नागरिकता विवादमा परेका उपरथी ताराध्वज पाण्डेले दिए पदबाट राजीनामा
नेपालबहस संवाददाता
कात्तिक २४, २०८० शुक्रबार १५:३४:३५
२४ कात्तिक, काठमाडौं । उमेर विवादमा मुछिएका उपरथी ताराध्वज पाण्डेले पदबाट राजीनामा दिएका छन् । भावी प्रधानसेनापतिको रोल क्रममा ल्याउने गरी जंगीअड्डाले अघि सारेका उपरथी पाण्डेले धेरै विवाद आएपछि राजीनामा दिएका छन् । उनले दिएको राजीनामा रक्षा मन्त्रालयमा पठाइएको छ ।
उनी उमेर विवादमा मुछिएका थिए । नेपाली सेनाको जङ्गी अड्डाले भावी प्रधानसेनापतिका रुपमा अघि बढाउँदै रथीमा बढुवा सिफारिस भएका पाण्डेको उमेरबारे विवाद आएको थियो ।
विवादमा तानिएपछि पाण्डेले प्रधानसेनापति प्रभुराम शर्मासमक्ष राजीनामा बुझाएको थिए । यसअघि पाण्डेको उमेरसम्बन्धी विवाद छानबिन गर्न सेनाले रथी सीताराम खड्काको नेतृत्वमा समिति गठन गरेको थियो । पाण्डेका दुई वटा अलग अलग नम्बरका नागरिकता समेत रहेको बताइएको छ । साथै एसएलसीको प्रमाणपत्रमा केरमेट गरेको पाइएको छ ।
चार दिनअघि मात्रै पाण्डेको उमेर विवादमा छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्देशन दिएको थियो । आयोग स्रोतका अनुसार, सञ्चारमाध्यममा आएका विवरण र आयोगमा समेत उजुरी परेपछि त्यसमाथि छानबिन गर्न रक्षा मन्त्रालयलाई पत्राचार गरिएको थियो ।
रक्षा मन्त्रालयका अनुसार, उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का पनि विवाद आएपछि यसमा छानबिन गरेर मात्र अघि बढ्नुपर्ने पक्षमा थियो । यसपछि छानबिनका लागि रथी सीताराम खड्काको नेतृत्वमा सेनाको कानुन हेर्ने प्राड विवाकका प्रमुख रत्नप्रकाश थापा र अर्का एक जना सदस्य रहेको समिति बनाइएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपरथीमा बढुवा भएका प्रेमबहादुर पुनलाई दर्ज्यानी चिह्न
मंसिर १९, २०८१ बुधबार
प्रधान सेनापतिद्वारा रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान
मंसिर १४, २०८१ शुक्रबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
प्रधानमन्त्रीको भ्रमणः मूल एजेन्डा छाडेर चर्चामा पर्छ भैंसी
मंसिर १८, २०८१ मंगलबार
सशस्त्र मातहतका बीओपीहरुले बदमासी गर्न थालेपछि छड्के जाँच शुरु
मंसिर १८, २०८१ मंगलबार
चीनले ५ अर्ब ६० करोड अनुदान दिने,थप नगद सहयोग समेत गर्ने
मंसिर १८, २०८१ मंगलबार
काठमाडौंको टुँडिखेलमा एकजना मृत फेला
मंसिर १९, २०८१ बुधबार
टोकियोमा सरकारी कर्मचारीका लागि हप्तामा तीन दिन बिदा
मंसिर १९, २०८१ बुधबार
पहिलो खेलमा जितपछि उत्साहित करण भन्छन् “चौका भन्दा छक्का हान्न मनपर्छ”
मंसिर १९, २०८१ बुधबार
विद्युतीय तार भूमिगत गरिँदै
मंसिर १९, २०८१ बुधबार
राष्ट्रिय प्रसारणमा जोडियो सुपर काबेलीको विजुली
मंसिर १९, २०८१ बुधबार
जनकपुरधाम नगरक्षेत्रमा आजदेखि मासु, माछा तथा मदिरा बिक्री वितरणमा रोक
मंसिर १९, २०८१ बुधबार