सिम्रौनगढका मेयर र उपमेयरको झगडाले युवकको मृत्यु, विरोधमा राजमार्ग अवरुद्ध
नेपालबहस संवाददाता
मंसिर ३०, २०८० शनिबार १४:३६:१६
३० मंसिर, बारा । शनिबार बाराको निजगढ तनावग्रस्त बनेको छ । बाराको सिम्रौनगढ नगरपालिकामा गत बुधबार भएको प्रदर्शनमा प्रहरीको गोलीलागेर एक युवकको मृत्यु भएको थियो । यहि विषयलाई लिएर शनिबार बाराको निजगढमा पूर्वपश्चिम राजमार्ग बन्द गरिएको छ ।
मेयर किशोरी साह कलवारले प्रमुख प्रशासकीय अधिकृत महेश मिश्रलाई हाजिर गराएपछि उपमेयर पक्षधरले प्रदर्शन गरेका थिए । प्रमुख प्रशासकीय अधिकृतको विषयलाई लिएर सिम्रौनगढमा मेयर र उपमेयर तथा केही वडाध्यक्षबीच लामो समयदेखि विवाद छ ।
सिम्रौनगढ मधेशका मुख्यमन्त्री सरोज यादवको पनि गृहनगर हो । प्रमुख प्रशासकीय अधिकृत विवादका कारण यहाँका कर्मचारी–शिक्षकले गत साउनदेखि तलब पाएका छैनन् । तलब नपाएका शिक्षक तथा कर्मचारी पनि आन्दोलनमा थिए । त्यसैक्रममा गत बुधबार शिक्षक–कर्मचारीलाई नगरपालिकाको गेटबाट हटाउन खोज्दा झडप भएको हो ।
अहिलेसम्म नगरसभाले बजेट पारित नगरेका कारण नगरपालिकाको आर्थिक कारोबार ठप्पजस्तै छ । ६० जना कार्यपालिका स्दस्य रहेको सिम्रौनगढ नगरपालिकामा ३९ जना सदस्य नेपाली कांग्रेसका छन् भने नगर प्रमुख किशोरी साहको पक्षमा २१ जना छन् ।
नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराएको विरोधमा उत्रिएका शिक्षक–कर्मचारी र प्रहरीबीच झडपका क्रममा प्रहरीको गोली लागेर सिम्रौनगढ नगरपालिका–१ ननसगराढाट गाउँका २५ वर्षका लक्ष्मी मुख्याको मृत्यु भएको थियो ।
घटनाको छानबिन गरी गोली प्रहार गर्ने सुरक्षाकर्मीमाथि कारबाही गर्नुपर्ने, मृतक परिवारलाई राहत उपलब्ध गराउनुपर्ने, मधेशका मुख्यमन्त्री र सिम्रौनगढका मेयरले राजीनामा दिनुपर्नेलगायत माग राखी मृतक पक्षले राजमार्ग बन्द गराएका हुन् । प्रदर्शनकारीले टायर बाल्नुका साथै नाराबाजी पनि गरेका छन् ।
मृतक मुखियाको शव हाल वीरगञ्जको नारायणी अस्पतालमा छ । मृत्यु भएको ४ दिन भइसक्दा पनि शव परीक्षण भएको छैन । आफन्तले शव बुझेका छैनन् । नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट चित्ररञ्जन साहका अनुसार मुखियाको घटनास्थलमा नै मृत्यु भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकार परिवर्तन हुन्छ भन्ने हल्ला अर्थहीनः प्रधानमन्त्री
माघ ११, २०८१ शुक्रबार
२३ पालिकाका निमित्त प्रशासकीय अधिकृतहरुको जिम्मेवारी खोसियो (सूचीसहित)
माघ १०, २०८१ बिहिबार
समपूरक र विशेष अनुदानसम्बन्धी कार्यविधि संशोधन, अनुदानको अधिकतम सीमा हटाइयो
माघ १०, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
माघ १०, २०८१ बिहिबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
प्रचण्डको प्रधानमन्त्री ओलीलाई चुनौती, सक्छौ भने मैले जस्तै आफूमाथि कारबाही गरेर देखाउ
माघ ११, २०८१ शुक्रबार
अर्जुन ट्रफिको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्टस एचडी वानमा हुने
माघ ११, २०८१ शुक्रबार
के तपाईं मूलासँगै आउने पातहरू फोहोरमा फाल्नुहुन्छ ?
माघ ११, २०८१ शुक्रबार
बाँकेमा पाटेबाघ मृत भेटियो
माघ ११, २०८१ शुक्रबार
सुशासन कायम गर्न अध्यादेशः मन्त्री गुरुङ
माघ ११, २०८१ शुक्रबार