चलचित्र चिट्ठीको फष्ट लुक सार्वजनिक
नेपालबहस संवाददाता
असोज २८, २०८० आइतबार १४:४९:२०
२८ असोज, काठमाडौं । निर्माण कम्पनी एरा प्रोडक्सनले आफ्नो नयाँ चलचित्र चिट्ठीको फष्ट लुक सार्वजनिक गरेको छ । कमेडी, सस्पेन्स तथा थ्रिलर जनरामा बनेको चलचित्रलाई संचारकर्मी समेत रहेकी निर्माता कमला जोशीले निर्माण गरेकी हुन । माधब राज खरेलको लेखन र निर्देशन रहेको उक्त चलचित्रमा अनिता कुँवर र कृष्णा आचार्यले एसोसियट निर्माताको रुपमा रहेका छन् भने सह निर्माता समिर खान रहेका छन् ।
चलचित्र चिट्ठीमा प्रमुख कलकारका रुपमा सञ्जित भण्डारी, खड्गबहादुर पुनमगर खवपु, गोपाल ढकाल छन्दे, नवराज थापा, मुस्कान लामा, प्रवन भुषाल, कञ्चन चालिसे, नम्रता खरेल पौडेल रहेका छन् भने विशेष भुमिकामा बरिष्ठ कलाकार मोहन निरौला, शान्तिप्रिय, श्रीदेव भट्टराई, रश्मि भट्ट, उद्धव भट्टराई, कृष्ण भट्टराई, डेविलसिंह राजपुत, राजन थापा, पुरुषोत्तम सानु, मुना निरौला, कविन्द्र त्रिपाठी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
चलचित्रमा पत्रकार समेत रहेका गायक तथा संगीतकार सरोज कोइरालाले चलचित्रमा संगीत भरेका छन् । चलचित्रमा शिब परियार, बेनिसा पौडेल, बसन्त अर्यालको स्वरमा रहेको छ । डा।कृष्णहरि बराल र कमला जोशी गीतकार रहेको चलचित्रमा एउटा शिवताण्डव भजन समेत रहेको छ जुन भजनको संगीत संगीतकार राजेन्द्र बजगाईंले गरेका हुन् ।
जीवन पराजुली एबम् राजन खरेलको छायाङ्कन, किरण दाहालको द्धन्द्ध निर्देशन, कृष्ण बहादुर कार्की प्रोडक्सन डिजाइनर, अमृत चापागाई पोष्टर एबम् साहिल खान पब्लिसिटी डिजाईनरका रुपमा रहेको चलचित्र चिट्ठीलाई काठमाण्डौं, काभ्रपलाञ्चोक, ललितपुर लगायतका जिल्लाका विभिन्न स्थानमा छायाङ्कन गरिएको थियो ।
चलचित्रलाइ अच्यूत बजगाइ र माधव खरेल सम्पादन गरेका हुन् । समिर मियाँको कलर तथा भिएफ्एक्स रहेको चिट्ठीमा पुस्कर खत्रीको ब्याकराउण्ड म्यूजिक स्कोर, मनोज परियारको साउण्ड मिक्सिङ तथा अमित श्रेष्ठको फाइभ इन वान साउण्ड मिक्सिङ तथा डिजाईन रहेको छ । चलचित्रलाई सन् २०२४ भित्रै प्रदर्शन गरिने निर्माण पक्षले जानकारी दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘पुजार सार्की’मा आर्यन : विगतभन्दा 'टफ' भूमिका, लुक्समा आफ्नै पिताको नक्कल
जेठ ४, २०८१ शुक्रबार
सिनेमाघर एपमा रिलिज भयो ‘चपली हाइट ३’, विश्वभरबाट हेर्न सकिने
जेठ २, २०८१ बुधबार
चलचित्र ‘मोदीबेनी’ श्रावण १८ गते रिलिज हुने
जेठ १, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार