६ हजार किलोको घण्ट बन्ने!
नेपालबहस संवाददाता
माघ २७, २०८० शनिबार २१:४८:४१
२७ माघ, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका ३ पाल्चोक मन्दिरमा छ हजार किलोको ठूलो घण्ट बन्ने भएको छ । आज एक कार्यक्रमबीच प्रकाश मानव सेवा आश्रमका संरक्षक प्रकाश भुजेलले घण्टको शिलान्यास गरेका छन ।
जयवागेश्वरी पाल्चोकी माई ठूलो घण्ट निर्माण व्यवस्थापन समितिले सो घण्ट दुई वर्षमा निर्माण गर्ने लक्ष्य लिएको बताएको छ । घण्ट निर्माणका लागि प्रकाश भुजेलले रु २० लाख २० हजार सहयोग गरे । भुजेलले रु दुई लाख २० हजार नगद र १८ लाखको चेक समितिलाई हस्तान्तरण गर्दै सबैलाई सहयोग गर्नसमेत उनले आग्रह गरे।
कार्यक्रममा पण्डित नारायणप्रसाद खनालले पाल्चोकसम्म आउने बाटो राम्रो बनाउनुपर्नेमा जोड दिए । “यहाँ खानेबस्ने राम्रो व्यवस्था होस”, उनले भने, “यसले पर्यटन प्रवर्द्धनलाई टेवा पुग्ने छ । घण्ट बनाउन रु तीन करोड ३० लाख खर्च लाग्ने आयोजकले बताएको छ ।
श्री जयवागेश्वरी पाल्चोकी माई ठूलो घण्ट निर्माण व्यवस्थापन समिति तथा मन्दिर व्यवस्थापन मूल समितिको आयोजनामा भोलिबाट फागुन ६ गते आइतबारसम्म आयोजना हुने नवाहा ज्ञान महायज्ञ पण्डित रामकृष्ण सुवेदी तथा नारायणप्रसाद खनालले वाचन गर्ने जनाएको छ ।
घण्ट निर्माणका लागि विष्णुबहादुर बराइलीले रु पाँच लाख, प्रकाश मानव सेवाका अध्यक्ष श्याम खडाकाले एक लाख पाँच हजार सहयोग गर्ने प्रतिबद्वता व्यक्त गर्नुभएको समितिका अध्यक्ष पदमबहादुर खड्काले जानकारी दिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबज्राचार्य गुरूबाट सेतो मछिन्द्रनाथको महास्नान
पुष २४, २०८१ बुधबार
नेपाललाई हिन्दू अधिराज्य बनाउने विषयमा दिल्लीमा बहस
पुष १६, २०८१ मंगलबार
मौन स्नान गरी मनाइयो सोमबारे औँशी
पुष १५, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार