सिटिजन्स बैंकको मोबाइल बैंकिङ एपमा थप नँया सुविधा
नेपालबहस संवाददाता
असोज ३०, २०८० मंगलबार २१:१६:२७
३० असाेज, काठमाडाैं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरुको मोबाइल बैंकिङ अनुभव अभिवृद्धि गराउने र वास्तविक डिजिटल बैकिङको अनुभूति गराउने उद्देश्यले सिटिजन्स स्मार्ट मोवाइल बैकिङ एपमा नँया सुविधाहरु थप गरेको छ । डिजिटल बैकिङलाई सधैं प्राथमिकतामा राख्दै आएको यस बैंकले हाल मोबाइल बैकिङ एपमार्फत नियमित प्रदान गर्दै आइरहेको सेवाहरुको अतिरिक्त अन्य उपयोगी सेवाहरु समेत थप गरेको छ ।
अव ग्राहकहरूले मोबाइल बैकिङ एप मार्फत नै मुद्दती खाता खोल्ने, चेक रोक्का गर्ने, डेविट कार्ड प्राप्त गर्न निवेदन दिने, कार्ड ब्लक गर्ने, पिन रिसेट गर्ने, क्रेडिट कार्डको सिमा हेर्ने जस्ता सुविधाहरु थप गरेको छ । बैंकले आफ्ना विशेष ग्राहकहरुलाई लक्षित गरी मोबाइल मार्फत नै प्रिभिलेज बैंकिङ सेवा समेत सुरु गरेको छ ।
यस अघि बैंकले विभिन्न प्रिभिलेज काउन्टरहरु मार्फत प्रिभिलेज बैंकिङ सेवा प्रदान गर्दै आइरहेकोमा अब मोबाइल बैंकिङ एप मार्फत नै प्रिभिलेज सेवाहरु प्रदान गर्ने छ । यस सेवा अन्तर्गत ग्राहकहरुले बैंकका तोकिएका सम्पर्क अधिकृतहरु मार्फत बिना झन्झन्ट बैंकिङ सेवा प्राप्त गर्न सक्नुहुने छ ।
सिटिजन्स स्मार्ट मोबाइल बैंकिङ एपलाई नयाँ UI 'प्रयोगकर्ता इन्टरफेस'मा अपग्रेड गरिएको छ जसले प्रयोगकर्ताको अनुभव बढाउँछ । लगइन मेनु पनिपुनस्संगठित गरिएको छ जहाँ स्मार्ट सेवाहरू, स्मार्ट प्रस्तावहरू, EMI क्याल्कुलेटर र विदेशी मुद्रा आइकन छुट्टै ब्लक डिजाइनमा राखिएको छ ।
लागू गरिएको नयाँ डिजाइन प्रयोगकर्ता मैत्री बनाइएको छ र साथै नेपाल पे को क्युआर मार्फत व्यापारीहरूलाई क्युआर स्क्यान गरी भुक्तानी गर्ने सुविधाहरू जस्ता विभिन्न नयाँ सुविधाहरू ल्याएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८८ वटा शाखा, १४८ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ ईकाईहरुबाट १६ लाख ६४ हजार ग्राहक वर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकुमारी बैंकका ग्राहकलाई फिट लाईफ क्लबबाट प्रदान गरिने सेवाहरुमा १५% छुट
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
सहकारी प्रकरणसम्बन्धी संसदीय छानबिन समिति बनाउन राजनीतिक दलहरूबीच सहमति
जेठ ५, २०८१ शनिबार
फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक
जेठ ५, २०८१ शनिबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ढाका बुनेर आत्मनिर्भर बन्दै तनहुँका उद्यमी
जेठ ५, २०८१ शनिबार
तनहुँको म्याग्दे गाउँपालिका–२ जामुने क्षेत्रमा सडक कालोपत्र
जेठ ५, २०८१ शनिबार