बराह बाहिनीका डीआईजीमाथि मूख्यालयको सोधखोज, सशस्त्रको डिउटीबाटै नक्कली नोट कसरी छिर्यो ?
नेपालबहस संवाददाता
फागुन १, २०८० मंगलबार १८:११:३२
१ फागुन, काठमाडौं । सुनसरीको इनरुवाबाट दुई करोड बराबरको नेपाली नक्कली नोट फेला परेपछि बराह बाहिनीको कमाण्ड सम्हालेका सशस्त्रका डीआईजी अञ्जनी कुमार पोखरेल अप्ठेरोमा परेका छन् । सीमा क्षेत्रको सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई छलेर वा सहमतिमा नक्कली नोट नेपाल आएको हो भन्ने विषयमा सशस्त्र प्रहरी मुख्यालयले सोधखोज गरेपछि उनी अप्ठ्यारोमा परेका हुन् ।
सशस्त्र प्रहरी सीमा सुरक्षा कमाण्ड पोष्ट नजिकबाट नेपाल प्रहरीले सो रकम बरामद गरेको थियो । सुनसरी खोला पुल नजिकबाट भारत बिहारका २२ वर्षीय महम्मद शैयाद साफी १ करोड ८२ लाख एकाउन्न हजार रकमसहित पक्राउ परेका थिए ।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बीआर ११ एक्स ३४२९ नम्बरको स्कारपियो गाडी चेक जाँचका क्रममा एक हजार दरका १८ हजार २ सय ५१ थान नक्कली नोट बरामद भएको थियो । नेपाल प्रहरीसहितको चेकिङ देखेर स्कारपियोमा सवार अर्का व्यक्ति भने फरार भएको सुनसरी प्रहरीले जनाएको छ ।
फरार व्यक्तिको खोजी भइरहेको जनाएको प्रहरीले नक्कली नोट कहाँबाट ल्याइएको भन्ने विषय भने अनुसन्धानकै क्रममा रहेको जनाएको छ । नक्कली नोटको ओसारपसारमा प्रयोग भएको गाडी र सवारी चालक भारतीय भएकाले कारोबारीको संलग्नता सीमा पारीबाट समेत हुनसक्ने विषयलाई भने नकार्न नसकिने प्रहरीको भनाई छ ।
सुनसरीको नेपाल–भारत सीमा क्षेत्रमा व्यापक रूपमा सशस्त्र प्रहरी खटाइएको छ । एक वर्ष अघि १० वटा सुरक्षा पोस्ट थप गरेर सशस्त्र प्रहरीको ५५ वटा कमाण्ड पोष्ट रहेका छन् । सुनसरीको विभिन्न नाकामा नौ वटा बीओपी पोस्ट तैनाथ गरिएकोमा हाल १० वटा थप गरिएको छ । करिब सात सय पाँच जना सशस्त्र प्रहरीलाई एकदेखि साढे एक किलोमिटरको अन्तरमा ५५ वटा पोस्ट खडा गरेर खटाइएको छ । सुनसरीमा ६२ किलोमिटर सीमा क्षेत्र पर्छ । तर पनि त्यहीँबाट नक्कली नोट कसरी प्रवेश गर्यो भन्ने बारेमा सशस्त्र प्रहरी बल मुख्यालयले चासो राखेको छ ।
सशस्त्र प्रहरीको उत्कृष्ट सम्मान ग्रहण गरेर कोशी प्रदेशको बराह बाहिनी फर्केपछि उनकै कमाण्ड छलेर १ करोड ८२ लाख नक्कली नोट बरामद भएपछि मुख्यालयले चासो राखेको हो । ‘उहाँले आफ्नो क्षेत्रमा सबै नियन्त्रणमा राखेको बताउनु हुन्छ, सीमा क्षेत्रबाट राष्ट्रिय अर्थतन्त्र नै धराशयी बनाउने गरी नक्कली नोट भित्रदाँ उहाँको कमाण्डमा कहाँ कमजोरी छ भनेर हामीले सोधखोज गरेका हौ’, मुख्यालयका एक अधिकृतले भने ।
यस बारेमा के भएको हो भन्ने नेपालबहसको जिज्ञासामा बराह बाहिनीका डीआईजी पोखरेलले नेपाल प्रहरीले छानविन गरिरहेको बताए । उनले भने “ हाम्रो सीमामा केही कमजोरी भयो कि भनेर पनि आन्तरिक रुपमा अध्ययन गरिरहेका छौं ।” तपाईमाथि पनि हेडक्वार्टरले सोधखोज गरेको छ रे नि भन्ने प्रश्नमा डीआईजी पोखरेलले आफूलाई त्यसबारे जानकारी नभएको दावी गर्दै कुनै स्पष्टिकरण पत्र वा सोधपुछ नभएको बताए । तर सशस्त्र प्रहरीका प्रवक्ता एवं सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खडकाले भने त्यत्रो ठूलो घटना भइसकेपछि हेडक्वार्टरले चासो नराख्ने कुरै भएन भन्दै केन्द्रले उक्त घटना बारे बुझिरहेको जानकारी दिए । त्यसबारे आज पनि केन्द्रमा छलफल भएको बताउँदै कसको कमजोरी हो भन्ने पत्ता लगाएर गल्ती गर्ने माथि कारबाही हुने बताए ।
यसअघि उनका घुमुवाले आफ्नै कर्मचारीलाई निर्घात कुटपिट गरेका थिए । डीआईजी पोखरेलको निर्देशनमा सशस्त्र प्रहरी बल नम्बर १ बराह बाहिनीबाट निरीक्षणका लागि सादा पोसाकमा खटिएका सशस्त्र प्रहरी निरीक्षक नवलप्रभात राईले ड्युटी राम्रो नगरेको भन्दै झापाको मेचीनगरस्थित नेपाल–भारत सीमा नकलबन्दामा ड्युटीमा खटिएका सशस्त्र प्रहरीमाथि कुटपिट गरेपछि राई निलम्बनमा परेका छन्, डीआईजी भने पुरस्कृत भएका छन् ।
ड्युटी राम्रो नगरेको र तस्करीलाई सघाएको भन्दै पोसाकमा ड्युटी गरिरहेका प्रहरीलाई कुटपिट गरेको भनिएपनि डीआईजी पोखरेलले राईलाई खटाएर आर्थिक लाभ लिन खोजेपछि विवाद बढ्दै गएको र राईले सशस्त्र प्रहरीमाथि कुटपिट गरेकाे बताइन्छ । डीआईजीको आदेश पालना गर्दा आफू अन्यायमा परेको भन्दै धेरै पटक मुख्यालयमा भनिसके पनि सुनुवाई नभएको राईको गुनासो रहेको स्रोतको दावी छ ।
प्रहरी मुख्यालयको घुमुवा नखटाउने निर्देशन विपरीत डीआईजीको आदेशमा झापा पुगेका राईले गत जेठमा सशस्त्र प्रहरी वरिष्ठ हवल्दार पासाङ तामाङ, सशस्त्र प्रहरी हवल्दार रामबहादुर कार्की, गणेश तामाङ र सहायक हवल्दार शान्तबहादुर राई र जवान उमेश राजवंशीलाई कुटपिट गरी घाइते बनाएका थिए । उनीहरूलाई मेची नदीको पानीमा चोबल्दै भाटाले हानेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलामो रस्साकस्सीपछि सरकारले एक वर्ष थप गर्यो सशस्त्र प्रहरीका चार डीआईजीको कार्यकाल
पुष २३, २०८१ मंगलबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार