चितवनमा १ किलो २०० ग्राम गाँजा सहित एक जना पक्राउ
नेपालबहस संवाददाता
माघ २४, २०८० बुधबार २१:३०:४८
२४ माघ, चितवन । चितवनमा १ किलो २०० ग्राम गाँजा सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नं. २ क्षेत्रपुर बस्ने १९ वर्षीय निरज श्रेष्ठ रहेका छन् ।
गत सोमबार साँझ ५:०५ को समयमा अस्थायी प्रहरी पोष्ट गणेशस्थान चितवनबाट खटिएको प्रहरी टोलीले भरतपुर महानगरपालिका वडा नं। ११ गणेशस्थान स्थित सडक खण्डमा सवारी साधनहरू चेकजाँच गर्ने क्रममा सिमलढाप तर्फबाट गणेशस्थान तर्फ दुई जना सवार रही आउँदै गरेको बा. प्र. ०३-०४ प ४०२३ नम्बरको स्कुटरलाई चेकजाँचको लागी रोक्न खोज्दा स्कुटर पछाडि झोला बोकेको अवस्थामा रहेको व्यक्तिले सो झोला फ्याँकी दुवै जना स्कुटर र खैरो रङ्गको भिर्ने झोला छोडी भागेका थिए ।
सो झोला चेकजाँच गर्दा झोला भित्र प्लास्टिकको झोलामा दुई वटा पोका बनाई राखेको अवस्थामा प्रतिबन्धित लागू औषध गाँज १ किलो २०० ग्राम फेला परेको थियो ।
लागु औषध र स्कुटर छोडी भागेको लाई खोज्ने क्रममा मंगलबार साँझ भरतपुर महानगरपालिका वडा नं. ८ गौरीगंजबाट श्रेष्ठ पक्राउ परेका हुन् भने अर्का व्यक्ति फरार छन् उनको खोजी भइरहेको चितवन प्रहरीले जानकारी दिएको छ ।श्रेष्ठलाई जिल्ला अदालत चितवनबाट पक्राउ मितिबाटै लागु हुने गरी म्याद थप अनुमति लिई अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअवैध लागूऔषधसहित तीन जना पक्राउ
असोज ११, २०८१ शुक्रबार
अवैध लागूऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ
असोज ११, २०८१ शुक्रबार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
असोज ११, २०८१ शुक्रबार
इजरायल र हिजबुल्लाहको विवाद : को हुन् हसन नसरल्लाह ?
असोज १३, २०८१ आइतबार
प्रचण्डले गरे ‘साहसी युवा’ चणिकलाल तामाङको सम्मान
असोज १३, २०८१ आइतबार
माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना
असोज १३, २०८१ आइतबार
इजरायलमा विपक्षी दलका नेता पनि सरकारमा सामेल
असोज १४, २०८१ सोमबार
काठमाडौं उपत्यकाका ११ स्थानमा 'रेकर्ड ब्रेक' वर्षा
असोज १४, २०८१ सोमबार
प्रधानमन्त्री ओली आज स्वदेश फर्किदै
असोज १४, २०८१ सोमबार
हनी सिंहको अभिनेत्री हीरा सोहलसँग अफ्येर्स
असोज १४, २०८१ सोमबार
टोटनह्यामसँग म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार
असोज १४, २०८१ सोमबार
इङल्याण्डविरुद्धको सिरिजमा अस्ट्रेलिया विजयी
असोज १४, २०८१ सोमबार