ऐतिहासिक सिकाली नाच प्रदर्शन गरिँदै
नेपालबहस संवाददाता
फागुन ६, २०८० आइतबार १३:२३:२३
६ फागुन, काठमाडौं । चन्द्रागिरि नगरपालिका ८ मातातीर्थस्थित ल्होंखा दबुमा सोमबार रुद्रायणी (काली देवीको)को ऐतिहासिक १२ वर्षे सिकाली नाच प्रदर्शनी गरिने भएको छ । ललितपुर महानगरपालिका खोकनामा रहेको रुद्रायणीदेवी मन्दिरको गुठियार (सिकाली नृत्यसँग सम्बन्धित गुठीयार)ले सो स्थानमा नाच देखाउने छन् ।
यसका लागि आज साँझ ती गुठियार (देवगण)लाई कीर्तिपुरस्थित जलविनायकमा स्वागत गरेर नाचस्थलमा ल्याइने जनाइएको छ । देवगण पैदलै ल्होंखा आउने परम्परा रहिआएको छ । करिब एक सय ३० वर्षपछि विसं २०६८ मा सो दबुमा सिकाली नाच प्रदर्शनी गरिएको थियो । आर्थिक अभावका कारण लामो समयसम्म सो नाच रोकिन पुगेको जनाइएको छ ।
चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीको विशेष पहल र नगरपालिकाद्वारा नाचका लागि आवश्यक केही रकम विनियोजन गरिएपछि सो ऐतिहासिक नाचले चन्द्रागिरिमा निरन्तरता पाएको हो । काठमाडौँको पश्चिम भेगको मातातीर्थको ल्होंखामा मात्र सिकाली नाच प्रदर्शनी गरिने परम्पार रहिआएको छ । नगरप्रमुख गिरीले आज ल्होंखा दबु परिसरमा निर्मित फाल्चाको उद्घाटनसमेत गरे । नगरपालिको आर्थिक सहयोगमा सो फाल्चाको पुनःनिर्माण गरिएको हो । सो अवसरमा उनले चन्द्रागिरिको जीवन्त कला, संस्कृति तथा नाचलाई संरक्षण गर्न नगरपालिकाले उच्च प्राथमिकता दिएको जानकारी दिँदै यसको फलस्वरुप सिकाली नाचलाई निरन्तता दिएको बताए ।
यस्तो छ सिकाली नाचको ऐतिहासिक पक्ष
काठमाडौँ उपत्यकाको दक्षिणी भेगमा अवस्थित पुरानो नेवाः बस्ती खोकनामा मनाइने रुद्रायणी देवीको जात्रा (सिकाली नाच) हरेक १२ वर्षमा खोकना बाहिर पुग्ने गरेको छ । पन्ध्रौँ शताब्दीमा तत्कालीन राजा अमर मल्लले रुद्रायणी देवीको मन्दिरको स्थापना गर्न लगाएको किंवदन्ती रहेको छ । वर्षको दुईपटक सिकाली देवीको जात्रा गर्ने परम्परा रहेको छ । उक्त जात्रामा ४६ देवगणको पूजाआजा गर्ने तथा जाभु (भ्वज) खुवाउने परम्परा पनि निरन्तर चलिआएको बताइएको छ ।
प्रत्येक १२ वर्षमा मात्र बाहिर आउने देवगणहरूले जात्राका क्रममा १४ देवीदेवता (रुद्रायणी, भैरव, कुमारी, गणेश, ब्रह्मा, विष्णु, महादेव, इन्द्रायणी, बाराही, चामुण्डा काली, महालक्ष्मी, कुमार, हनुमान र शक्तिकुमार)को नाच देखाइन्छ । यसमा नाच्ने मुख्य ४६ जना देवगणमध्ये १४ देवदेवीको भूमिकामा रहन्छन् ।
सृष्टि, स्थिति र संहारका मूलकारिणी रुद्रायणीदेवीको शक्तिको महिमा दर्शाउने यो शास्त्रीय नृत्यको मुख्यभाव देवी र दानवबीचको युद्धलाई दर्शाउनु रहेको चन्द्रागिरि ८ का भुयू महर्जनले जानकारी दिए । उनका अनुसार नृत्यगणमा रुद्रायणी, महादेव, गणेश, कौमारी, इन्द्रायणी, महालक्ष्मी, हनुमान, सनतकुमार, सिंहिनी, ब्याघ्रिनी, ध्वंद्यः (स्याल देवता), खिचा द्यः (कुकुर देवता), महिषासुर दैत्य र यक्ष टोली बाजासहित सरिक हुन्छन् । नृत्य टोलीमा भाग लिने सबै पात्रले मुजा परेको सेतो जामा, भोटो, पटुका, पगडी र थ्यागा (पट्याएको पछ्यौरा) लगाएका हुन्छन् । चन्द्रागिरि ८ का वडाध्यक्ष प्रल्हाद रिजाल एवं सिकाली जात्रा व्यवस्थापन समितिका अध्यक्ष धर्मानन्द श्रेष्ठले ऐतिहासिक सिकाली नाच प्रर्दशनीका लागि आवश्यक सबै तयारी पूरा भएको जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनमैजुमा आजदेखि अजिमा जात्रा सुरु
बैशाख १०, २०८१ सोमबार
साल्पा सिलिचुङमा ‘सुम्निमा-पारुहाङ र नछुङ’को प्रतिमा स्थापना
बैशाख ९, २०८१ आइतबार
कुम्भमेलामा १० दिनमा दुई लाखभन्दा बढी दर्शनार्थी सहभागी
बैशाख ८, २०८१ शनिबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
नेपालबहस संवाददाता
बैशाख १४, २०८१ शुक्रबार
तीन करोड मानिसको स्वास्थ्यमाथि खेलबाड गर्ने चौधरी समूहलाई २ लाखमा उन्मुक्ति
नेपालबहस संवाददाता
बैशाख १४, २०८१ शुक्रबार
पूर्वराजा ज्ञानेन्द्र सडकमा आउने मुहूर्त
बैशाख १६, २०८१ आइतबार
इलाम-२ मा मतगणनाको तयारी, सर्वदलीय बैठक बस्दै
बैशाख १६, २०८१ आइतबार
आज राति देशका केही स्थानमा हावाहुरीको सम्भावना
बैशाख १६, २०८१ आइतबार
बझाङ अपडेट: एमालेका भण्डारी ६०८ मतले अगाडि
बैशाख १६, २०८१ आइतबार
इलाम-२ मा सुहाङलाई १००१ मतको अग्रता (अपडेट)
बैशाख १६, २०८१ आइतबार
वर्तमान निर्वाचन प्रणाली रहेसम्म देशमा विकास सम्भव छैन : नेता कोइराला
बैशाख १६, २०८१ आइतबार
बझाङ अपडेट : एमालेको अग्रता कायमै
बैशाख १६, २०८१ आइतबार
इलाम २ मा एमालेका सुहाङको अग्रता फराकिलो बन्दै, ७८० मतान्तरले अगाडि
बैशाख १६, २०८१ आइतबार