हुम्लामा यो बर्ष खाद्यान्न अभाव झेल्न नपर्ने
नेपालबहस संवाददाता
फागुन ७, २०८० सोमबार १७:७:४२
७ फागुन, हुम्ला । सधैँ खाद्यान्न अभाव झेलिरहेको हिमाली जिल्लामा हुम्लामा यो पटक भने खाद्यान्न पर्याप्तमा मात्रमा रहेको छ । कहिले ठेक्का सम्झौता ढिला हुँदा त कहिले ठेकेदार कम्पनीको ढुवानी लापरबाहीका कारण जिल्लावासीले खाद्यन्न अभाव झेल्दै आउनुपरेको थियो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका शाखाका प्रमुख कृष्ण अधिकारीका अनुसार आर्थिक वर्ष २०८०÷८१ लागि स्वीकृत भएको १४ हजार क्विन्टल चामल निरन्तर ढुवानी भएकाले खाद्यान्नको अभाव हटेको हो ।
दैनिक फिस्टेल हेलिकोप्टरले चामल ढुवानी गरिरहेको छ । लिमिटेडको शाखा हुम्लामा रहेका दुई गोदाममध्ये एक गोदाम भरिएको र अर्को गोदाम केही दिनमा भरिने अवस्थामा रहेको उनको भनाइ थियो ।
अहिले यस शाखामा छ हजार दुई सय क्विन्टल चामल रहेको र गोदाम नं दुई भरिएर झण्डै चार हजार चार सय क्विन्टल चामल रहेको शाखा प्रमुख अधिकारीले जानकारी दिए । खाद्यान्न निरन्तर ढुवानी भइरहेका कारण वितरणमासमेत सहज भइरहेको छ ।
खाद्यान्न पर्याप्त मात्रमा रहेकाले यही फागुन १३ देखि सर्वसारधण, बजारवासी र कर्मचारीलाई दुई महिनाका लागि पुग्ने हिसाबले खाद्यान्न बिक्री वितरण गरिने भएको छ । भैपरी आउने कार्य जन्म र मृत्युका कार्यका साथै कैदीबन्दीलाई प्रत्येक हप्ताको शुक्रबार खाद्यान्न वितरण गरिरहेको उनले बताए ।
गोदाममा चामल पर्याप्त हुँदा घरमा चामल नभएर लिमिटेडको शाखामा पुगेका जिल्लावासीलाई जिरा मसिनो चामल एक बोराको रु दुई हजार तीन सय ७५ पर्ने गरेको छ । जिल्लास्थित विभिन्न राजनीतिक दलका नेतालाई भन्दा शाखाको गोदाममा पुग्ने जनतालाई बिक्री वितरण गरिने उनको भनाइ थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुर्खेतको मालपोत कार्यालयमा आगलागी
बैशाख २२, २०८१ शनिबार
यार्सागुम्बा संकलन लागि जेठ १५ गतेदेखि प्रवेश खुला हुने
बैशाख २०, २०८१ बिहिबार
कर्णालीमा सरकार विस्तार, ४ मन्त्रीले लिए आज शपथ
बैशाख १८, २०८१ मंगलबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
नेपालबहस संवाददाता
बैशाख २२, २०८१ शनिबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
गर्मी मौसममा फ्रिजमा अण्डा राख्नु कत्तिको सही, जान्नुहोस् विज्ञानले के भन्छ ?
बैशाख २३, २०८१ आइतबार
जंगलमा आगो लगाउने व्यक्ति पक्राउ
बैशाख २३, २०८१ आइतबार
जसपापछि नेकपा एसलाई फूटाउने कोसिस
बैशाख २३, २०८१ आइतबार
सङ्घीयता कार्यान्वयनका लागि चाँडो कानुन निर्माण आवश्यकः उपसभापति खड्का
बैशाख २३, २०८१ आइतबार
इजरायलले अल जजिरामाथि प्रतिबन्ध लगायो
बैशाख २३, २०८१ आइतबार
धान रोप्ने खेत मासेर केरा खेतीमा नरेन्द्र
बैशाख २३, २०८१ आइतबार
डढेँलोमा परी बैतडीमा दुई महिला घाइते
बैशाख २३, २०८१ आइतबार