फरवार्ड माइक्रो फाइनान्सले बोलायो वार्षिक साधारण सभा
नेपालबहस संवाददाता
पुस १२, २०८० बिहिबार १५:३१:३९
१२ पुस, सुनसरी । फरवार्ड माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारण सभा बोलाएको छ । संस्थाले पौष २७ गते ११ औं वार्षिक साधारण सभा बोलाएको हो । संस्थाले एक सूचना प्रकाशित गरी कम्पनी ऐन २०६३ को दफा ६७ ९२० अनुसार वार्षिक साधारण सभा बोलाएको हो ।
वार्षिक साधारण सभामा आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन पेश गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८० असार मसान्त सम्मको वासलात तथा सोही मितिमा समाप्त आ.व. २०७९/०८० को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह वितरण र सो सँग सन्बन्धीत अनूसुचीहरु पारित गर्ने, आर्थिक वर्ष २०८०/०८१ को लेखापरीक्षक नियुक्ती गर्ने एजेन्डा राखिएका छन् ।
यस्तैगरी, विशेष प्रस्ताव अन्तर्गत अन्य ‘घ’ वर्गका इजाजत प्राप्त वित्तीय संस्थाहरूलाई गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने प्रयोजनका लागि उपयुक्त लघुवित्त संस्थाहरुको पहिचान गर्ने, समझदारी पत्रमा हस्ताक्षर गर्ने, सैद्धान्तिक स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष निवेदन दिने लगायतका कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्तावहरू रहेका छन् ।
सुनसरीको दुहवीमा मुख्य कार्यालय रहेको फरवार्ड माइक्रो फाइनान्सले ग्रामिण क्षेत्रमा रहेका महिलाहरूलाई सामुहिक जमानीमा कर्जा प्रवाह गरी उनीहरूको आर्थिक उत्थानमा योगदान पुर्याउँदै आइरहेको छ । संस्थाको देशभर ४० जिल्लाका शाखा, केन्द्र, उपकेन्द्रमा करिब ३ लाखको हाराहारीमा महिलाहरू आबद्ध रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेष्ट फाइनान्सको ५ लाख ३५ हजार बढी कित्ता शेयर बिक्रीमा
माघ ११, २०८१ शुक्रबार
आईसीएफसी फाईनान्सले ३० करोड बराबरको ऋणपत्र निष्काशन गर्ने
पुष २९, २०८१ सोमबार
फरवार्ड माइक्रोफाइनान्सले १४ प्रतिशत लाभांश वितरण गर्ने
असोज १७, २०८१ बिहिबार
डीएसपीबाट बढुवा भएका ३७ जना एसपीको पदस्थापन
माघ २१, २०८१ सोमबार
कस्तो छ तपाईको आजको राशीफल ?
माघ २१, २०८१ सोमबार
जुम्लामा आगलागी हुँदा २ घर जलेर नष्ट
माघ २१, २०८१ सोमबार
विष्णुपुर सवस्टेशनअन्तर्गतका क्षेत्रमा १० दिन विद्युत् अवरुद्ध हुने
माघ २१, २०८१ सोमबार
३ वर्षमा एक हजार ६ सय ६६ अनलाइन सूचीकृत
माघ २१, २०८१ सोमबार
ढोरपाटनका मेयर देवकुमार नेपालीले कारागारबाटै फिर्ता गरे सहकारी बचतकर्ताको रकम
माघ २१, २०८१ सोमबार
आरटिसी भुटान बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा
माघ २१, २०८१ सोमबार
५ महिनामा ४० लाखको मह बिक्री
माघ २१, २०८१ सोमबार