दियोबाट आगो सल्किँदा घर जलेर नष्ट
नेपालबहस संवाददाता
कात्तिक २७, २०८० सोमबार ९:५७:७
२७ कात्तिक, किमाथाङ्का 'सङ्खुवासभा' । सङ्खुवासभा सदरमुकाम खाँदबारी नगरपालिका–१ हिमावी टोलमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । गए राति लक्ष्मी पूजा गरेको दियोबाट आगो सल्केर खाँदबारी–१ स्थित लिला राईको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए । आगलागीबाट राईको घर पूर्णरुपमा नष्ट भए पनि मानवीय क्षति भएको छैन ।
आगलागीबाट राईको घरमा राखेका लत्ताकपडा र खाद्यान्न जलेको प्रहरी निरीक्षक लामिछानेले बताए । आगो नेपाली सेना, नेपाल प्रहरी र स्थानीयले एक घण्टापछि नियन्त्रण लिएको प्रहरी निरीक्षक लामिछानेले बताए । आगलागीबाट नगद रु ३१ हजार पनि जलेको छ भने उनको घर परिसरमा पार्किङ गरी राखिएको एक अटो 'टेम्पो'मा पनि आगोले क्षति पु¥याएको प्रहरीले जनाएको छ । आगलागीबाट कति क्षति भयो भन्ने विवरण आइनसकेको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिषेधाज्ञा र प्रहरीको हस्तक्षेपका बाबजुद केदार कार्कीको अनसन जारी
भदौ २६, २०८१ बुधबार
प्रहरीले घर लगेर छाडेपनि पूर्वमुख्यमन्त्री कार्कीले फेरि सुरु गरे अनसन
भदौ २५, २०८१ मंगलबार
पूर्वमुख्यमन्त्री केदार कार्की अनशन स्थलबाटै पक्राउ
भदौ २५, २०८१ मंगलबार
उपसभामुख पद जोगाउन रविको हारगुहार, प्रधानमन्त्री ओलीसँग मिलेन कुरा
भदौ २६, २०८१ बुधबार
गृह मन्त्रालयद्वारा ५ जना प्रमुख जिल्ला अधिकारीको सरुवा
भदौ २६, २०८१ बुधबार
राजसंस्था र हिन्दू अधिराज्य पूर्नस्थापना गर्ने आन्दोलनको तयारीमा जुट्दै राप्रपा
भदौ २५, २०८१ मंगलबार
पार्टी बलियो बनाउन कार्यकर्ताको सक्रियता आवश्यक : प्रवक्ता महत
भदौ २६, २०८१ बुधबार
बस र मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु
भदौ २६, २०८१ बुधबार
पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्तिको विषयमा लिखित जवाफ माग
भदौ २६, २०८१ बुधबार
बजेट अभावले रुद्रायणीदेवी मन्दिर पुनः निर्माणमा ढिलाइ, लागत बढ्दै
भदौ २६, २०८१ बुधबार
अमेरिकाको राष्ट्रपति बन्ने दौडमा रहेका ह्यारिस र ट्रम्पबीच रोचक बहस
भदौ २६, २०८१ बुधबार