मादीमा अस्पताल सञ्चालन, पश्चिमी भेगका नागरिक प्रत्यक्ष लाभान्वित हुने
नेपालबहस संवाददाता
मंसिर १५, २०८० शुक्रबार १२:१५:४०
१५ मंसिर, कास्की । कास्की जिल्लाको मादी गाउँपालिका–७ छाचोकमा अस्पताल सञ्चालनमा आएको छ ।गाउँपालिकाको सोही वडामा १५ शय्या (बेड) क्षमताको अस्पताल भवन निर्माण भइरहेकामा सो अगाडि नै आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट अस्पतालको सुविधा दिन सुरु गरिएको हो । अस्पतालमा मेडिकल चिकित्सक तथा प्रयोगशाला, भिडियो एक्सरे तथा एक्सरेका प्राविधिक जनशक्तिको व्यवस्थापछि बिहीबारदेखि अस्पतालको सेवा सुरु गरिएको हो ।
आधारभूत स्वास्थ्य केन्द्रबाट अस्पतालको सेवा सुरु भएँगै मादीका पश्चिमी भेगका नागरिक प्रत्यक्ष लाभान्वित हुने र सामान्य उपचारका लागि पोखरा जानुपर्ने बाध्यता हटेको गाउँपालिकाले जनाएको छ ।
अस्पतालको सेवा सञ्चालनका लागि रोटरी क्लब पोखरा अन्नपूर्णबाट रु ४१ र गाउँपालिकाबाट रु १४ लाख गरी ५५ लाख मूल्यबराबरका स्वास्थ्य उपकरण खरिद गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख एवं जनस्वास्थ्य अधिकृत गोपालचन्द्र बरालले जानकारी दिए ।
भिडियो एक्सरे, एक्सरे मेसिन, इसिजी मेसिन, डेन्टल केयर, प्रसूति बेड र अन्य सामान्य बिरामी बेड अन्नपूर्णले सहयोग गरेको उनले बताए । स्वास्थ्य शाखा प्रमुख बरालले भने, “गाउँपालिकाको १५ शय्याको आधारभूत अस्प्ताल भवन अहिले निर्माणको चरणमा रहेको छ । सो भवन बनेर सेवा सुरु नहुञ्जेलसम्मका लागि स्वास्थ्य केन्द्रको भवनबाट अस्पतालको सेवा सञ्ञ्चालन गरेका हौँ । यसबाट मादीका उत्तरी भेगका नागरिकले फाइदा लिनुहुनेछ ।”
अस्पतालमा एक्सरे, भिडियो एक्सरे, दाँतसम्बन्धी, प्रयोगशाला, इसिजी, फार्मेसी तथा चिकित्सकबाट नियमित बिरामी जाँचलगायतका सुविधा प्रदान गरिने सोही वडाका वडाध्यक्ष दुर्गाबहादुर गुरुङले जानकारी दिए ।
गाउँपालिका अध्यक्ष देवीजङ्ग गुरुङले सेवाग्राहीको चापलाई हेरेर अस्पतालमा आवश्यक अन्य जनशक्ति तथा स्वास्थ्य उपकरण थप गर्दै लगिने बताए ।
पालिकामा भौगोलिक अवस्थितिका कारण पूर्वी भेगका जनतालाई थुम्सीकोट र पश्चिम भेगकालाई छाचोकबाट स्वास्थ्य सेवा प्रदान गर्ने गरी योजना अगाडि बढाइएको अध्यक्ष गुरुङले बताए । “गाउँपालिकावासी नागरिकलाई आधारभूत स्वास्थ्योपचार सेवा गाउँमै उपलब्ध गराउन हामी प्रतिबद्ध छौँ । सङ्घीय तथा प्रदेश सरकारसँग मिलेर अस्पतालमा स्वास्थ्योपचार सुविधा थप गर्दै जानेछौँ”, गाउँपालिका अध्यक्ष गुरुङले भने ।
मादीमा हाल थुम्सीकोट प्राथमिक स्वास्थ्य केन्द्रबाट आधारभूत स्वास्थ्य सेवा सञ्चालनमा छ । यसबाट पूर्वी भेगका नागरिक लाभान्वित छन् । मादी गाउँपालिकामा १२ वडा छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्यमन्त्री यादवद्वारा वीर अस्पतालमा छड्के अनुगमन
जेठ ९, २०८१ बुधबार
गण्डकीको सरुवा रोग अस्पताल भवन निर्माण सुस्त
जेठ ८, २०८१ मंगलबार
चितवनमा पहिलोपटक शल्यक्रियाबिना मुटुको प्वाल टालियो
जेठ ८, २०८१ मंगलबार
अवैध नदीजन्य पदार्थ ओसारपसार गरिरहेका टिपर स्थानीयको नियन्त्रणमा
जेठ १०, २०८१ बिहिबार
यस्तो छ सहकारीको शिर, दलीय वर्चश्वमा एमाले !
जेठ १०, २०८१ बिहिबार
सीता एयरको जहाजमा ठोक्किएर घाइते भएका भामलाई नेपालगञ्ज लगियो
जेठ १०, २०८१ बिहिबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ ११, २०८१ शुक्रबार
प्रतिनिधिसभाको बैठकबाट आज नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची
जेठ ११, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ११, २०८१ शुक्रबार
पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु , तीनजनाको उद्धार
जेठ १०, २०८१ बिहिबार
‘आलुचिप्स’ का लागि उपयोगी हुने आलु खेती गरिँदै
जेठ १०, २०८१ बिहिबार
सार्वभौमिक समानताका आधारमा द्विपक्षीय सम्बन्ध : उपप्रधानमन्त्री श्रेष्ठ
जेठ १०, २०८१ बिहिबार