बाँसबारी कारखानाको जग्गा हिनामिनाको अनुसन्धान हाई प्रोफाइलका व्यक्तिसम्म जानसक्छः सीआईबी
नेपालबहस संवाददाता
माघ १९, २०८० शुक्रबार १५:५६:२४
१९ माघ, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिना प्रकरणमा हाई प्रोफाइलका अन्य व्यक्ति पनि तानिन सक्ने जनाएको छ । सीआईबीले तीन महिना लामो अनुसन्धानपछि मात्र बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणमा तीन जनालाई पक्राउ गरेको बताएको छ ।
चौधरी समूहका सीजी होल्डिंसका अध्यक्ष, प्रबन्ध निर्देशक अरुण चौधरी र बाँसबारी छाला जुत्ता उद्योगका तत्कालीन अध्यक्ष अजितनारायणसिंह थापालाई पक्राउ गरिएको बारे शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सीआईबीले यस्तो जनाएको हो । सीआईबीका प्रवक्ता एवं एसपी नवराज अधिकारीले बाँसबारी छाला जुत्ता उद्योगको जग्गा हिनामिना प्रकरणको अनुसन्धान पूरा गर्न तीन महिना लागेको बताए ।
‘हामीले यस प्रकरणको अनुसन्धान पूरा गर्न तीन महिनाभन्दा धेरै समय लगायौँ’, उनले भने, ‘यसको अनुसन्धान जारी रहन्छ । अनुसन्धान हुँदै जाँदा अरू व्यक्ति पनि तानिने सम्भावना छ ।’ अरू पनि हाई प्रोफाइलका व्यक्तिहरूका विषयमा अनुसन्धान भइरहेको छ । उनले बाँसबारी छाला जुत्ता कारखानाका अध्यक्ष थापा र सीजी समूहअन्तर्गतको चाँदबाग स्कुलका सञ्चालक सञ्जय ठाकुरलाई पनि पक्राउ गरिएको बताउँदै अनुसन्धानका क्रममा यो हिनामिनामा जोडिएका अरू पनि तानिन सक्ने बताए ।
‘अहिले जग्गा दिने र लिने व्यक्ति दुवै अनुसन्धानमा छन् । थप व्यक्तिहरू पनि पक्राउ पर्न सक्छन् उनले भने, ‘तत्काललाई यसमा कुनै राजनीतिक तहमा निर्णय भएको देखिँदैन । नीतिगत रुपमा निर्णय भएको पनि देखिएन ।’ सीआईबीले बिहीबार व्यवसायी अरुण चौधरी, तत्कालीन बाँसबारी छाला जुत्ता कारखानाका कार्यकारी निर्देशक अजित नारायण थापासहित तीन जनालाई पक्राउ गरेको छ ।
प्रहरीले हठात पक्राउ गरेको भन्दै नेपाल उद्योग परिसंघले विरोध गरेको थियो । तर सीआईबीले शुक्रबार पत्रकार सम्मेलन गरेर लामो अनुसन्धानपछि मात्र पक्राउ गरिएको स्पष्टीकरण दिएको छ । सीआईबीका अनुसार थापाले १० भदौ २०४३ मा अरुण चौधरी समेत सञ्चालक रहेको च्याम्पियन फुटवेयर कम्पनी खोल्न प्रबर्द्धन सम्झौता भएको थियो ।
सम्झौताअनुसार जारी पुँजी ५० लाख रहेको त्यो कम्पनीमा अरुण चौधरी समूहको ५१ प्रतिशत, बाँसबारीको २५ प्रतिशत र सर्वसाधारणको २४ प्रतिशत शेयर हुनुपर्ने हो । तर १२ लाख ५० हजार लगानी गर्नुपर्ने छाला जुत्ताले २६ लाख बढी लगानी गरेको पाइएको छ । चौधरी समूहले ८ लाख मात्र लगानी गर्याे भने सर्वसाधारणको शेयर नै खुलाइएन ।
सम्झौता अनुसार बाँसबारीको १० रोपनी जग्गा लिएपछि च्याम्पियन फुटवेयर कम्पनी नै बन्द भएको पाइएको सीआईबीले जनाएको छ । त्यो कम्पनीमा रहेको सरकारी शेयर अरुण चौधरीले नै किनेको भन्दै सीआईबीले भनेको छ, ‘सिंगो योजना जुत्ता कारखाना गरेर शेयर अनुसार लगानी गर्ने भन्दा पनि बाँसबारीका छाला जुत्ताको जग्गा लिने उद्देश्य देखिन्छ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्रीका कुरा सुन्दा ‘कि सत्ता समीकरण फेरिन्छ, कि अध्यादेशबाट बजेट आउँछ’
बैशाख २२, २०८१ शनिबार
राजनीतिमा पूर्वराष्ट्रपति भण्डारीको सम्भावना कति ?
बैशाख १९, २०८१ बुधबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
नबिल बैंकबाट चोरिएको रकमसहित भारतको मोतीहारीबाट ३ जना पक्राउ
नेपालबहस संवाददाता
बैशाख २०, २०८१ बिहिबार
प्रधानमन्त्रीका कुरा सुन्दा ‘कि सत्ता समीकरण फेरिन्छ, कि अध्यादेशबाट बजेट आउँछ’
बैशाख २२, २०८१ शनिबार
गृहमन्त्रीको राजीनामा हाम्रो माग होइन, संसद चल्न संसदीय छानबिन समिति बन्नुपर्छः कोइराला
बैशाख २२, २०८१ शनिबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
बैशाख २२, २०८१ शनिबार
डीभीको नतिजा सार्वजनिक, कसरी हेर्ने नतिजा ?
बैशाख २२, २०८१ शनिबार
मकवानपुरमा कम्प्याक्टर दुर्घटना हुँदा एक जनाको निधन
बैशाख २२, २०८१ शनिबार
ओली–नेपालबीच दूरी बढ्यो, सुदुरपश्चिम प्रदेश सरकारको भविष्य अन्यौलमा
बैशाख २२, २०८१ शनिबार
वैशाख २४ गते बागमती प्रदेशमा सार्वजनिक विदा
बैशाख २२, २०८१ शनिबार
एक ढिक्का भएर पार्टीलाई बलियो बनाऔँ: नेता कोइराला
बैशाख २२, २०८१ शनिबार
कांग्रेस उपसभापति गुरुङद्वारा अग्नि प्रभावित क्षेत्र निरीक्षण
बैशाख २२, २०८१ शनिबार