महालक्ष्मी विकास बैंकद्वारा विभिन सामाजिक कार्यक्रमहरु सम्पन्न
नेपालबहस संवाददाता
पुस २४, २०८० मंगलबार १५:५८:४२
२४ पुस, काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तर दायित्व अन्तर्गत विद्यालय, सामाजिक संस्था र धार्मिक संघलाई सहयोगका कार्यक्रमहरू सम्पन्न भएका छन् ।
बैंकको न्यूरोड शाखाद्वारा हिमालय माध्यमिक विद्यालय, न्यूरोडलाई एक थान प्रिन्टर प्रदान गरिएको छ । विद्यालयको प्रशासनिक तथा दैनिक कार्यमा सहयोग पुर्याउने हेतुले उक्त प्रिन्टर प्रदान गरिएको हो । न्यूरोड शाखाका प्रमुख कुमार अधिकारीले विद्यालयका प्रधानाध्यापक हिरा मर्हजनलाई प्रिन्टर हस्तान्तरण गरेका हुन् ।
त्यसैगरि बैंकको गोगंबु शाखाद्वारा काठमाडौं महानगरपालिका वडा नं २६ मा अवस्थित पवित्रनगर समाजलाई आर्थिक सहयोग प्रदान गरिएको छ । समाजको कार्यालय कक्षमा स्थापना गर्न लागिएको सार्वजनिक पुस्तकालयमा आवश्यक पुस्तक तथा अन्य सामाग्री खरिद गर्नका लागि बैंकले उक्त सहयोग गरेको हो । गोगंबु शाखाका प्रमुख अमिता बगालेले पवित्रनगर समाज समितिका अध्यक्ष सुर्यमणि पौडेललाई तीस हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका थिए ।
उल्लेखित कार्यक्रम सँगसगै बैंकको बसुन्धारा शाखाद्वारा टोखा नगरपालिका वडा नं ०४ मा अवस्थित श्रीकृष्ण धार्मिक संघलाई २ थान उफर हस्तान्तरण कार्यक्रम सञ्चालन गरिएको छ ।
श्रीकृष्ण मन्दिरमा नियमित रुपमा २ वटा हलमा भजन किर्तन गरिने गरेको तर आर्थिक अभावका कारण उफरको व्यवस्था गर्न नसकिएकाले बैंकले उक्त सहयोग प्रदान गरेको हो । बसुन्धारा शाखाका प्रमुख विकास देवकोटाले श्रीकृष्ण धार्मिक संघलाई उफर हस्तान्तरण गरिएको थियो ।
आगामी दिनहरुमा पनि सामाजिक उत्तर दायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गर्ने कुरा बैंकले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटोयोटा गाडी किन्ने ग्राहकहरुलाई गरिमा विकास बैंकले आधार दरमा सवारी कर्जा प्रवाह गर्ने
बैशाख १८, २०८१ मंगलबार
महालक्ष्मी विकास बैंकद्वारा महोत्तरीका आगलागी पीडितलाई राहत सामाग्री वितरण
बैशाख १७, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
३ अर्बको ऋणपत्र निष्कासन गर्दै नबिल बैंक, बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेण्ट बैंकिङ
बैशाख २६, २०८१ बुधबार
एकसाता अघि कलंकीबाट हराएकी स्नेह पशुपतिमा भेटिइन्
बैशाख २६, २०८१ बुधबार
महाकाली नदीको टापुमा १४ वटा ट्र्याक्टरसहित थुनिए २७ जना भन्दा बढी मजदुर
बैशाख २६, २०८१ बुधबार
त्रिभुवन विमानस्थलमा पार्किङमा राखिएका विमानहरु
बैशाख २६, २०८१ बुधबार
यात्रु भएर गृहसचिव विमानस्थल छिर्दा ...
बैशाख २६, २०८१ बुधबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
बैशाख २६, २०८१ बुधबार
१० महिनामा चितवन राष्ट्रिय निकुञ्जबाट ६ वटा बाघ मृतवस्थामा भेटिए
बैशाख २६, २०८१ बुधबार
अछाम र बाजुरामा विद्युत सेवा बन्द
बैशाख २६, २०८१ बुधबार