झापामा छरुवा धान खेतीको परीक्षण सफल
नेपालबहस संवाददाता
मंसिर ८, २०८० शुक्रबार १२:३६:२३
८ मंसिर, बनियानी । झापामा छरुवा धान खेतीको परीक्षण सफल भएको छ । कनकाइमा साढे तीन बिघा जमिनमा गरिएको उक्त परीक्षण सफल भएको कृषि ज्ञानकेन्द्रका निमित्त प्रमुख सागर विष्टले जानकारी दिए ।
उत्पादन लागत घटाउने उद्देश्यले कृषि ज्ञानकेन्द्रले प्रदर्शनीका रुपमा छरुवा प्रविधिबाट धानखेती गरेको थियो । प्रतिबिघा ८० मनको हाराहारीमा धान उत्पादन भएको उनको भनाइ थियो । “यो प्रविधिबाट धानखेती गर्दा किसानको लागत ३० प्रतिशत घट्छ”, निमित्त प्रमुख विष्टले भने, “यो प्रविधिमा किसानले जति मेहनत र हेरचाह गर्न सक्यो त्यति फाइदा हुन्छ ।”
छरुवा धानखेतीका लागि मुख्य समस्या झार रहेको छ । कृषकले झार व्यवस्थापन गर्नसके कम लागतमा राम्रो उत्पादन लिनसक्ने उहाँले उल्लेख गरे । धान रोप्न आधुनिक उपकरणबाट गरिएको खेतीसमेत राम्रो भएको छ । किसानलाई यान्त्रिकीकरणमा अभ्यस्त बनाउन परीक्षण र प्रदर्शनीका रुपमा कृषि ज्ञानकेन्द्रले कमल गाउँपालिका, बिर्तामोड नगरपालिका र गौरादह नगरपालिकामा प्रदर्शनीका रुपमा ८० बिघामा आधुनिक उपकरणमार्फत धान रोप्न किसानलाई सहयोग–सहजीकरण गरेकोे थियो । उक्त धान खेतीमासमेत प्रतिबिघा ८० मनकै हाराहारीमा धान उत्पादन भएको निमित्त प्रमुख विष्टले बताए ।
उपकरणका माध्यमबाट धान रोप्दा करिब २० प्रतिशतसम्म लागत खर्च घट्ने कार्यालयले जनाएको छ । यसरी धान रोप्नका लागि प्रोत्साहित गराउन कार्यालयले चालू आर्थिक वषमा रू १० लाख अनुदानसमेत उपलब्ध गराउने भएको छ ।
चैते धान रोप्ने कृषकलाई उपकरण प्रयोग गर्दा लागेको खर्चको ७५ प्रतिशत अनुदान दिने योजना रहेको उनले जानकारी दिए ।
उत्पादकत्व बढ्ने अनुमान
झापामा यो वर्ष बर्खे धानको उत्पादन बढ्ने भएको छ । गत वर्ष चार लाख २३ हजार मेट्रिकटन धान उत्पादन भएकामा यो वर्ष चार लाख ३० हजार मेट्रिकटनभन्दा बढी उत्पादन हुने कृषि ज्ञानकेन्द्रको प्रारम्भिक अनुमान छ । गत वर्ष जिल्लामा धानको उत्पादन चार दशमलव ८९ मेट्रिकटन प्रतिहेक्टर रहेकामा यो वर्ष पाँच मेट्रिकटन पुग्ने कार्यालयले जनाएको छ ।
“नमूना सङ्कलन गरिरहेका छौँ”, निमित्त प्रमुख विष्टले भने, “यो वर्ष धान उत्पादन बढी भएको पाएका छौँ, चार÷पाँच दिनमा यकीन तथ्याङ्क आउँछ ।” जिल्लाका माइपश्चिम बिर्तामोड, बुद्धशान्ति, अर्जुनधारा, हल्दीबारीलगायत स्थानको नमूना सङ्कलन गर्दा उत्पादन राम्रो भएको पाइएको उनको भनाइ थियो।
जिल्लाको ८७ हजार हेक्टर खेतीयोग्य जमिनमध्ये यो वर्ष ८५ हजार सात ५० हेक्टरमा धानखेती गरिएको छ । पन्ध वटा पालिकामध्ये सबैभन्दा बढी गौरीगञ्ज र सबैभन्दा कम दमकमा धानखेती भएको कार्यालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमौरीपालनतर्फ किसानको आकर्षण बढ्दो
बैशाख २६, २०८१ बुधबार
शिक्षण छाडेर पशुपालनमा रमाइरहेका गोपाल
बैशाख २६, २०८१ बुधबार
भैँसी पाल्ने किसानलाई पचास हजार दिने
बैशाख २६, २०८१ बुधबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
संसद अधिवेशन अघि कांग्रेसका दुई बैठक, कस्तो आउँछ निर्णय ?
बैशाख २६, २०८१ बुधबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख २६, २०८१ बुधबार
वीरगञ्जमा गर्मी बढेसँगै बिहानी कक्षा सञ्चालन
बैशाख २६, २०८१ बुधबार
युक्रेनका थप दुई गाउँ कब्जा गरेको रुसको भनाइ
बैशाख २६, २०८१ बुधबार
संसदीय समिति गठन नगरे बजेट अधिवेशन अवरुद्ध गर्ने कांग्रेसको अडान
बैशाख २६, २०८१ बुधबार
घरजग्गाबाहेक चल सम्पत्ति धितो राखेर बैंकबाट ऋण लिन पाइने
बैशाख २६, २०८१ बुधबार
युके पठाइदिन्छु भन्दै ठगी गर्ने कार्की पक्राउ
बैशाख २६, २०८१ बुधबार