यतीको विमान मानवीय त्रुटिले दुर्घटनाः प्रतिवेदन
नेपालबहस संवाददाता
पुस १२, २०८० बिहिबार १६:१६:३७
१२ पुस, काठमाडौं । गत वर्षको १ माघमा पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटना मानवीय कारणले भएको निष्कर्ष निकालिएको छ । दुर्घटना जाँच आयोगले बिहीबार आफ्नो अन्तिम प्रतिवेदन सरकारलाई बुझाएको छ ।
यती एयरलाइन्सको एटीआर ७२ 'एन–एनएनसी' जहाज दुर्घटनामा परी ७२ जनाको निधन भएको थियो । यस दुर्घटनामा चालक दलको कमजोरी रहेको दुर्घटना जाँच आयोगको निष्कर्ष रहेको छ ।
नेपाली आन्तरिक हवाई उडानको यो सबैभन्दा विनाशकारी दुर्घटना हो । दुर्घटनाको कारणमा जहाजका दुवै इन्जिनका प्रोपेलरहरु फेदरमा गएको देखिएको थियो । त्यस अवस्थामा जहाज अगाडि बढ्न सक्दैन । जसले गर्दा जहाज भुइँमा झरेको थियो । यसो हुनुमा मानवीय कारण दोषी मानिएको छ ।
आयोगका सदस्यसचिव बुद्धिसागर लामिछानेले जानेर वा नजानेर पाइलटका कारण जहाज फेदरिङ भएको र सोही कारण जहाज दुर्घटनामा परेको निष्कर्ष दुर्घटना जाँच आयोगको रहेको बताए । यस पटक दुर्घटना जाँच आयोगमा धेरै राष्ट्रिय–अन्तर्राष्ट्रिय विज्ञहरु परिचालन गरी अध्ययन गरिएको समेत उनले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्राधिकरणलाई २१ करोड तिरेर टेलिकमले लियो लाइसेन्स
बैशाख २८, २०८१ शुक्रबार
एक महिना अघि नै इजरायलबाट आउने भनेको जहाज आएन, यति बेला आएर छानबिन उपसमिति गठन
बैशाख २८, २०८१ शुक्रबार
बन्द भएको बेलको जुस उद्योग सञ्चालनको तयारी
बैशाख २८, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
'डोको बोकेर दौडिने' प्रतियोगितामा फक्ताङ्लुङका छत्रबहादुर कार्की प्रथम
जेठ ६, २०८१ आइतबार
मेची भन्सारद्वारा रु एघार अर्ब ५९ करोड राजस्व संकलन
जेठ ६, २०८१ आइतबार
अवैध लागूऔषधसहित चार जना पक्राउ
जेठ ६, २०८१ आइतबार
निर्माण व्यवसायीको ढिलासुस्तीका कारण सेतीमा पक्की पुलको काम अलपत्र
जेठ ६, २०८१ आइतबार
रुडु बन्चु प्रचारप्रसार र संरक्षण अभावले ओझेलमा
जेठ ६, २०८१ आइतबार
कार्यदलको बैठक छाडेर संसदीय दलको कार्यालयमा आए कार्की र परियार
जेठ ६, २०८१ आइतबार