नेपाली विद्यार्थीको लागि देहरादुनमा भर्ना अभियान
नेपालबहस संवाददाता
माघ १५, २०८० सोमबार १४:१८:४८
१५ माघ, भैरहवा । देहरादुनको द इन्डियन पब्लिक स्कुलले नेपाली विद्यार्थीलाई लक्षित गर्दै भर्ना अभियान सुरु गरेको छ । भारतीय केन्द्रिय माध्यमिक शिक्षा बोर्ड (सिबीएसई)बाट सम्बन्धन प्राप्त स्कुलले कक्षा ४ देखि १२ सम्म भर्ना खुलेको जानकारी भैरहवामा पत्रकार सम्मेलन मार्फत दिइएको हो ।
सन २००१ मा स्थापना भएको वोर्डिङ विद्यालय ८० एकड क्षेत्रफलमा अवस्थित छ । होस्टल, अडिटोरियम हल, विद्यालय र सम्पुर्ण कर्मचारी आवास सहितको व्यवस्था स्कुल परिसरमै रहेको छ । विज्ञान, व्यवस्वस्थापन, मानविकी लगायतको सबै संकायमा अध्यापन गराउदै आएको स्मुलले नेपाली विद्यार्थीहरुलाई लक्षित गर्दे प्राप्ताङको आधारमा विशेष छुटको व्यवस्था गरेको विद्यालयको सहप्रचार्य चन्द्रशेखर त्यागीले जानकारी दिए ।
विद्यालयमा आवसीय गुरुकुल शिक्षा प्रणली र आधुनिक शिक्षा प्रणली बीचको समजसय कायम गर्दै शिक्षाा प्रदान गर्ने माध्यम रहेको बताए । गुणस्तरीय शिक्षा र प्रयोगात्मक शिक्षालाई प्रभावकारी रुपमा दिने गरि विगत २७ वर्ष देखि कार्यरत अनुभवी प्राचार्यको नेर्ततवमा देशभरीका विज्ञ स्तरीय शिक्षकहरुद्वरा शिक्षा दिँदै आएको उनले भने ।
शिक्षाको माध्यमबाट पनि दुई देशको सम्बन्ध अझै प्रगाढ बनाउने उद्देश्यका साथ शान्त र स्वच्छ वातावरणमा पठनपाठन हुने स्कुलका हाउस मास्टर मनोज सिंहले बताए । उनले नेपालका दर्जनबढि विद्यार्थी हाल विद्यालयमा अध्ययनरत रहेको र धेरै विद्यार्थीहरु त्याहा पढेर नेपाल आई उच्च शिक्षा लिई विभिन्न सेवामा रहेका छन ।
५ सय जनाको क्षमता रहेको विद्यालयमा हाल २ सय १५ जना विद्यार्थीहरु अध्ययनरत रहेका छन । विद्यालय परिसरमा ५ सय जना बस्न मिल्ने ४ वटा होस्टल, भोजनालय, प्रशासनिक र शैक्षिक भवन, पुस्तकालय, विज्ञान तथा कम्प्युटर प्रयोगशाला, योगास्थल, नृत्य, संगीत, स्वीमिङ पुल, लगायतका सबै प्रकारको खेलका प्रशिक्षक सहितको व्यवस्थापन गरिएको स्कुलले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबालबालिकाको सिकाइका क्रममा देखापर्ने कठिनाइ ‘डिस्लेक्सिया रोग होइन, अवस्था हो’
जेठ ४, २०८१ शुक्रबार
बहुप्राविधिक शिक्षालयको शैक्षिक गुणस्तर खस्किँदै
बैशाख ३१, २०८१ सोमबार
दमक बहुमुखी क्याम्पसमा ई–लाइब्रेरी सञ्चालनमा
बैशाख ३०, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार