मासिक डेढ लाख भाडामा लाजिम्पाट सर्याे सीआईबी
नेपालबहस संवाददाता
माघ १५, २०८० सोमबार २१:५८:५३
१५ माघ, काठमाडौं । नेपाल प्रहरीको अपराध अनुसन्धान ब्यूरो (सीआईबी) लाजिम्पाटमा सरेको छ । मासिक डेढ लाख भाडामा नेपाल ट्रस्टको भवनमा सोमबार सीआईबीको कार्यालय सरेको हो ।
यसअघि महाराजगन्जस्थित प्रहरी एकेडेमीसँगै रहेको सानो भवनमा सीआईबीको कार्यालय थियो । न्यूनतम पूर्वाधारसमेत नभएको भन्दै सीआईबीले नयाँ कार्यालय खोजी गरेकोमा सरकारले सो भवन र जग्गा सीआईबीलाई भाडामा उपलब्ध गराएको हो ।
नेपाल ट्रस्टको कार्यालयले मासिक एक लाख ५४ हजार रुपैयाँमा सो भवन सीआईबीलाई दिएको हो । सोमबारदेखि सीआईबीले लाजिम्पाटको कार्यालयबाट काम थालेको छ ।
०६७ सालको साउनमा स्थापना भएको सीआईबीको कार्यालय सुरुमा प्रहरी प्रधान कार्यालयभित्रै थियो । त्यहाँ सर्वसाधारणलाई जान समस्या भएपछि करिब एक वर्षपछि महाराजगन्जस्थित प्रहरी एकेडेमीसँगैको भवनमा राखिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआजदेखि संसद भवन वरिपरीका पेटीबाट हिँड्न नपाइने
जेठ ४, २०८१ शुक्रबार
ट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
के अमेरिकामा भन्या जस्तो कमाउन सजिलो छ ?
जेठ ७, २०८१ सोमबार
कोरियन नागरिकको सहयोगमा विद्यालयमा शौचालय
जेठ ७, २०८१ सोमबार
महिला उद्योगी व्यवसायी बढ्दै, १० महिनामा दुई करोड ६३ लाख राजस्व संकलन
जेठ ७, २०८१ सोमबार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
जेठ ७, २०८१ सोमबार
आम्दानीको स्रोत बन्दै बगरखेती
जेठ ७, २०८१ सोमबार