पर्यटन अन्तर्गतका निकायबाट राहत कोषमा ४ करोड जम्मा
नेपालबहस संवाददाता
कात्तिक २२, २०८० बुधबार १०:५५:२३
२२ कात्तिक, काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत विभिन्न निकायहरूले संयुक्त रुपमा प्रधानमन्त्री राहत कोषमा चार करोड रूपैयाँभन्दा बढी रकम जम्मा गरेका छन् । उनीहरूले बुधबार रकम जम्मा गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बुधबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर नेपाल नागरिक उड्डयन प्राधिकरण, पशुपति क्षेत्र विकास कोष, लुम्बिनी विकास कोष, नेपाल वायु सेवा निगम, नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोहण संघ, बुद्ध एयर र विभिन्न हेलिकोप्टर कम्पनीहरूले चार करोड १३ लाख ९८ हजार रूपैयाँ बराबरको चेक हस्तान्तरण गरेको प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।
राहत रकम हस्तान्तरण कार्यक्रममा सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती पनि सहभागी थिए । यही कात्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिका १ रामीडाँडा केन्द्रविन्दु भएर गएको भुकम्पबाट प्रभावित भएकाहरूलाई राहत तथा पुनःस्थापनाको कामका लागि सरकारले प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्न सबैलाई आह्वान गरेको थियो ।
सोही आह्वान बमोजिम विभिन्न राजनीतिक दल, दलका संगठन, सरकारी तथा गैरसरकारी कार्यालय, संघसंस्था, बैंक तथा वित्तीय संस्था, उद्योगी व्यवसायी र कर्मचारीहरूले राहत रकम जम्मा गर्ने क्रम जारी छ ।
भुकम्पमा परी १५३ जनाको मृत्यु भएको छ भने ३६४ जना घाइते भएका छन् । १७ हजार ८९६ घर पूर्ण रुपमा र १७ हजार ८५० घर आंशिक रुपमा क्षतिग्रस्त भएका छन् । सरकारले मृतकका परिवारलाई जनही २ लाख रूपैयाँ राहत र घाइतेहरूको निःशुल्क उपचार गर्ने घोषणा गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्राधिकरणलाई २१ करोड तिरेर टेलिकमले लियो लाइसेन्स
बैशाख २८, २०८१ शुक्रबार
एक महिना अघि नै इजरायलबाट आउने भनेको जहाज आएन, यति बेला आएर छानबिन उपसमिति गठन
बैशाख २८, २०८१ शुक्रबार
बन्द भएको बेलको जुस उद्योग सञ्चालनको तयारी
बैशाख २८, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
विन्डवार्ड्ससँग अन्तिम खेलमा नेपाल पराजित
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै
जेठ ६, २०८१ आइतबार
दोदा बगरमा सागसब्जी फलाएर आकर्षक आम्दानी गर्दै पाँच सय किसान
जेठ ६, २०८१ आइतबार
आइपिएल : रोयल च्यालेन्जर्स बैंगलुरु प्लेअफमा, चेन्नई बाहिरियो
जेठ ६, २०८१ आइतबार
सहकारी ठगी प्रकरणको छानबिन समितिको 'टिओआर' बनाउन कार्यदलको बैठक बस्दै
जेठ ६, २०८१ आइतबार
पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द
जेठ ६, २०८१ आइतबार