बन्द रहेको मिसन अस्पताल पुनः सञ्चालन गर्न तीब्र तयारी [ फोटो फिचर ]
नेपालबहस संवाददाता
कात्तिक १३, २०८० सोमबार १४:४:१९
१३ कात्तिक, पर्बत । लामो समयसम्म बन्द भएको पर्बत जिल्लाको पैयुँ गाउँपालिका हुबासस्थित मिसन अस्पताल पुनः सञ्चालन गर्न तीब्र रुपमा तयारी भइरहेको छ ।
बिगत २२ बर्ष देखि बन्द रहेको यो अस्पताल पुनः सञ्चालनको वातावरण तयार गर्न काठमाडौंस्थित देउराली फाउण्डेशनले काम गरिरहेको छ । यसै सिल सिलामा स्थानीय सरोकारवाला व्यक्ति संघ संस्था र स्थानीय सरकार संग समेत गरिएको पटक पटकको छलफल पछि देउराली फाउण्डेशनले प्रारम्भिक काम सुरु गरेको हो ।
सर्वप्रथम फाउण्डेशनको सचिबालय बैठकले अस्पतालको जग्गा , भवन र अन्य भौतिक सम्पत्तीको सुरक्षाकालागि अस्पताल परिसरमा तारजाली लगाई गेट निर्माण गर्नु पर्ने ठहर गरे संगै परिसरमा तार जाली लगाएर कम्पाउण्डिङ्ग गरि गेट हाल्ने र सेफ्टी ट्यांकी निर्माण गर्ने काम सम्पन्न भएको छ ।
यसै गरि दोस्रो चरण अन्तर्गतको भवनहरुको मर्मत संहार , रंग रोगन , विद्युतीकरण र प्लम्बिङ्ग सम्बन्धि कामहरु पनि केहि दिनमै सुरु हुन लागेको फाउण्डेशनका अध्यक्ष भिम घिमिरेले जानकारी दिए।
अहिले भएका कामहरुमा अमेरिकाको क्यालिफोर्निया राज्यमा दर्ता भई संसार भरका नन रेसिडेण्ट नेपालीहरूको हितमा काम गरिरहेको परोपकारी संस्था एनआरएनए नन रेसिडेन्ट नेपाली एसोसिएशनले आर्थिक सहयोग गरेको छ ।
अमेरिका बाट आएका विशेषज्ञ डाक्टरहरूको समुहले स्थानीय साझेदारहरु संगको सहकार्यमा २०५० सालमा स्थापना भएको मिसन अस्पताल ८ वर्ष मात्र संचालन भई २०५८ साल देखि बन्द छ । इतिहास बोकेको र स्थानीय जनतामाझ लोकप्रिय अस्पताल फेरी सञ्चालन हुन लागेको खबरले हुबास र आसपासका क्षेत्रमा खुसियाली छाएको छ।
यसै गरि एनआरएनए नन रेसिडेन्ट नेपाली एसोसिएशनका अध्यक्ष माधव मरासिनीले बन्द रहेको अस्पताल पुनः सञ्चालनको प्रारम्भिक चरणमा जोडिएर परोपकारी काम गर्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्याग्दीलाई पूूर्णखोप सुनिश्चितता दिगोपना घोषणा
जेठ १, २०८१ मंगलबार
प्लाष्टिकजन्य निषेधित वस्तु प्रयोगमा रोक लगाउने तयारी
बैशाख ३१, २०८१ सोमबार
बुल्दीखोलाको स्वरुप फर्काउने प्रयास
बैशाख ३०, २०८१ आइतबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
जङ्गली जनावरको आक्रमणबाट सातजनाको मृत्यु
जेठ ३, २०८१ बिहिबार
ऐतिहासिक स्थल पञ्चदेवल
जेठ ४, २०८१ शुक्रबार
जानकी मन्दिरमा भक्तजनहरूको भिड
जेठ ४, २०८१ शुक्रबार
बालबालिकाको सिकाइका क्रममा देखापर्ने कठिनाइ ‘डिस्लेक्सिया रोग होइन, अवस्था हो’
जेठ ४, २०८१ शुक्रबार
कार्तिक आर्यन पहिलो पटक एलियनको अवतारमा
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
संसद भवनमा विपक्षी दल, सिंहदरबारमा सत्ता पक्ष
जेठ ४, २०८१ शुक्रबार