गर्न सक्छौं भन्ने लागेको छ ।’ आजको बैठकमा शेखर कोइरालाको अनुपस्थितिलाई नेताहरुले संसयको रुपमा हेरेका छन् । ‘आज शेखर दाइको अनुपस्थितिलाई हामीले प्रतीक्षाको रुपमा लियौं । भोलि उहाँको उपस्थितिमा छलफल गर्छौं ।’ विश्वकर्माले भने । ’
विश्वकर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कांग्रेसले एकमतले निर्णय गरे इन्द्रलाई ब्याक गर्न तयार भए पनि शेखर बाधक बनेको बताए । नेता कोइरालालाई सभापति शेरबहादुर देउवाले कांग्रेसबाटै अर्को नाम प्रस्ताव गर्न भन्दा उनले केदार कार्कीलाई आफूले नै अघि सारेको भन्दै अरु विकल्पमा छलफल गर्न अस्वीकार गरेका थिए । आजै प्रदेश प्रमुखले मुख्यमन्त्री घोषणा गर्ने सम्भावना एकदमै कम रहेको कांग्रेसको निष्कर्ष छ । उनीसँग फेरि छलफल गर्ने र बैठक भोलिसम्म निरन्तर रहने विश्वकर्माले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंविधानअनुसारको अधिकार प्रदेशले पाउनुपर्छ : नेता निधि
कात्तिक १९, २०८१ सोमबार
१० बुँदे एजेण्डा बोकेर कांग्रेसका युवा नेताले मेची-महाकाली युवा संकल्प यात्रा गर्ने
कात्तिक १९, २०८१ सोमबार
मंगलबार अमेरिकामा राष्ट्रपतिको निर्वाचन, चुनावी सर्वेक्षणमा ट्रम्पभन्दा ह्यारिस अगाडि
कात्तिक १९, २०८१ सोमबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
इजरायली सेनाले समात्यो हिजबुल्लाहका वरिष्ठ सदस्य
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
तिहारमा जुवाडेलाई टिका लगाउन हिरासत बाहिरको उपहार !
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
कात्तिक १९, २०८१ सोमबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
कात्तिक १९, २०८१ सोमबार
मंसिर १६ का लागि आयोगले तयारी सक्यो, दलभित्र उम्मेदवार चयनमै सकस
कात्तिक १९, २०८१ सोमबार
जानकी मन्दिरको मनमोहक दृश्य
कात्तिक १९, २०८१ सोमबार
भारतीय प्रधानमन्त्री मोदीद्वारा क्यानाडाको हिन्दू मन्दिरमा भएको आक्रमणको निन्दा
कात्तिक १९, २०८१ सोमबार
संविधानअनुसारको अधिकार प्रदेशले पाउनुपर्छ : नेता निधि
कात्तिक १९, २०८१ सोमबार
बेनी–जोमसोम सडक अवरुद्ध
कात्तिक १९, २०८१ सोमबार
स्कुटरको ठक्करबाट एक महिलाको मृत्यु
कात्तिक १९, २०८१ सोमबार
बसले भैलो खेलिरहेकाहरूलाई ठक्कर दिँदा २ जनाको मृत्यु, १८ घाइते (अपडेट)
कात्तिक १९, २०८१ सोमबार