डिसहोमले क्रिकेट खेलाडीलाई २० लाख पुरस्कार दिने
नेपालबहस संवाददाता
कात्तिक १५, २०८० बुधबार १६:११:७
१५ कात्तिक, काठमाडौं । डिसहोमले आइसीसी टी २० विश्वकपअन्तर्गत एसिया छनोट प्रतियोगिताका जारी खेलमा नेपाली टिमको हौसला बढाउन नगद पुरस्कार घोषणा गरेको छ । डिसहोमले नेपाली क्रिकेट खेलाडीले मैदानमा देखाएको प्रयत्नमा खुसी व्यक्त गर्दै हरेक रन र हरेक विकेटमा खेलाडीको हौसला बढाउन नगद पुरस्कार घोषणा गरेको हो ।
मूलपानी र कीर्तिपुरमा एसियाका ८ टिमबीच जारी प्रतियोगितामा समूह ‘ए’ मा नेपाल, सिंगापुर, मलेसिया र ओमान तथा समूह ‘बी’ मा बहराइन, हङकङ, यूएई र कुबेत छन् । सेमिफाइलन जित्ने दुई टिमले आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा आइसिसी मेन्स टी २० विश्वकप कप खेल्नेछन् ।
नेपाल सेमिफाइनल प्रवेश गरिसकेको छ । सेमिफाइनल जिते नेपालले विश्वकपमा दोस्रोपटक सहभागिता जनाउनेछ । यसअघि नेपालले सन् २०१४ मा टी२० विश्वकप खेलेको थियो ।
डिसहोमले उक्त खेलमा शतकसहित ५ विकेट लिने खेलाडीलाई २० लाख रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरेको छ । यस्तै शतक प्रहार गर्ने खेलाडीलाई १० लाख, ५ विकेट लिनेलाई ५ लाख, अर्धशतक प्रहार गर्ने खेलाडीलाई १ लाख, ३ विकेट लिने खेलाडीलाई १ लाख, ३५ रन बनाउने खेलाडीलाई ५० हजार र क्याच स्टम्पिङ गर्नेलाई ५० हजार रुपैयाँ पुरस्कार दिइने कम्पनीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री कप क्रिकेटको उपाधि बैतडीले जित्यो
पुष २५, २०८१ बिहिबार
प्रधानमन्त्री कप महिला क्रिकेट : डडेल्धुराद्वारा कञ्चनपुर पराजित
पुष २३, २०८१ मंगलबार
जय ट्रफी : वीरगञ्जमा आर्मीविरुद्ध पुलिस क्लबले ४ रनको झिनो अग्रता
पुष २२, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार