एसियाली विकास बैंकले पोखरामा थप परियोजनामा सहयोग गर्ने

नेपालबहस संवाददाता
कात्तिक १७, २०८० शुक्रबार १०:४२:१३
१७ कात्तिक, कास्की । एसियाली विकास बैंक (एडिबी)ले कास्कीको पोखरामा थप परियोजनामा सहयोग गर्ने भएको छ । पोखराको पर्यटन, पूर्वाधार विकास, ढल निकासलगायत क्षेत्रमा सहयोग गरेको बैंकले थप परियोजनामा लगानी गर्ने चाहना राखेको हो ।
एसियाली विकास बैंकका वरिष्ठ सार्वजनिक व्यवस्थापन विशेषज्ञ अरुण राममूर्तिले बिहीबार महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग उनको कार्यकक्षमा भेटवार्ता गर्दै सहयोगको प्रतिबद्धता व्यक्त गरे । राममूर्ति बैंकको दिगो विकास र जलवायु परिवर्तन विभागका समेत विशेषज्ञ हुन्। भेटवार्ताका क्रममा राममूर्तिले एडिबीको सहयोगमा सञ्चालित विभिन्न परियोजनाका बारेमा जिज्ञासा राख्नुका साथै सहकार्यका नयाँ सम्भावनाका विषयमा छलफल गर्नुभएको महानगर प्रमुख आचार्यले बताउनुभयो । उहाँका अनुसार पूर्वाधार निर्माणसहित दिगो पर्यटन विकासका लागि सञ्चालित विभिन्न परियोजनामा एडिबीको सहयोग रहेको छ ।
“हाल सञ्चालित परियोजनाका बारेमा छलफल भयो । थप परियोजनामा समेत सहयोग गर्न एडिबी सकारात्मक छ”, प्रमुख आचार्यले भने । उनले पोखराको पूर्वाधारसहित पर्यटन विकासका सन्दर्भमा एडिबीले गरेको सहयोगप्रति आभार प्रकट गर्दै सहयोग तथा सहकार्यका थुप्रै सम्भावनाको पहिचान गरिएको जनाए ।
पोखरा पर्यटनको राजधानी सहरका रूपमा घोषणा हुने क्रममा रहेको उल्लेख गर्दै प्रमुख आचार्यले दिगो पर्यटन विकास आवश्यक रहेको बताए । एडिबीको सहयोगमा हाल ठूलो परियोजनाका रूपमा पोखरा–मुग्लिन सडक विस्तार आयोजनाको काम भइरहेको छ । यसैगरी पोखराको दिगो पर्यटन विकासका सम्बन्धमा विभिन्न १५ परियोजनामा सम्झौता भई काम अघि बढिरहेको छ ।
एडिबीको सहयोगमा पोखराको ढल निकास, सडक, फुटपाथ र सडक सुधार परियोजनाअन्तर्गत सडक सुरक्षा उपायहरूको योजनासहित विद्यमान सडक र ढलको स्तरोन्नति गर्ने यसअघि नै सम्झौता भइसकेको छ । महानगरका अनुसार एडिबीले पोखराका विभिन्न परियोजनामा आर्थिक सहयोग गर्ने भएको छ । त्यस्ता परियोजना छनोट भइसकेका छन् । जसअन्र्तगत सहिदचोक–तीनकुने–राधाकृष्णमार्ग–एसओएस–घलेचोक–हरियो खर्क–पिआइए आठ किमी आठ सय मिटर सडक सुधार योजनालाई अन्तिम रूप दिइएको छ । यसका लागि पाँच दशमलव ३४ मिलियन अमेरिकी डलर खर्च हुने अनुमान गरिएको छ ।
पञ्चासे पारिस्थितिक विकास र पहुँच परियोजनाअन्तर्गत दमदमेबाट भन्ज्याङसम्मको १३ किलोमिटर सडक कालोपत्र, भन्ज्याङबाट पञ्चासेसम्म बाटोको स्तरोन्नति, सुविधासहितका सर्भिस प्वाइन्ट स्थापना, विद्यमान घरबास ९होमस्टे०को एकीकृत प्रवर्द्धन योजना र गुरुङ सङ्ग्रहालयको संरक्षणका लागि तीन दशमलव पाँच मिलियन अमेरिकी डलर खर्च हुनेछ । पञ्चासे एक सयभन्दा बढी प्रजातिका अर्किड र पोखरी रहेको एक प्रसिद्ध तीर्थस्थल र संरक्षित वन क्षेत्र हो ।
एडिबीकै सहयोगमा ‘लेक टु लेक’ साइकल ट्रयाक र फेवाताल सुधार परियोजनासमेत सञ्चालनका क्रममा रहेको छ । परियोजनाअनुसार नौवटा ताल र १८ वडालाई जोड्ने गरी ८५ किलोमिटर लामो साइकल ट्रयाक निर्माण हुनेछ । फेवाताल सुधार परियोजनाअन्तर्गत बसाइ व्यवस्थापन, शौचालय, वाटर फाउन्टेन, वाटर स्प्रिङ प्रोटेक्सन, इन्फरमेसन बोर्ड, डाइरेक्सन बोर्ड, साइकल पार्किङ, सर्भिस प्वाइन्टसहित साइकल स्ट्यान्डको निर्माण गरिनेछ । यसमा तीन दशमवल पाँच मिलियन अमेरिकी डलर खर्च हुने महानगरले जनाएको छ । रानीवन इको ट्रेल र फेवाताल सुधार परियोजनाअन्तर्गत ड्यामसाइटबाट रानीवनलाई सिसाको पुलले जोड्ने, शान्ति स्तूप र फेवातालको परिधिलाई एकीकृतरूपमा जोड्दै रानीवनबाट इको ट्रेल विकास गर्ने योजना छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहालक्ष्मी स्वस्तिक बँगैचाको मर्मत गर्ने जिम्मा महालक्ष्मी स्थान व्यवस्थापन समितिलाई
मंसिर ११, २०८० सोमबार
गरिमा विकास बैंकको एकैदिन १७ वटा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न
मंसिर ८, २०८० शुक्रबार
महालक्ष्मी विकास बैंकद्वारा भूकम्प पीडितलाई १० लाख सहयोग
कात्तिक २२, २०८० बुधबार
मोरङ प्रहरीसँग तस्करहरुको रोचक सेटिङ, कुन तस्करले कति बुझाउँछन् ?
नेपालबहस संवाददाता
मंसिर १८, २०८० सोमबार
प्रहरी हवलदारहरूको सरुवा, को-कहाँ ? हेर्नुस सूचीसहित
नेपालबहस संवाददाता
मंसिर १७, २०८० आइतबार
सामाजिक सञ्जालका ‘ननसेन्स’ प्रतिक्रिया !
विनोद त्रिपाठी
मंसिर १७, २०८० आइतबार
पोड वे सेवा अध्ययनका लागि सरकारले दियो अनुमति, कहिले सुरु हुन्छ नेपालमा ?
नेपालबहस संवाददाता
मंसिर १७, २०८० आइतबार
रुकुम हत्याकाण्डका २३ अभियुक्तलाई जन्मकैदको फैसला, प्रेमिकासहित तीन जनालाई दुई वर्ष कैद
मंसिर १९, २०८० मंगलबार
इजलासको २६ नम्बरमा रहेको टिकटक प्रतिबन्धविरुद्धको रिट हेर्न नभ्याइनेमा
मंसिर १९, २०८० मंगलबार
सुन तस्करी जाँचबुझ आयोगः १० जना प्रतिवादीहरूको बयान सकियो, मंगलबार राहुल महराको पालो
मंसिर १९, २०८० मंगलबार
रुकुम हत्याकाण्डका २३ अभियुक्तलाई जन्मकैदको फैसला, प्रेमिकासहित तीन जनालाई दुई वर्ष कैद
मंसिर १९, २०८० मंगलबार
नाइजेरिया सेनाको ड्रोन दुर्घटनामा ८५ सर्वसाधारणको मृत्यु
मंसिर १९, २०८० मंगलबार
पाटन अस्पतालमा स्तन क्यान्सरको औषधि निःशुल्क
मंसिर १९, २०८० मंगलबार
एनसेलको शेयर खरिद-बिक्रीपछि उब्जिएका प्रश्न ?
मंसिर १९, २०८० मंगलबार