पुस ५ देखि १६ गतेसम्म लेखनाथ महोत्सव हुने
नेपालबहस संवाददाता
मंसिर २१, २०८० बिहिबार ११:२२:८
२१ मंसिर, काठमाडौं । पुस ५ देखि १६ गतेसम्म लेखनाथ महोत्सव हुने भएको छ । लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा महोत्सव हुँदैछ । संघका अध्यक्ष बिनोद श्रेष्ठले पोखरा २७ स्थित डाँडाकोनाकमा हुने १९ औं संस्करणको लेखनाथ महोत्सव मार्फत स्थानीय उत्पादन, पर्यटन र उद्योग तथा व्यवसायको प्रवर्द्धन गरिने भनाई राखे ।
महोत्सव सफल बनाउन ९ सदस्यीय निर्देशक समिति, ४२ वटा उपसमिति र १ सय २० सदस्यीय कार्यसम्पादन समिति गठन गरिएको जनाइएको छ । महोत्सवमा ३ सय ३४ वटा स्टल रहनेछन् । तीमध्ये अधिकांश स्टल बुकिङ भइसकेको बताइएको छ ।
महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका लघु, घरेलु, साना–ठूला औद्योगिक तथा व्यापारिक प्रतिष्ठानहरुका वस्तु तथा सेवा, हस्तकला, यातायातका साधनहरु, कृषि तथा पशुजन्य वस्तुहरु बिक्री तथा प्रदर्शनीमा राखिनेछ ।
महोत्सवलाई पोखरा इको रेड ब्रिक्स प्रा।लि।ले मुख्य प्रायोजन गरेको छ । सह–प्रायोजकमा पशुपति बिस्कुट र हेटौंडा डेरी, फुड फेस्टिभल प्रायोजकमा न्यूट्रीप्लस शुद्ध तोरीको तेल र प्रवर्द्धकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन वोर्ड रहेको छ ।
विद्यालय स्तरीय शैक्षिक एवं विज्ञान सामग्री, सूचना र सञ्चार प्रविधिमा भएका नयाँ आयामहरुको जगेर्ना, नयाँ प्रतिभाको खोजी अभियान, सांस्कृतिक जगेर्ना कार्यक्रम लगायतका थुप्रै कार्यक्रमहरु दर्शकको रोजाईमा पर्ने आयोजकको विश्वास छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपघुम्नैपर्ने एक सय गन्तव्यमध्येको मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न महोत्सव
माघ २, २०८१ बुधबार
बेनीमा आजदेखि आठौँ म्याग्दी महोत्सव सुरु
पुष २८, २०८१ आइतबार
डोटीमा व्यावसायिक गोब्रे च्याउ उत्पादन सुरु
माघ २२, २०८१ मंगलबार
क्यानडा र मेक्सिकोलाई ट्यारिफ लगाउने ट्रम्पको निर्णय तत्काललाई स्थगित
माघ २२, २०८१ मंगलबार
देवचुलीमा ट्रमा सेन्टर बनाउन छ सय ४६ रुख कटानी गरिने
माघ २२, २०८१ मंगलबार
महोत्तरीमा अज्ञात रोगले भैँसी धमाधम मर्न थालेपछि किसान चिन्तित
माघ २२, २०८१ मंगलबार
नेपालमा क्यान्सरबाट १६ हजार बढीको मृत्यु, प्रारम्भिक चरणमा पहिचान भए निर्मूल हुने
माघ २२, २०८१ मंगलबार
१० देखि १४ वर्षका किशोरीहरूलाई आजदेखि निःशुल्क एचपीभी खोप दिइँदै
माघ २२, २०८१ मंगलबार